 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
| | Nepal Health News Exclusive Coverage on Nepalese Health News | | Senior Member | | Posts: 309 Thanks: 0
Thanked 0 Times in 0 Posts
Join Date: Apr 2008 | | | तराईमा कालाजारको प्रकोप -
17-07-2008, 09:50 PM
तराईका जिल्लाहरूमा बढ्दो गर्मीसागै बिरामी बढ्न थालेका छन्क । त्यसैमा सप्तरीका ६५ गाविसमा कालाजारको प्रकोप छ । गत नौ महिना यता ११० जनामा सङ्क्रमण भएको र तीनजनाको मृत्यृ भइसकेको छ । सङ्क्रमणबाट बच्न बाडिएको झुल पनी पोखरीमा हास पालन र माछा मार्ने काममा दुरुपयोग भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार विश्वमा करिब ३५ करोड २० लाख मानिस कालाजारको जोखिम भएका क्षेत्रमा बसोबास गर्छन् । त्यसमध्ये पनि करिब एक करोड ३० लाख मानिस यो रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ र बर्सेनि १५ देखि २० लाख नया रोगी थपिदै जान्छन् ।
कालाजार विश्वको ७६ विकासोन्मुख तथा १३ अति कम विकसित मुलुक गरी ८९ देशमा पाइएको छ । कालाजारबाट बढी प्रभावित भएका मुलुकमध्ये नेपाल पनि एक हो । हाल नेपालमा प्रति १० हजार मानिसमा ३ देखि ४ जना मानिस कालाजारबाट प्रभावित भएको अनुमान छ । भारतसाग सिमाना जोडिएका पूर्वी तराईका बारा, पर्सा, धनुषा, सिराहा, सप्तरी, रौतहट, सर्लाही, महोत्तरी, सुनसरी, मोरङ, झापा र उदयपुर गरी जम्मा १२ जिल्ला कालाजारको जोखिममा छन् ।
रोग
कालाजार एक किसिमको प्रजिवाणु लैशमनिया डेनोभनीको कारणबाट हुने रोग हो । यो प्रजिवाणु कुकुर, स्याल, फ्याउरो, दुम्सी, मुसा तथा अन्य स्तनधारी जनावरको शरीरमा विकसित हुन्छ र त्यहााबाट फ्लेवोटोमीइस जातको पोथी स्यान्डफ्लाई भुसुनामा सर्दछ र उक्त भुसुनाले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्दछ । खेतबारीमा काम गर्दा, वन जंगलमा घाूस, दाउरा गर्दा, खोला, ताल, पोखरी वरीपरी काम गर्दा, माछा मार्दा यस भुसुनाले मानिसलाई टोक्ने सम्भावना अधिक हुन्छ ।
लक्षण तथा चिन्ह
यो रोग सबै उमेरकामा हुनसक्ने भए पनि प्रायः दस वर्ष मुनिकाहरूमा बढी पाइन्छ । महिला भन्दा पुरुष दोब्बरले बढी पीडित रहेको देखिन्छ । साथै घरबाहिर खेतीपातीमा संलग्न मानिसमा बढी आक्रमण भएको पाइन्छ ।
स्यान्डफ्लाई नामक भुसुनाको टोकाइका कारण लाग्ने कालाजारको लक्षण औलो रोगसाग पनि मिल्दोजुल्दो हुने भएकोले प्रयोगशाला परीक्षणबिना यसको पहिचान हुन गाह्रै पर्छ । सङ्क्रमित स्यान्डफ्लाइले स्वस्थ व्यक्तिलाई टोकेपछि लगातार ज्वरो आउनु ९९ प्रतिशतमा यसको प्रमुख लक्षण हो । तर भुसुनाले टोकेको एक देखि ४ महिनाभित्र प्राय देखिन्छ तर २ देखि ८ महिनापछि र केहीमा त दश बाह्र वर्षमा मात्र रोगको लक्षण देखापर्न सक्दछ । भुसुनाले टोक्नासाथ सबैलाई कालाजार रोग लाग्छ भन्ने चाहिा छैन र यो प्रत्येक व्यक्तिको रोग- प्रतिरोधात्मक क्षमतामा भर पर्छ । यदि शरीरमा यस्तो क्षमता कम भएमा मात्र त्यस्ता व्यक्ति रोगी बन्न पुग्छन् ।
- दुई हप्ताभन्दा बढी समयदेखि मन्द ज्वरो आइरहने र एकै दिनमा बढ्ने र घट्ने हुने ।
- पसिना आउनु
