फाप्लु अस्पताल तीन महिनादेखि चिकित्सकविहीन
ओखलढुंगा, पुस २६ - सोलुखुम्बुको फाप्लुस्थित जिल्ला अस्पताल तीन महिनादेखि डाक्टरविहीन छ ।
अस्पतालमा तीन जना चिकित्सकको दरबन्दी भए पनि तीन महिनादेखि चिकित्सकविहीन भएको हो । 'जिल्ला अस्पताल लामो समयसम्म डाक्टरविहीन भएकाले आउने बिरामीहरूको समयमा उपचार हुन सकेको छैन,' स्थानीय अशोक राईले टेलिफोनमा भने ।
सामान्य र आकस्मिक गरी यहाँ दैनिक ५/६ जना बिरामी आउँछन् । सामान्यलाई अहेवले जाँच गरी पठाउँछन् भने गम्भीर प्रकृतिको रोगलाई राजधानीमा पठाउन बाध्य छौं, अहेव टंकबहादर श्रेष्ठले भने । डा. सरिता केसी श्रेष्ठ राजधानीमै बसेकी उल्लेख गर्दै उनले भने- 'केही समयअघि पोस्टमार्टमका लागि आएकी थिइन् र तुरुन्तै फर्किन ।' अहिले अस्पताल दुई जना अहेवले धानेका छन् । उनीहरूले सामान्यबाहेकका केस हेर्न सक्दैनन् ।'
'केही दिनपहिले छोराको हात मर्केर उपचार गराउन गएका गम्बु शेर्पाले अस्पतालमा चिकित्सक नभएपछि राजधानी जानु परेको थियो । 'सबैले उपचार गराउन काठमाडौं लान सक्दै नन्,' अशोकले भने- 'समयमा जहाजको टिकट पनि पाउन गाह्रो हुन्छ ।' जिल्ला अस्पताल चिकित्सकविहीन भएकोमा स्थानीय- वासी आक्रोशित भएका छन् । सरकारले तीन महिनादेखि जिल्ला अस्पताल चिकित्सकविहीन हुँदा पनि वास्ता नगरेको गुनासो गर्छन् । यहाँ सयौं बिरामीहरू अलपत्र परेका छन् । डाक्टरजति राजधानीमा बसेका छन्, राप्रपाका जिल्ला अध्यक्ष्ा दो र्जी सुशील शेर्पाले भने । -
कान्तिपुर चक्र कार्की