औषधि प्रयोगशाला उपयोगविहीन
काठमाडौ, जेठ ८ गते । नेपालको एकमात्र राष्ट्रिय औषधि प्रयोगशाला उपकरण र कर्मचारीको अभावमा कामविहीनझैा भएको छ । स्वदेशी औषधि उद्योगले उत्पादन गरेका औषधिलाई यस प्रयोगशालाले परीक्षण गरी गुणस्तर भएको प्रमाणित गरेपछि मात्र बजारमा ल्याउन पाइने र विदेशी कम्पनीका उत्पादनको पनि गुणस्तर जााच गरिसकेपछि नेपालमा बिक्रीवितरणका लागि अनुमतिको सिफारिस गर्नुपर्ने जस्तो महìवपूर्ण काम गर्नुपर्ने प्रयोगशालामा हाल करिब डेढ दर्जन मात्र कर्मचारी रहेका छन् । "हामी २०४८ सालको दरबन्दीमा काम गरिरहेका छौा । देशभरका औषधि उद्योगका उत्पादनको गुणस्तर जााच गर्नुपर्ने, विदशी कम्पनीका उत्पादनलाई पनि बेलाबेलामा ल्याबमा ल्याई जााच गर्नुपर्ने काममा हामी मुश्किलले १८ जना कर्मचारीले मात्र गरेका छौा"- राष्ट्रिय औषधि प्रयोगशालाका प्रमुख द्वारिकानाथ लाखेले गोरखापत्रलाई बताउनुभयो । विसं २०४८ मा तत्कालीन शाही औषधि लिमिटेडले उत्पादन गरेका औषधिको मात्र गुणस्तर जााच गर्नुपर्ने कामका लागि दिइएको दरबन्दीले हाल पनि काम गर्नुपर्दा निकै असजिलो भएको कुरा प्रयोगशालाका वरिष्ठ डिभिजनल केमिष्ट केशव न्यौपाने बताउनुहुन्छ । उहााका अनुसार हाल नेपालमा कम्तीमा ४० वटा औषधि कम्पनीले सयौा किसिमका उत्पादन गरिरहेका छन् । यसअघिको वन मन्त्रालय अन्तर्गत शाही औषधि अनुसन्धानशालाबाट २०४६ सालपछि यस प्रयोगशालालाई औषधि व्यवस्था विभाग अन्तर्गत राखिएको हो । मानव समाजमा बढ्दै गइरहेका रोग तथा रोगका उपचार पद्धतिसागै विकसित भइरहेका औषधिका किसिम अनुसार जााच गर्ने हामीसाग उपकरणहरूको निकै कमी छ । सरकारसाग माग गर्दा बजेटको अभाव भनेर सधैा टार्ने काम बाहेक केही भएको छैन- प्रयोगशाला प्रमुख लाखेले गुनासो पोख्दै बताउनुभयो । "हामीसाग बायोलोजिकल जाचका लागि कुनै किसिमका उपकरणहरू छैनन् । कतिपय केशमा त हामी कागजपत्र हेरेर मात्र जाच गर्ने अवस्थामा छौ । अर्काेतिर आर्युेवेदिक प्रकृतिका औषधिहरूको गुणस्तर जााच गर्न पनि हामीसाग मेसिन, उपकरण तथा केमिकलको अभाव छ, प्रमुख लाखेेले गोरखापत्रसागको कुराकानीमा भन्नुभयो । जिम्मेवारी निकै ठूलो पाएर पनि उपकरण र कर्मचारीको अभावमा प्रयोगशालाले आफूले जााच गर्न नसकेका औषधिको गुणस्तर जााचका लागि विदेश पठाउने गरेको छ । बजारमा दिनप्रतिदिन केमिकल्सको मूल्य बढिरहेको छ तर हामीसाग पर्याप्त बजेटसमेत छैन- प्रयोगशालाका एक कर्मचारीको भनाइ छ । औषधिको गुणस्तर नभएको भन्दै विभिन्न व्यक्ति तथा निकायबाट आउने गरेको उजुरीलाई औषधि व्यवस्था विभागले परीक्षणका लागि यही प्रयोगशालामा पठाउने गरेको छ । नेपालमा यो प्रयोगशाला बाहेक औषधि परीक्षण गर्ने अन्य कुनै निकाय छैन । यस प्रयोगशालालाई नेपाली कम्पनीले उत्पादन गर्दर्ै आइरहेका औषधिको गुणस्तर कायम गरिराखेका छन् कि छैनन् भनेर जााच गर्ने जिम्मेवारी पनि दिइएको छ । करिब ४० वटा औषधि कम्पनीमध्ये अधिकांश काठमाडौा उपत्यकाबाहिर रहेका कारण कर्मचारीकै अभावका कारण बेला-बेलामा गर्नुपर्ने जााचसमेत हुन नसकेको प्रमुख लाखे बताउनुहुन्छ । "हामीले कम्पनीले औषधिमा गुणस्तर कायम गरिराखेका छन् कि छैनन् भनेर जााच गरी गुणस्तरलाई कायम गर्न नसकेका औषधि कम्पनीलाई कारबाहीका लागि सिफारिस पनि गर्न सकिरहेको छैनौा । kya ho yasto????
