बिर्तामोड, चैत १ - कालाजार प्रकोपले झापाको एकै गाउ“का डेढ दर्जनभन्दा बढी बासिन्दा थलिएका छन् । नगरोन्मुख अनारमनी गाविसमा फैलिएको कालाजारले एकको मृत्युसमेत भएको छ ।
अनामनी-७ का रोबिन हेमरमको यसै साता मृत्यु भएको हो । सोही वडाका कम्तीमा २० गाउ“ले रोगले ग्रस्त भएका छन् । पीडितमा दुइ वर्षा बालबालिकादेखि ७० वर्षा वृद्ववृद्वा छन् । तिनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
पा“च वर्षता जिल्लामा देखिएको कालाजारको यो उच्च प्रकोप हो । २०५८ मा कोरोबारीमा यस्तो प्रकोप देखिएको जनस्वास्थ्य कार्यालय झापाका बेद घिमिरेले बताए । उनका अनुसार भारतबाट रोजगारी गरी फर्किएका माइला टुडुबाट गाउ“मा कालाजार फैलिएको अनुमान छ । रोग फैलिएको स्थान राजवंशी
र सतार समुदायको सुकुम्बासी बस्ती हो ।
स्वास्थ्यचौकी इन्चार्ज व्रजेश मेहताले माघ र फागुनको दर्ुइ महिनामा मात्र एकै वडामा कालाजारका २१ बिरामी फेला परेका र त्यसमध्ये केहीको अवस्था अझै गम्भीर रहेको बताए । 'उपचारमा नआउने र बीचमा औषधि खान छाड्ने कारणले केहीको अवस्था गम्भीर छ,' उनले भने- 'हामी सकेसम्म बिरामी पत्ता लगाई उपचारको प्रयास गरिरहेका छौं ।'
जिल्लाको जुरोपानी, महाभारा, शनिश्चरेलगायत गाविसमा पनि यस वर्षफाट्टफुट्ट कालाजार देखिए पनि बढी संख्यामा रोगको प्रकोप अनारमनीमा छ । जनस्वास्थ्यले रोग नियन्त्रणनिम्ति कीटनाशक औषधि र्छकने, सडकनाटक र अन्तक्रिर्याजस्ता चेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाए पनि रोगले मृत्युको घटना भएको जानकारी भने उक्त संस्थास“ग छैन ।
रोग फैलिएको गाउ“मा केही रोगग्रस्त गाउ“ले उपचारविहीन अवस्थामा छन् । रोग देखिएको गाउ“ बिर्तामोड नगरक्षेत्रबाट दर्ुइ किमि दक्षिणमा पर्छ । यहा“बाट मेची अञ्चल अस्पतालसम्मको पहु“च सहज छ । -
कान्तिपुर