| गर्भवती महिलाको विमानमै मृत्यु -
22-07-2006, 10:47 AM
गर्भवती महिलाको विमानमै मृत्यु
नेपालगन्ज- प्रसव पिडामा रहेकी एक महिलालाई आपतकालिन उपचार गर्न रुकुमवाट नेपालगन्ज ल्याउने क्रममा विमानमै मृत्यु भएको छ ।
सल्यान बडागाँउकी नन्दकुमारी नेपालीलाई स्थानिय स्वस्थ्यकर्मिले सुत्केरी गराउन नसकेपछि उपचार गर्न नेपालगन्ज ल्याउने क्रममा उनको उडिरहेको विमान भित्रै मृत्यु भएको हो ।
स्थानिय स्वस्थ्यकर्मिले सुत्केरी गराउन नसकेपछि नेपालीको उपचार चौरजहारी स्थित टिम अस्पतालमा गरिएको थियो । त्यहा पनि उपचार नभएपछि उनलाई नेपालगन्ज लैजाने सल्लाह चिकित्सकहरुले दिएको नेपालीका ससुरा लक्ष्मीराम नेपालीले बताए ।
नेपाल वायुसेवा निगमको विमानमा बुहारीलाई राखेर नेपालगन्जका लागि उठेको ५ मिनेटमै नन्दकुमारीको मृत्यु भएको थियो ।
मृत्यु भएकी बुहारीको शवलाई अहिले रुकुम कसरी लैजाने भन्ने चिन्ताले ससुरा लक्ष्मीरामलाई सताएको छ । उनले नेपालगन्ज विमानस्थल बरीपरि रहेका आफन्तहरुसंग सहयोगको याचना गरेपनि कुनै किसिमको सहयोग पाउन सकेका छैनन् । म अनि मेरो नेपाल उस्तै उस्तै हो ।
Last edited by Pal; 22-07-2006 at 10:59 AM.
|