You are Unregistered, please register to gain Full access.    

New cases in Pous 2064, HIV = 175, AIDS = 26, Death = 2. HIV rate is very high in Housewives than sex workers in Nepal ! ! ! HIV status in Nepal till 2005: Total Adult=70000, Adult Prevalence (15-49)=0.55%, Number of Women (15-49) LWHA=15,310 (22%), HIV Prevalence rate in IDUs=32.7%, HIV prevalence rate in sex worker=3.8%, HIV prevalence rate in client of SW=2.1%. The latest U.N. report shows that 65 million people have been infected with HIV since it was first identified 25 years ago. Twenty five million people have died of AIDS.

Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.

Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!

You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!

If you have any problems with the registration process or your account login, please contact us.
Go Back   xenoMED > News Room > Nepal Health News
Nepal Health News Exclusive Coverage on Nepalese Health News

Comment
 
LinkBack Article Tools Display Modes
<!-- google_ad_section_start -->जनस्वास्थ्य कार्यक्रममा सर्वसाधारणको प&#<!-- google_ad_section_end -->
जनस्वास्थ्य कार्यक्रममा सर्वसाधारणको प&#
Gorkhapatra
Published by Milan Chandra
19-07-2008
जनस्वास्थ्य कार्यक्रममा सर्वसाधारणको प&#

मोफसल विकास गतिविधि
जिल्लाअन्तर्गतका ग्रामीण क्षेत्रका स्वास्थ्यसम्बन्धी सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नु गराउनु नै जिल्ला जनस्वास्थ्य कार्यालयहरूको प्रमुख उद्देश्य हो । जिल्ला जनस्व्ाास्थ्य कार्यालय ललितपुरअन्तर्गत सञ्चालित विभिन्न जनस्व्ाास्थ्य कार्यक्रम तथा सेवा प्रभावकारी रूपले सञ्चालन गर्दै आएको उक्त कार्यालयको दावीसमेत छ ।
परिवार नियोजनसम्बन्धी अस्थायी साधनमा डिपो, पिल्स, आईयूडी, नरप्लान्ट, कण्डम आदि पर्दछन् ।


स्थायी भ्यासेक्टोमी, मिनील्याप आदि परिवार नियोजनका सेवा पर्दछन् । त्यस्तै खोपसम्बन्धी सेवामा बीसीजी, डीपीटी, पोलियो, हेप.बी., दादुरा, टि.टि. आदि खोपहरू नियमित सेवाअन्तर्गत पर्दछन् । यस अतिरिक्त राष्ट्रिय पोलियो खोप अभियानसमेत समय समयमा आई पर्ने खोपसम्बन्धी राष्ट्रिय अभियान हुन् । यस्ता सबैखाले सेवा उपलब्ध गराउादै आएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख ऋषिप्रसाद लामिछानेले भन्नुभयो । यी बाहेक पोषणअन्तर्गत भिटामिन 'ए', आइरन चक्की, आयोडिन, वृद्धि अनुगमन, जुकाको औषधि वितरण र सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती, प्रसूति सेवा, प्रेषण तथा उत्तर प्रसूति सेवा जस्ता मुख्य सेवा प्रदान गरिादै आएको छ ।


पाटन अस्पताल, आनन्दवन अस्पताल, प्रा.स्वा.के र हे.पो.हरूमा गई गर्भवती महिला सुत्केरी भएमा एक हजार रुपियाा यातायात खर्चसमेत उपलब्ध गराउादै आएको एक जिज्ञासामा उहााले भन्नुभयो । थप अर्को जिज्ञासामा प्रमुख लामिछानेले भन्नुभयो- यातायात खर्चको उपलब्धताले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो छ ।


