सिमकोट, -हुम्ला, फागुन ९ - एड्सपछिको दोस्रो खतरनाक मानिने हेपाटाइटिस 'बी' यहा“का स्थानीय बासिन्दामा देखिन थालेको छ । अन्य जातिभन्दा लामा जातिस“ग यो रोग बढी देखिएको अस्पताल स्रोतको दाबी छ ।
जिल्ला अस्पतालमा ल्याब असिस्टेन्टको समेत काम गर्दैर् आएका सहायक चिकित्सक अम्मरसिंह शाहीका अनुसार गत असोजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हु“दा रगत जचाउने स्थानीय बासिन्दामध्ये ९ जनास“ग हेपाटाइटिस 'बी' देखिएको थियो, जसमा ८ जना लामा जातिका हुन् ।
शिविरमा निःशुल्क जचाउने व्यवस्था भएकाले धेरैले आपmनो रगत जचाएका थिए । 'त्यसपछि जचाउन आएका छैनन् । रगत जचाउ“दा २ सया रुपैया“ शुल्क लिने गरेको छ,' शाहीले भने ।
एड्स हात मिलाउ“दा, जुठो खा“दा नर्सर्ने भए पनि हेपाटाइटिस सरुवा रोग भएकाले धेरै स्थानीय बासिन्दास“ग सरेको हुनसक्ने दाबी गर्दै शाहीले शुल्क मह“गो भएकै कारणले जचाउन नआउने हु“दा रोगीको संख्या यकिन गर्न नसकिने बताए । -
कान्तिपुर