जीवनलाई सकारात्मक रूपमा लिने महिलालाई स्तन क्यान्सर हुने सम्भावना २५ प्रतिशत कम हुने पत्ता लागेको छ । एक अध्ययनले पत्ता लगाएअनुसार, खुसी रहने महिलामा यो रोग बढ्ने कमै सम्भावना हुन्छ । यसविपरीत तनावपूर्ण जीवन बाँच्दा उल्टो असर पर्छ । दुई वा तीनपटक मानसिक आघात भोगेका महिलाहरूमा, दुर्भाग्यपूर्ण घटनाबाट मुक्त महिलाको तुलनामा स्तन क्यान्सरको जोखिम ६२ प्रतिशत बढी हुन्छ । यो अध्ययन इजरायली अनुसन्धाताहरूले २५ देखि ४५ वर्षका स्तन क्यान्सर भएका दुई सय ५० महिलाबीच गरेका थिए । उनीहरूलाई रोग पत्ता लाग्नुअघिको जीवनप्रतिको आफ्नो दृष्टिकोण सोधिएको थियो । उनीहरूलाई विस्तारपूर्वक आमाबाबु वा श्रीमान्को मृत्यु, पारपाचुके, रोजगारीबाट वञ्चित आदिसँग सम्बन्धित सवाल सोधिएका थिए । उनीहरूको जवाफलाई सोही उमेरका स्वस्थ महिलाहरूको समूहको जवाफसँग तुलना गरिएको थियो । अध्ययनको विश्लेषणले जीवन दृष्टिकोण र स्तन क्यान्सरबीच स्पष्ट सम्बन्ध भएको देखाएको छ । आशावादीहरूलाई यो रोग लाग्ने सम्भावना २५ प्रतिशत कम रहेको अध्ययनले देखाएको छ । बि्रटेनमा स्तन क्यान्सरले गर्दा प्रत्येक महिना एक हजार महिलाहरूको मृत्यु हुने गर्छ । 'सुखको अनुभूति र आशावादिताले स्तन क्यान्सरविरुद्ध 'संरक्ष्ाणकारी प्रभाव' पर्ने पत्ता लागेको छ' अनुसन्धाताहरूले बिएमसी क्यान्सर जर्नलमा लेखेका छन् । एउटा मानसिक आघातले स्तन क्यान्सरको विकास हँुदैन । तर, दुई वा बढी व्यक्तिगत संकटले यो रोग बढ्ने सम्भावना दुई-तिहाई बढाउने बेन-गुरियन युनिभर्सिटीद्वारा गरिएको अध्ययनले पत्ता लगाएको छ ।
श्रीमतीहरू होसियार !
नयाँ दिल्ली/ थुल्थुले शरीर भएका श्रीमतीहरू होसियार हुनुपर्ने बेला आएको छ । किनभने विवाहित पुरुषहरू यतिखेर अरू महिलाप्रति आकषिर्त हँुदै छन् उनीहरू आफ्नो अनुहार चिटिक्क पार्न, छरितो जीउ बनाउन र बढी सेक्सी देखिन बढी समय र पैसा खर्चिन थालेका छन् । नयाँ दिल्लीका स्वास्थ्य विशेषज्ञका अनुसार स्लिम बन्ने र स्मार्ट देखिने प्रवृत्ति विवाहित पुरुषमा बढ्न थालेको छ । उनीहरूका विचारमा यो आसक्ति बढ्दो पश्चिामाकरणले गर्दा भएको हो । अर्कातर्फ महिलाहरूमा भने सुन्दरताप्रति सचेत रहने प्रवृत्ति घट्न थालेको छ । किनभने, उनीहरूलाई घरव्यवहारमै व्यस्त रहनुपर्छ । जसले गर्दा उनीहरूको शरीर भद्दा हुन पुग्छ । 'आजभोलि भारतीय पुरुषहरू कम उमेरमै समृद्ध हुन थालेका छन् । उनीहरू अलिकति तालुखुइले, आत्मविश्वासी, परिपक्व र सम्पन्न भएका छन् । उनीहरूको करिअरको यो मुख्य समय हो । त्यसैले उनीहरू कस्मेटिक सर्जरी, स्किन टोनिङ, फेसियल र मसाजका लागि धाउने गरेको कस्मेटिक सर्जन डा. देवांश बताउँछन् । 'आफ्नो अफिसमा काम गर्ने जवान सेक्रेटरी वा महिला कर्मचारीप्रति आकषिर्त हुनु स्वाभाविक हो । किनभने, उनीहरू निकट रहेर काम गर्छन्,' सर गंगाराम हस्पिटलका प्लास्टिक सर्जन डा. आर खजान्ची भन्छन् । -
Source