| आधा दर्जन स्वास्थ्य संस्था प्रमुखविहीन -
07-08-2008, 04:33 AM
राजेन्द्रप्रताप शाह धादिङ, साउन २२ - जिल्लाका आधा दर्जन स्वास्थ्य संस्था लामो समयदेखि प्रमुखविहीन भएका छन् ।
प्रमुख नहु“दा सेवाग्रही प्रभावित भएका छन् । प्रमुख नभएका स्वास्थ्य संस्थामा लापा उपस्वास्थ्य चौकी, मुलपानी उपस्वास्थ्य चौकी, किरान्चोक उपस्वास्थ्य चौकी, तसपर्ुर्ुपस्वाथ्य चौकी, दार्खा स्वास्थ्य चौकी र सलाङ स्वास्थ्य चौकी रहेका छन् ।
लापा उपस्वास्थ्य चौकीमा वषौर्ंदेखि अहेव छैनन् । गणेश हिमालको फेदीमा रहेको लापा उपस्वास्थ्य चौकी जिल्ला सदरमुकाम धादिङबेसीबाट चार दिनको पैदल दुरीमा रहेको छ । 'नया“ अहेव आउ“छन्, चार पा“च दिन हाजिर गरेपछि कहिल्यै नर्फकने गरेर टाप ठोक्छन्,' स्थानीय पर्ूवगाविस अध्यक्ष सिंहबहादुर तामाङ गुनासो गर्छन् ।
पछिल्लोपटक उक्त स्वास्थ्य संस्थामा नया“ नियुक्ति लिएर हाजिर हुन पुगेकी अहेव सविना चेपाङ दर्ुर्ुइ तीनपटक संस्थामा हाजिर भएपछि घरपायक नमिलेको भन्दै जागिरै छोडेर गइन् ।
पटकपटक स्थानीय गाउ“ले आफ्नो स्वास्थ्यकर्मी खोज्दै सदरमुकाम आउने गर्छन् । तीन दिनअघि पनि उनीहरू 'डाक्टर सा'ब' खोज्दै धादिङबेसी आए । जिल्लाका स्वास्थ्य प्रमुखस“ग भेटी उनीहरूले गुनासो पोखे ।
लापामात्र होइन मुलपानी उपस्वास्थ्य चौकीका अहेव दुखहरण पण्डित सरुवा भएपछि फागुनबाट उक्त सस्था प्रमुखविहीन भएको छ । यसैगरी, लापा उपस्वास्थ्य चौकी माघबाट, दार्खा स्वास्थ्य चौकी फगुनबाट, सलाङ स्वास्थ्य चौकी बैशाखबाट र तसपर्ुर्ुपस्वास्थ्य चौकी माघबाट प्रमुखविहीन भएका छन् । विकट स्थानमा रहेका उक्त स्वास्थ्य संस्थामा मात्र होइन जिल्ला सदरमुकाममा रहेको धादिङ अस्पतालमा गएको बैशाखबाट स्टाफ नर्स सङ्गीता पुडासैनी हाजिर नभई गायब भएकी छन् ।
अझ अनौठो त के भने ६१ साल बैशाख १ गते धादिङ अस्पतालमा सरुवा भएकी स्टाफ नर्स मिरा थापा सरुवा भएको संस्थामा एक दिन पनि हाजिर नभई गायब छिन् ।
मन्त्री र माथिल्लो निकायमा बस्ने अधिकारीको आडमा यस्ता कर्मचारी दरबन्दी जिल्ल्ाामा राखी काठमाडांै र अन्य सुगम ठाउ“मा काजमा वर्षौंसम्म बस्ने गर्दछन् ।
काजमा बस्दाबस्दै कतिपय कर्मचारी निजी स्वास्थ्य संस्थामा कार्यरत हुन पुग्ने र कतिपय त राजीनामा नै नदिई रोजगारीका लागि विदेश पुग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख शेख मोहम्मददाउद बताउ“छन् । 'जिल्लाको तलब खाएर को कहा“ ऐस आराम गर्दै छन्, ती सबैको खोजी गरी म कारबाही अघि बढाउ“दैछु', उनी भन्छन् ।
यसैसाता मात्र जिल्ला स्वास्थ्य कार्यालय धादिङले सर्म्पर्क बाहिर रहेका स्वास्थ्यकर्मीलाई र्सार्वजनिक सूचना जारी गरी कारबाहीको प्रकृया अघि बढाएको छ । |