जिल्लामा क्षयरोग नियन्त्रण कार्यक्रम, खकार नमुना सङ्कलन, उपचार, स्व्ाास्थ्य शिक्षा, कुष्ठरोग नियन्त्रण कार्यक्रममा -उपचार, स्व्ाास्थ्य शिक्षा), एकीकृत बाल रोग व्यवस्थापन कार्यक्रम, औलो रोग नियन्त्रण कार्यक्रम -रगत नमुना सङ्कलन, उपचार, स्व्ाास्थ्य शिक्षा), सरुवा रोगको महामारी व्यवस्थापन र सामाजिक समावेशीकरणअन्तर्गत अपाङ्ग, ज्येष्ठ नागरिक, दलित, पिछडिएको जाति जनजातिलाई सेवा तथा प्रेषण सेवा जस्ता विभिन्न सेवा प्रदान गर्ने कार्य भइरहेको जनस्वास्थ्य कार्यालयको दावी छ । बिमारी उपचार सेवा, निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम ललितपुर जिल्लाअन्तर्गत प्रभावकारी रूपले सञ्चालनमा ल्याइएको र त्यसको प्रतिकि्रया पनि राम्रै आइरहेको प्रमुख लामिछानेले बताउनुभयो ।


ललितपुरमा प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक तथा अन्तरङ्ग सेवा गरिब, असहाय, अपाङ्ग, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई र स्वास्थ्य चौकी तथा स्वास्थ्य उपचौकीमा निःशुल्क स्व्ाास्थ्य सेवा २०६४ माघ १ गतेदेखि सम्पूर्ण नागरिकलाई प्रदान गरिादै आएको कुरा उहााले उल्लेख्ा गर्नुभयो ।


जनस्वास्थ्य प्रमुख लामिछानेका अनुसार हाल ललितपुर जनस्वास्थ्य कार्यालयबाट स्व्ाास्थ्य शिक्षा प्रवर्द्धन, हात्तीपाइले रोग, विभिन्न स्वास्थ्यसम्बन्धी तालिम कार्यक्रम, एचआईभी एड्स तथा यौन रोग उपचार र स्व्ाास्थ्य शिक्षा, गााउघर क्लिनिक सेवा -परामर्श, प.नि. साधन, स्वास्थ्य शिक्षा, सामान्य उपचार), घुम्ती शिविरअन्तर्गत -परामर्श, प.नि., उपचार, प्रेषण प्रवर्द्धनात्मक सेवा) र ३६९ महिला स्वयम सेविकाद्वारा आधारभूत एंव प्रारम्भिक स्वास्थ्य सेवा प्रदान गरिादै आएको छ । सेवाको अनुगमन, सुपरीवेक्षण, स्थानीय निकाय -जिविस, उपमहानगरपालिका, गाविस, सरकारी, निजी तथा गैरसरकारी ) साग समन्वय गरी जनस्व्ाास्थ्य सेवाको विस्तार एवं प्रभावकारी कार्यान्वयनमा जोड दिादै आएको प्रमुख लामिछानेले एक प्रसङ्गमा उल्लेख गर्नुभयो । त्यस्तै औषधि, सामग्री आपूर्ति, स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली र अन्य स्वास्थ्य सेवासम्बन्धी कार्यहरू पनि निरन्तर सञ्चालनमा रहेको उहााले जानकारी दिनुभयो ।


स्वास्थ्य क्षेत्रमा सहभागी एवं सहयोगी संस्था ः ललितपुर जिविस, ललितपुर उपमहानगरपालिका, पाटन अस्पताल, आनन्दवन अस्पताल, गाविस ४१, परिवार नियोजन सङ्घ, वल्र्ड भिजन नेपाल, निजी अस्तालहरू,, नर्सिङ्ग होमहरू, मेडिकल कलेज, जनस्वास्थयसम्बन्धी अध्ययन अध्यापन गराउने संस्थाहरू, चापागाउा प्रास्वाके तथा स्रोतकेन्द्रलगायत समुदायिक स्वास्थ्य संस्थाहरू, मेरिस्टोप्स आदि गरी ५२ वटा सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरूसाग यस कार्यालयको समन्वय र सहभागिता रहेको कार्यालयको भनाइ छ ।


