| स्वास्थ्य उपचारका नाममा करोडौँ रुपियाँ द -
21-07-2006, 09:07 PM
स्वास्थ्य उपचारका नाममा करोडौँ रुपियाँ दुरुपयोग [ 2063-4-5 ]
गोरखापत्र समाचारदाता
काठमाडौं, असार ४ गते । प्रतिनिधिसभा र्सार्वजनिक लेखा समितिले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री अमिक शेरचनसँग स्वास्थ्य मन्त्रालयलबाट विभिन्न समयमा स्वास्थ्य उपचारका नाममा ठूलो परिमाणमा विभिन्न व्यक्तिले रकम लिएको भन्ने विषयमा जानकारी लियो । समितिको आजको बैठकमा सांसदहरूले स्वास्थ्य उपचारका लागि सरकारले आर्थिक अवस्था कम्जोर भएका तथा ख्यात्रि्राप्त व्यक्तिहरूलाई सहायता उपलब्ध गराउने कानुनी व्यवस्था भए पनि धेरैजसो कुनै रोगै नलागेका व्यक्ति र आर्थिक अवस्था राम्रो भएका कथित उच्च खानदानी परिवारकाले समेत आर्थिक सहायता लिएकोमा आपत्ति व्यक्त गर्नुभएको थियो । स्वास्थ्य उपचारका नाममा करोडौँ रुपियाँ राज्यकोषबाट खर्च हुने गरेको र सो रकम उपलब्ध गराउँदा अपनाउनुपर्ने प्रक्रिया पनि पूरा नगरिएकोतर्फसांसदहरूले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षा गरेका थिए । सो अवसरमा संसदहरूले राखेको जिज्ञासको जवाफ दिँदै उपप्रधानमन्त्री शेरचनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचारका लागि एकजनालाई अधिकतम ५० हजार रुपियाँसम्म मात्र उपलब्ध गराउनसक्ने कानुनी प्रावधान रहेको जानकारी गराउनुभयो । उहाँले सोभन्दा बढी रकम मन्त्रिपरिषद्को निर्ण्र्ाााट अर्थ मन्त्रालयबाट सीधै वितरण हुने भएकाले ठूलो परिमाणमा रकम लिएको विषयमा स्वास्थ्य मन्त्रालयलाई भन्दा मन्त्रिपरिषद् र अर्थ मन्त्रालयलाई जानकारी हुने बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रलायले उपलब्ध गराएको ५० हजार रुपियाँ बराबरको आर्थिक सहायताको रकम ठीकसँग खर्च भए नभएको विषयमा छानबिन गर्ने बताउँदै सांसदहरूले जान्न चाहेको ठूलो परिमाणमा रकम बुझनेहरूका बारेमा आफ्नो मन्त्रालयमा जानकारी नभएको उल्लेख गर्नुभयो । उहाँले यसरी रकम वितरण गर्ने प्रक्रिया अव्यावहारिक भएको उल्लेख गर्दै यसलाई व्यावहारिक बनाउनुपर्ने र यसरी वितरण गर्ने रकम ठीकसँग खर्च भएनभएको पनि तत्काल जाँच गर्नुपर्ने बताउनुभयो । समितिका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले अगामी आइतबार दिउसो ३ बजे अर्को बैठक बस्ने निर्ण्र्ाागर्नुका साथै सो बैठकमा अर्थमन्त्री, अर्थसचिव र मुख्य सचिवलाई समेत बोलाउने निर्ण्र्ाागर्*यो ।
स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी [ 2063-4-1 ]
रासस
काठमाडौँ, असार ३२ गते । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अमिक शेरचनले स्वास्थ्य सेवा विभाग र अर्न्तर्गत विभिन्न महाशाखाको कार्यक्रम, उपलब्धि, समस्या र समाधानका उपायबारेमा आज जानकारी लिनुभयो । उक्त अवसरमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरचनले कर्मचारीलाई निर्देशन दिँदै स्वास्थ्यजस्तो जनताको प्रत्यक्ष सरोकार रहेको महìवपर्ूण्ा कुरामा धेरै कार्यहरू गर्न बाँकी रहेको बताउनुभयो । उक्त अवसरमा उहाँले जुन गाउँमा गरिबी, निमुखा र असहाय छन्् त्यहाँ नै रोगहरू बढी लाग्ने गर्छ भन्दै त्यस्ता वर्गलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, समय समयमा केन्द्रस्तरबाट जिल्ला र सो भन्दा तल्लो तहका स्वास्थ्य संस्थाहरूमा निरीक्षण र अनुगमन पनि गर्न निर्देशन दिनुभयो । स्वास्थ्य सेवा विभाग अर्न्तर्गतको महाशाखाहरूको कार्यक्रमबारे सम्बन्धित महाशाखाका निर्देशकहरूलर्ेर् इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा, आपर्ूर्ति व्यवस्था महाशाखा, बालस्वास्थ्य महाशाखा, परिवार स्वास्थ्य महाशाखा, व्यवस्थापन महाशाखा र कुष्ठरोग नियन्त्रण महाशाखाहरूको कार्यक्रम, उपलब्धि, समस्या र समाधानका उपायबारेे जानकारी गराउनुभयोे । उक्त अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र विष्टले स्वास्थ्य सेवा विभागको कार्य विवरण, सङ्गठन, मातहातका महाशाखा र केन्द्रहरूका बारेमा प्रकाश पार्नुभयो । I Love Clinical Vignette a concise presentation of an interesting & challenging patient encounter that stimulates an inquisitive learning session.
Last edited by Oak; 21-07-2006 at 09:10 PM.
|