 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
| | Nepal Health News Exclusive Coverage on Nepalese Health News | | डाक्टर 'रामा' बने नायक | | डाक्टर 'रामा' बने नायक राजाराम गौतम काठमाडौं, साउन ६ - बाल्यकालमा रामवरण यादवलाई उनका बालसखा 'रामा' भन्थे । तिनै 'रामा' डाक्टर र राजनीतिकर्मी हु“दै राष्ट्रपति भएका छन् ।
कांग्रेस नेताबाट उक्लेर उनको परिचयले नया“ उचाइ पाएको छ । नेपाली राजनीतिमा विकसित पछिल्लो समीकरण र संयोगले राष्ट्रपति बनेका यादव विद्यार्थी कालदेखि नै राजनीत्रि्रति बडो रुचि राख्थे । उनको राजनीतिमा सक्रियताचाहि“ बीपी कोइरालास“गको सामीप्यतापछि बढ्यो । बीपी कोइरालाको अन्तिम अवस्थामा स्वास्थ्य उपचारमा खटिएका उनी त्यसपछि सक्रिय राजनीति थालेका थिए ।
बीपी कोइरालाको नजरमा रामवरण यादव उतिबेलै परेका थिए । कोइरालाले कार्यकतर्ँ भेला र आमसभामा समेत उनको प्रशंसा गर्दै 'राष्ट्रवादी' को उपमा दिने गर्थे । 'बीपीले मधेसी पृष्ठभूमिका राष्ट्रवादी चरित्र बोकेका भनी उनको प्रशंसा गनर्ुर्ुुन्थ्यो,' उनका समकक्षी कांग्रेस नेता समीर घिमिरे भन्छन्- '०३७ सालमा हुनुर्ुपर्छ, जनकपुरमा भएको कुनै एक सभामा बीपीले उनको प्रशंसा गर्दै राष्ट्रवादी नेताको संज्ञा दिनुभएको थियो ।'
आखिर बीपीको विश्लेषण सही सावित भयो । बीपीले त्यसो भनेको २८ वर्षछि उनले राष्ट्रिय अखण्डताका पक्षमा प्रखर रूपले उभिए । 'एक मधेस एक प्रदेश' नारामा असहमति जनाउ“दै उनले अरू मधेसी नेता र दलको विपक्षमा खरो उत्रिएर राष्ट्रिय अखण्डताका सामु नझुक्ने छवि उजागर
गरे । सायद उनको त्यही छवि मुलुककै सर्वोच्च पदमा आसिन हुने मुख्य आधार भइदियो ।
धनुषाको सपही-९ मा निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका उनी संघीय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति भएका छन् । गरिब किसान परिवारमा हुकिर्ंदै शिखरसम्मको यात्रा तय गर्दा उनले अभाव, संर्घष्ा, पीडा, सफलता अनेकौं उतारचढाव बेहोरेका छन् ।
पिता थानी यादव र माता रामरती यादवको काइ“ला छोराका रूपमा ००४ सालमा जन्मिएका उनको प्रारम्भिक शिक्षा गाउ“मै भयो । मधेसका अन्य किसान परिवारको छोराछोरीजस्तै उनको जीवन पनि निकै सामान्य ढंगले बित्यो । स्कुले जीवनसम्म उनी भैंसी चराउनेलगायत घरमा आइपर्ने दैनिक काम गर्थे । 'म पनि भैंसी चराउ“दै हुर्ुर्केको सामान्य किसानको छोरो हु“,' जनकपुरका सभाहरूमा उनी अक्सर यसै भन्थे ।
जनकपुरको सरस्वती हाइस्कुलबाट प्रवेशिका उत्तर्ीण्ा गरेपछि राजधानी आए । त्रि-चन्द्र क्याम्पसबाट आईएस्सी गरेपछि उनी एमबीबीएस पढ्न कलकत्ता मेडिकल कलेज गए । एमबीबीएस गरी ०३४ सालतिर जनकपुर फर्किएपछि उनले जानकी मन्दिर प्रांगणमा रहेको लक्ष्मण गुठीको घरमा क्लिनिक खोले र चिकित्सा सेवा सुरु गरे ।
स्कुले जीवनदेखि नै राजनीतिमा रुचि र कलकत्तामा पढ्दा प्रवासी विद्यार्थी संगठनका नेताहरूस“गको उठबस भएका उनी चिकित्सा सेवास“गै राजनीति सक्रियता पनि बढाउ“दै थिए । ०३६ सालको जनमतसंग्रहमा राजनीत्रि्रतिको रुचि सक्रियतामा बदलियो ।
जनमतसंग्रहमा बहुदलको पक्षमा खुलेर प्रचार गरेका थिए । 'दिउ“सो क्लिनिकमा बिरामी जा“च्थे । बेलुका गाउ“-गाउ“मा बहुदलको प्रचारमा हि“ड्थे,' घिमिरे सम्झन्छन्- 'जनमतसंग्रहमा बहुदलको प्रचारमा हामी स“गै हि“डेका थियौं ।' त्यही सक्रियताका कारण कांग्रेसले उनलाई ०३७ मा सदस्यता
दिएको थियो ।
०४४ सालमा पार्टर्ीीे तर्फाट धनुषा जिल्ला पञ्चायतमा सभापतिको उम्मेदवारसमेत भएका थिए । पञ्चायतलाई उपयोग गर्ने पाटीको रणनीतिअनुसार उनले जिल्ला पञ्चायतमा उम्मेदवारी दिएका थिए, तर हारे ।