जिल्ला जनस्वास्थ्य कार्यालयसाग सम्बन्धित विभिन्न समितिमा जिल्ला स्वास्थ्य व्यवस्थापन समिति, जिल्ला एड्स समन्वय समिति, प्रजनन स्वास्थ्य समन्वय उपसमितिहरू, जिल्ला क्षय कुष्ठ समन्वय उपसमिति र सरुवा रोगहरूको महामारी नियन्त्रणका लागि रेपिड रेस्पोन्स टिम पनि परिचालित छन् ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट समय समयमा प्राप्त निर्देशन एवं अख्तियारीका आधारमा यस कार्यालयले बजेट निकासा एवं फुकुवा भएका सबै कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गरेको दावी लामिछानेको छ । यस्ता कार्यक्रमका अलावा समुदाय, स्वास्थ्य संस्था, स्वास्थ्य व्यवस्थापन समितिहरूबाट माग भई आएका कार्यक्रमहरूको आवश्यकताबारे बृहत् छलफल गरी आवश्यकता पहिचान गरी स्वास्थ्य सेवा कार्यक्रम लागू गर्ने प्रयास गरिएको उहाा सगौरव उल्लेख गर्नुहुन्छ ।


यस आ.व. ०६३।६४ मा विभिन्न क्षेत्रको सहयोग तथा समन्वयमा विविध कार्यक्रम कार्यान्वयन गरी जनतालाई प्रत्यक्षरूपमा स्वास्थ्य सेवाको वास्तविक अनुभूति प्रदान गर्ने काम गराइएको छ । यस क्रममा तालिम, शिविर, सम्मानलगायतका १३ वटा कार्यक्रम हाल सम्पन्न गरियो- एक जिज्ञासामा लामिछानेले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई नियाल्दा यो एउटा राजधानीभित्रको जिल्ला, जाउलाखेल, लगनखेल जस्ता सहरलाई दााजेर हेरिन्छ तर वास्तविकरूपमा भन्ने हो भने यस जिल्लाको मानचित्र बिल्कुलै फरक छ भन्दै एक जिज्ञासामा उहााले थप्नुभयो- अधिकांश गाविस दुर्गम स्थानमा पर्दछन् । मोटरबाटो, स्कुल बिजुलीबत्ती आदिको उचितरूपमा पहुाच पुर्*याउनु त्यत्तिकै चुनौती छ । तथापि यस जिल्ला जनस्वास्थ्यले तोकिएका सालबसाली कार्यक्रमबाहेक अन्य स्वास्थ्यसम्बन्धी विविध गतिविधिमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने कार्य गरेको छ । स्वाथ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन अठोट र प्रतिबद्धताका साथ कार्यालय अगाडि बढेको छ ।

जिल्लामा काम गर्दा आइपर्ने समस्याबारे केलाउादै जनस्वास्थ्य प्रमुख लामिछानेले भन्नुभयो- खोप सेवा, क्षयरोग, परिवार नियोजन जस्ता कार्यक्रम जिल्लामा अत्यन्त प्रगतिमूलक रहेको तर जिल्लालाई थाहै नदिई कर्मचारी सरुवा हुादा राम्रा कर्मचारी बाहिर जाने गरेकोमा समस्या रहेको छ त्यस्तै स्थानीयस्तरमा प्राविधिकलगायतका पियन कर्मचारीहरू अस्थायी भर्ना गर्ने तथा स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य उपचौकीहरूमा पियनको दरबन्दी थप गर्दा राम्रो हुने सुझावसमेत एक जिज्ञासामा उहााले दिनुभयो ।
- Source
Article Tools

Featured Articles
Comment


Article Tools
Display Modes

Posting Rules
You may not post new articles
You may not post comments
You may not post attachments
You may not edit your posts

vB code is On
Smilies are On
[IMG] code is On
HTML code is Off
Trackbacks are On
Pingbacks are On
Refbacks are On




Powered by vBulletin® Version 3.6.8
Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
Article powered by GARS 2.1.8m ©2005-2006Ad Management by RedTyger
Hosted and Maintained by: