धरान, चैत ८ - खुकुरी प्रहारबाट हत्केलासहित दर्ुइ टुक्रा भएको दाया“ नाडी जोड्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरू बुधबार सफल भएका छन् ।
नौ घन्टा लामो शल्यक्रिया गरी विराटनगर-७ का ३२ वषर्ीय सन्तोष सरकारको छिनेको हात जोड्न चिकित्सकहरू सफल भएका हुन् । प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. सुरज बज्राचार्यका अनुसार प्रतिष्ठानमा पहिलोपटक छिनेको हात शल्यक्रियाद्वारा जोडिएको हो ।
सन्तोषलाई दर्ुइ दिनअघि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी हात छिनाइदिएका थिए । उनले तत्कालै छिनेेको हत्केला लिएर कोसी अञ्चल अस्पताल पुगेका थिए । त्यहा“ हात जोड्ने शल्यक्रिया सम्भव नहुने बताएपछि १ घन्टापछि उनी प्रतिष्ठान
पुगेका थिए ।
छिनेको हात प्लास्टिकमा पोको पारी आइसमा राखेर ल्याइएकाले हातका कोषहरू नमरेको र बाह्य संक्रमण हुनबाट जोगिएकाले शल्यक्रिया सफल भएको डा. वज्राचायर् ले बताए । उनले भने- 'सामान्यतया १२ घन्टाभित्र त्यस्ता चु“डिएका अंगको शल्यक्रिया गरेर जोड्न सकिने चिकित्सकीय मान्यता छ ।' वज्राचार्यका अनुसार सूक्ष्म शल्यक्रिया गरेर उनको हात जोडिएको हो ।
शल्यक्रियामा चिकित्सकहरूले हाड, नसा, आर्टरी, नर्भ, टेन्डन र भेनहरू जोडेर औंलाहरू
सामान्य चल्नसक्ने भइसकेका
छन् । उनका औंलाहरूमा अक्सिजनको मात्रा ७ प्रतिशत पुगिसकेको पनि चिकित्सकहरूले बताए । शल्यक्रिया डा. वज्राचार्यसहित डा. पंकजकुमार, एनेसिमसिया विभागका डा. बालकृष्ण भट्टर्राई, डा. वीरेन्द्रप्रसाद शाह, डा. अविनाशको समूहले गरेको हो । -
कान्तिपुर