कास्की, चैत १ - सेवा सञ्चालनका लागि विज्ञ चिकित्सक र स्रोतसाधन भएर पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले सुुरक्षित गर्भपतन सेवा बन्द गरेको छ ।
चिकित्सकको अभावमा सात महिनादेखि बन्द गर्भपतन सेवा सञ्चालन गर्न एक महिनाअघि थप चिकित्सक व्यवस्था गरिएको थियो । तर चिकित्सक थपिएको एक महिना बित्दा पनि सेवा सञ्चालनमा आएको छैन ।
गत भदौमा चार चिकित्सक हुु“दा बन्द गरिएको स्त्रीरोग सम्बन्धी सेवा सञ्चालन गर्न गत माघमा थप दर्ुर्ुइ चिकित्सक व्यवस्था गरिएको थियो । अहिले चिकित्सक संख्या छ पुुग्दा पनि सेवा सुुचारु नगर्दा सयौं बिरामी मर्कामा परेका छन् ।
अस्पतालमा सेवा नपाएपछि गर्भवती महिलाहरू गर्भपतनका लागि कानुुनले मान्यता नदिएको औषधि पसल र दक्षता प्राप्त नगरेका स्वास्थ्यकर्मीबाट असुुरिक्षत गर्भपतन गराउन बाध्य छन् ।
यसले गर्दा गर्भवती महिलाको जिउधन जोखिममा पर्न गएको छ । असुुरक्षित गर्भपतनले गर्भवतीको मृत्युु हुुने, पाठेघरमा घाउ, खराबी उत्पन्न हुुने, बा“झोपन हुुने समस्या उत्पन्न हुुन्छ ।
कानुुनतः स्वीकृतप्राप्त स्वास्थ्य संस्थामा मात्र योग्य चिकित्सकले आमा र बाबुुको सहमतिमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने ऐनमा व्यवस्था छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुुसार पोखरामा क्षेत्रीय अस्पताल, परिवार नियोजन संघ र सुुनौलो परिवार नेपाल मेरिस्टोप नागढंुुगाबाहेक अन्यत्र गर्भपतन गराउन पाइ“दैन ।
हाडनाता र जबर्जस्तीकरणीले रहेको गर्भ प्रमाणित गरेर १८ हप्तासम्मको र आमाको ज्यान जोखिममा परेमा सम्बन्धित चिकित्सकको सिफारिसमा मान्यता प्राप्त अस्पतालबाट जुनसुकै बेलाको गर्भपतन गराउन सकिने उल्लेख छ । र्'गर्भपतन गराउन साधनस्रोत र तालिम प्राप्त विज्ञ डाक्टरबाट नगरे महिलाको ज्यान खतरामा पर्दछ,' सुुनौलो परिवार ने पाल मेरिस्टोप पोखराका इन्चार्ज सरोजचन्द्र न्यौपानेले भने- 'पोखरामा मान्यता प्राप्त नगरेका ठाउ“मा असुुरक्षित गर्भपतन गराउने चलन बढ्दो छ ।'
पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्ल्ाा अस्पतालबाट 'रिफर' गरिएका बिरामीहरू आउने अस्पतालमा स्त्री तथा प्रसूतिका मात्रै दिनमा करिब दर्ुर्ुइ सय बिरामी आउने अस्पतालले जनाएको छ । अस्पतालले १५ सय रुपैया“ शुुल्क लिएर हप्तामा मंगलबार र शुुक्रबार गर्भपतन सेवा दिन्थ्यो । एक दिनमा आठ जनाले गर्भपतन सेवा पाउ“थे । क्षेत्रकै ठूलो र सुुविधासम्पन्न योे अस्पतालमा सबैभन्दा बढी स्त्री र प्रसूतिका बिरामी आउने मेडिकल सुुपरिटेन्डेन्ट डा. नन्दप्रसाद शर्माले बताए ।
'डाक्टरको अभावले बन्द गरिएको गर्भपतन सेवा सुुचारु गर्न म्यानपावर र साधन सबै छ,' मेडिकल सुुपरिटेन्डेन्ट डा. शर्माले भने । -
कान्तिपुर