| एक महिनामा ९ को मृत्यु हेटांैडा, मकवानपुरको विकट गाविसमा एक महिनादेखि फैलिएको ज्वरो र पखालाका कारण सात बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैजसो चेपाङ समुदायका छन् ।
भातर्ँ-४, ६ र ९ मा पखाला र ज्वराको प्रकोप थियो । वैशाखदेखि चेपाङ वस्तीमा फैलिएको झाडाले एक वर्षेखि ३ वर्षम्मका बालबालिकाले अकालमा ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाले बताए । पखालावाट मृत्यु हुनेमा दुख्खर चेपाङ र गोपाल चेपाङका तीन बालबालिका छन् ।
त्यसैगरी डाडागाउ“का रामबहादुर चेपाङको एक वर्षो छोरी र सन्तमायाको तीन वर्षो छोरीको पनि झाडापखालका कारण मृत्यु भएको स्थानीयवासी टंक मुक्तानले बताए । त्यसैगरी ६५ वषर्ीय नाथुराम चेपाङसहित अर्का एक वृद्धको मृत्यु भएको उनले जानकारी दिए ।
भार्ता-९ का मैतसिंह चेपाङ र ज्ञानबहादुर चेपाङको पनि २ वर्षो छोराको झाडापखालाका कारण मृत्यु भएको छ । |  Article Tools | | |
 Featured Articles | | | | | |