| आमा बचाउन घरमै आईसीयु -
01-06-2008, 01:20 AM
घनश्याम खड्का काठमाडौं, घरमै सघन उपचारकक्ष बनाइएको छ । आरामदायी इयर बेड, भेन्टिलेटर मेसिन र कार्डियाक मोनिटर जोडिएका छन् ।
आमाको उपचारका लागि अस्पतालमा राम्रो सुविधा नपाएर एउटा छोराले गरेको बन्दोबस्ती हो यो । उच्च रक्तचाप र मधुमेहबाट पीडित बौद्ध रामहिटीकी ८७ वषर्ीया डोलकुमारीको उपचारमा छोरा रामकाजीले के मात्रै गरेनन् - देशमै मह“गो मानिने नर्भिक अस्पतालको उपचारले चित्त नबुझेर उनले घरमै अस्पतालका सबै उपकरण जुटाएका थिए । डाक्टर र नर्सलाई चौबीसै घन्टा आमाको सेवामा खटाए ।
'दिनको २० हजार तिर्दा पनि अस्पतालको आईसीयुमा लापरबाही हुने गरेको पाए“' ४० वषर्ीय रामकाजीले भने- 'चित्त नबुझेर घरमै अस्पतालको सुविधा जुटाएको हु“ ।' बिरामीलाई भेट्न जा“दा किटाणुको संक्रमण हुने आशंकाले रामकाजीले भित्र सीसी टिभीसमेत जडान गरिदिएका थिए । आफन्तहरू बाहिरै बसेर डोलाकुमारीलाई हर्ेन सक्थे । पा“च भाइमध्येका कान्छा रामकाजीले आमाको स्याहारसुसारमा ध्यान दिन नसकिएला भनेर बिहे पनि गर्न नमानेको छिमेकी विवेक ढुंगाना बताउ“छन् । आमाका लागि उनले गरेको र्समर्पणको सबैले प्रशंसा गरेका छन् । घरमा यसरी उपचार व्यवस्था मिलाए पनि उनले आमालाई बचाउन सकेनन् । वैशाख ३१ गते उनको निधन भयो । अमेरिका बासोबास गर्ने दर्ुइ दाजु आएनन् । यतै बस्ने दर्ुइ दाजुले किरिया
गरे । रामकाजीले चाहि“ त्यसो गर्न मानेनन् ।
'बाआमालाई हर्ेने भनेको सास छ“दै हो' कर्मकाण्डप्रति उनले अविश्वास जनाउ“दै भने- 'त्यो मैले गरे“, अब मृत्युपछि देखावटीको अर्थ छैन ।' बातानुकूलित यो सघन उपचारकक्ष उपयोगविहीन भएको छ । त्यसका उपकरणहरू तीस लाख रुपैया“भन्दा बढीका छन् । 'यो सब आमाको नाममा कुनै अस्पताल वा केही सामाजिक काममा लगाउने विचार गरेको छु,' उनले भने । |