नवलपरासी, पुस १२ - सामुदायिक अस्पताल निर्माणका लागि यहा“ सञ्चालित धान्याचल महायज्ञमा ७० लाख संकलन भएको छ ।
सहिदनगर डन्३डामा सञ्चालित महायज्ञमा मंगलबार एकैदिन २० लाख संकलन भएको छ । १ हजारदेखि १ लाखसम्म नगद बुझाउनेहरूको दिनभर भीडलागेको छ । मध्यविन्दु सामुदायिक अस्पतालका लागि सञ्चालित यज्ञमा नारायणगढका डानबहादुर श्रेष्ठले ५ लाख बराबरको जग्गा दान दिएका छन् भने अग्यौली गाविसले ५ लाख दिएको छ । स्थानीय कृष्णबहादुर दंगालले १ लाख ५१ हजार, रामग्राम निवासी ज्ञानचन्द्र श्रेष्ठले २ लाख ५० हजार प्रदान गरिसकेका छन् ।
सहिद नगरमा निर्माण गरिने अस्पतालका लागि दान गर्नेहरू मंगलबार १० हजारभन्दा बढी थिए । उपचारका लागि टाढा जान बाध्य यहा“का स्थानीय बासिन्दा र छिमेकी शिवमन्दिर, कावासोती, देवचुली, देउराली, कोल्हुवा, दुम्कीवास गाविससम्मका हजारौं दाताहरूको दिनह“ु ओइरो लागेको छ ।
यज्ञको तेस्रो दिन स्थानीय प्रेमबहादुर केसी, शिवराज पौडेल र काठमाडौंकी शारदा भट्टर्राईले १/१ लाखभन्दा बढी सहयोग दिएका छन् ।
वाचनशिरोमणि स्वं. नारायणप्रसाद पोखरेलका सुपुत्र दिनबन्धु पोखरेलको वाचनमा गत शुक्रबार सुरु भएको महायज्ञमा ३ करोडभन्दा बढी संकलन गर्ने लक्ष्य रहेको छ । २५ हजार सहयोग गर्नेहरू सयभन्दा बढी पुगिसकेका छन् । महायज्ञमा सामान्य कृषक, स्कुले विद्यार्थी र पेसाकर्मीले समेत थुप्रै सहयोग गरेको यज्ञ सञ्चालन समितिका अध्यक्ष्र्ँर् इश्वरीप्रसाद पाण्डेले बताए । -
कान्तिपुर