चिसापानी -स्याङ्जा, पुस २३ - कर्मचारी नहुँदा यहाँको एक उपस्वास्थ्य चौकी बन्द भएको छ । उक्त च्ााैकी केही दिनअघिदेखि पियन भरत भुजेलले सञ्चालन गर्दै आएका थिए । उनी शुक्रबारदेखि गोष्ठीमा गएपछि चौकी बन्द भएको हो ।
चौकी बन्द हुँदा बासिन्दा सिटामोल लिनसमेत छिमेकी जिल्ला तनहुँको दुलेगौंडा पुग्न बाध्य भएको नमुना युवा क्लबका अध्यक्ष बोधराज लम्सालले कान्तिपुरलाई बताए । 'यहाँ यस्तो लापरबाही छ, अहेब कहिल्यै बस्दैनन्,' लम्सालले भने- 'सधैं पियनले उपचार गर्थे, अहिले उनी पनि छैनन् ।'
स्वास्थ्य चौकी २४८ सालमा स्थापना भएको हो । अहेब, ग्रामीण स्वास्थ्य कार्यकर्ता र मातृ शिशु कार्यकर्तासहित ४ कर्मचारी दरबन्दी
छ । अहेब बिदुर सिग्देल 'एच ए' पढ्न पोखरा गएको मासिका जमुना लम्सालले बताइन् । 'उहाँ महिनामा एक/दुईपटक मात्र आउनुहुन्छ,' उनले भनिन्- 'ग्रास्वाका पद रिक्त छ, म मोटरसाइकल दुर्घटनामा परेर दुई महिनाका लागि बिदा लिएपछि चौकी पियनको भरमा भएको हो । अहिले उनी बन्द गरेर गोष्ठीमा गएछन् ।' -
कान्तिपुर