०३७ सालबाट सुरु भएको सक्रिय राजनीतिक जीवनमा उनी महासमिति सदस्य, केन्द्रीय सदस्य, सह-महामन्त्री हु“दै महामन्त्रीसम्म भए । ०५६ मा कांग्रेसमा विभाजन भएपछि सह-महामन्त्री भएका यादव ०६४ मा मिलेपछि महामन्त्री भएका थिए । उनले धनुषाबाट ०४८ र ०५६ को निर्वाचनमा प्रतिनिधिसभाको सदस्य र हालै सभासदमा निर्वाचित भएका छन् ।
सक्रिय राजनीतिक जीवनको सुरुदेखि नै कोइराला परिवारको निकट रहेका छन् । सफलताको पछाडि कोइराला परिवारको सहयोग पनि एउटा आधार भएको उनका समकक्षीहरू बताउ“छन् । बीपीको स्वास्थ्य हेरचाहका क्रममा ०३७ सालपछि उनको कोइराला परिवारस“ग निकटता बढेको थियो ।
कांग्रेसकै अर्का चिकित्सक नेता डा. धु्रव शर्माले बीपीको स्वास्थ्य रेखदेख गर्दै थिए । ०३८ सालमा बीपीको स्वास्थ्य निकै बिग्रिएपछि शर्माले उनलाई टाटा टेक्निकल इन्स्िटच्युटमा उपचार गर्राई स्वदेश फर्काए । दिल्लीमा एमडी पढ्दै गरेका शर्मालाई र्फकनुपरेपछि यादवले बीपीको उपचारमा संलग्न भएका थिए । बीपीको स्वास्थ्यमा सक्रिय टोलीको नेतृत्व उनैले गरेका थिए । 'राजा वीरेन्द्रले बीपीलाई चिकित्सक उपलब्ध गराउने भएको थियो । तर पार्टर्ीी राजाले दिएको चिकित्सक नलिने ठहर गरेपछि पार्टर्ीीत्तबाट खोज्ने क्रममा यादवले उक्त जिम्मेवारी पाएका थिए,' घिमिरेले भने- 'यादवलाई पुर्*याउन विमलेन्ध्र निधि र म काठमाडौं आएका थियौं ।'
बीपीको देहवसानपछि उनी एमडी अध्ययन गर्न भारतकै चण्डीगढ गए । फर्किएर उनले जनकपुरमा नर्सिङहोम खोले र चिकित्सा क्षेत्रमा खटिए । ०४३/०४४ सालसम्म सक्रिय चिकित्सा पेसालाई आंशिक बनाउ“दै लगेका उनले ०४६ पछिको परिवर्तनपछि एकोहोरो राजनीतिमा छन् । उनी कांग्रेसीजनलाई निःशुल्क स्वास्थ्योचार र आर्थिक सहयोगसमेत गर्थे । बोलीचालीमा कडा मिजास देखिए पनि उनी सहयोगी भावनाका थिए । पञ्चायतकालमा जेलमा रहेका साथीहरूका परिवारलाई आर्थिक सहयोग गर्ने र उनीहरूको रेखदेख गर्नेमा उनी जनकपुरमा कहलिएका थिए ।
०३९ सालमा उनलाई पत्नी बियोगको पीडा भोग्नुपर्*यो । उनकी श्रीमती रक्त क्यान्सरका कारण बितिन् । उनका दर्ुर्ुइ छोरा र एक छोरी सबै विदेशमा छन् । जेठा छोरा चन्द्रमोहन यादव पेसाले चिकित्सक हुन् । उनी हाल कुबेतमा कार्यरत छन् । कान्छा छोरा चन्द्रशेरख यादव पेसाले इन्जिनियर हुन् र परिवारसहित अमेरिकामा बस्छन् । एकमात्र छोरी अनिता यादव बेलायतमा बस्दै आएकी छन् ।
चिन्नेहरू यादवलाई हक्की स्वभावको भन्छन् । मन लागेको कुरा बिनाहिच्किचाहट निडर भएर बोल्ने उनको बानी छ । आफूलाई चित्त नबुझेको कुरामा उनी सम्झौता पटक्कै गर्दैनन् । मुलुक संक्रमणकालबाट गुज्रिरहेका बेला ऐतिहासिक महत्त्वको पदमा आसिन हुन पुगेका राष्ट्रपति यादवका सामु यति गहन जिम्मेवारी छ, त्यो पूरा गर्न आग्रह/पर्ूवाग्रहभन्दा माथि उठ्नु आवश्यक छ । सायद उनको 'निडर र निर्भीक छवि' मुलुकलाई एकताबद्ध नेपालको स्थायी शान्ति स्थापनाको दिशामा अग्रसर हुनेछ ।
- Source |  Article Tools | | |
 Featured Articles | | | | | | | | | |
| | Re: डाक्टर 'रामा' बने नायक I am very happy that a very good doctor and intelectual person has become the first President of Nepal!
I congratulate all Nepalese and of course him on this occasion!
I wish all the best for his presidencial time! | | | | Article Tools | | | | Display Modes | Linear Mode |
Posting Rules
| You may not post new articles You may not post comments You may not post attachments You may not edit your posts HTML code is Off | | |
Similar Threads | | Article | Article Starter | Category | Comments | Last Post | | दुुव्र्यसनी बने डाक्टर | Khushboo | Nepal Health News | 1 | 25-11-2007 05:34 PM | |
Powered by vBulletin® Version 3.6.8 Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com | Hosted and Maintained by: | |  | |