- छालामुनि फोका उठी छालाको तहमा घाउ बन्ने ।
- घााटी तथा काखीका ग्रन्थी सुन्निने ।
- फियो र कलेजो बढी निकै ठूलो भई पेट पनि घैंटो
जस्तो ठूलो हुने र दुख्ने ।
- कमजोरी र आलस्य महसुस हुने ।
- शरीर निकै दुब्लो भई पातलो हुने ।
- कुपोषणले प्रतिरोधात्मक शक्तिमा ह्रास ल्याइर्
अवसरवादी जीवहरूले पटक-पटक सङ्क्रमण गर्ने ।
- टाउकोको रौं झर्ने ।
- खान मन नलाग्ने ।
- तौल घट्दै जाने ।
- रगतको कमी हुने र रक्तअल्पताले बिरामी फुस्रो, पहेंलो देखिने ।
- अनुहार, हात, खुट्टा तथा पेटको छाला सुख्खा हुने, खस्रो देखिने र कालो हुादै जाने ।
अन्य लक्षणहरूमा झाडा वान्ता, खोकी लाग्ने, लगायतका पनि पर्दछन् । बिरामी साह्रै नै कालो, दुब्लो र कमजोर हुादा क्षयरोग, निमोनिया, आउा जस्ता सङ्क्रमणले जटिलता ल्याई बिरामीको मृत्यु हुन्छ अन्तमा ।
कालाजारबाट बच्ने उपाय
प्रजीवाणु विकास हुने स्तनधारी जीवजन्तुबाट बच्नु पर्दछ । यो रोग सार्ने भुसुना अाध्यारो र फोहोर ठाउामा बस्छन् । त्यसैले पनि घर वरपर सरसफाइ यसको प्रकोपबाट बच्ने सबैभन्दा राम्रो उपाय हो । सन् १९६० देखि झन्डै १० वर्ष सरकारले औलो नियन्त्रणका लागि किटनाशक विषादी डीडीटी छर्कने काम गरेको थियो । यसबाट कालाजार सार्ने स्यान्डफ्लाइसमेत नष्ट भएका थिए ।
तर डीडीटी छर्कन बन्द भएपछि स्यान्डफ्लाइले पनि फैलने मौका पाएको छ ।
- सधैं झुल -मच्छरदानी) टाागेर मात्र सुत्ने, झ्याल ढोकामा जाली लगाउने ।
- सााझ परेपछि घर बाहिर बस्दा पूरा शरीर ढाक्ने कपडा लगाउने, हात र खुट्टा नाङ्गो नराख्ने ।
- घर- गोठमा भएका मुसाका प्वाल र भित्तामा भएका चिरा -दरार) हरूलाई लिपपोत गरी राम्रोसाग टाल्ने ।
- घर वरपर गोठमा डीडीटी छर्कने, सकेसम्म गाई, भैंसी भएको गोठमा नसुत्ने, सुत्नै परे झुल लगाएर चौकी या खाटमा सुत्ने ।
- सम्भव भएसम्म माथिल्लो तलामा सुत्ने किनभने स्याण्डफ्लाइ भुसुना भुइा तलामा बढी बस्ने र ९ फिट भन्दा माथि राम्रोसाग उड्न सक्दैन ।
- सााझ वा राति सुत्दा या बस्दा शरीरको खुल्ला भागमा निमको तेल, तोरीको तेलमा मिसाई बनाइएको तेल लगाएर सुतेमा वा बसेमा रातभर स्याण्डफ्लाई भुसुनाले टोक्दैन । त्यसैले तेल लगाएर सुत्ने ।
- घरभित्र जनावरहरू नराख्ने, दाउरा, गुइाठा या अन्य
फोहोर नराख्ने र सफा गर्ने ।
- घर वरिपरी सडेगलेका चिजबीजहरू सफा राख्ने, गाउाघर
चारैतिर सफा सुग्घर राख्ने सामुदायिक प्रयास जुटाउने ।
- वनजंगलमा घास, दाउरा जादा खेतबारीमा काम गर्दा, ताल तथा नदी किनारमा माछा मार्दा, काम गर्दा भुसुनाको टोकाइबाट जोगिने । डा. प्रकाश बुढाथोकी लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत हुनुहुन्छ ।
- Source | | Thread Tools | Search this Thread | | | | | Display Modes | Linear Mode |
Posting Rules
| You may not post new threads You may not post replies You may not post attachments You may not edit your posts HTML code is Off | | | |
Powered by vBulletin® Version 3.7.3 Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
| Hosted and Maintained by: | |  | |