| अस्पतालमा आगलागी विराटनगर, कोसी अञ्चल अस्पतालमा बुधबार बिहान आगलागी भएको छ । अस्पतालको पर्ूवपट्टकिो जेनेरेटर हाउसमा बिहान साढे ११ बजे अचानक आगो सल्किएको थियो ।
लोडसेडिङ भएपछि जेनेरेटर चलाएलगत्तै आगो लागेकोे थियो । ओभरलोड भएका कारण जेनेरेटर सट भएको हुन सक्ने अस्पताल प्रशासनले जनाएको छ । आगलागीबाट जेनेरेटर, विद्युत् सप्लाई गर्ने बोर्ड, एकतले टिनको छाना भएको जेनेरेटर राख्ने घरलगायत त्यहा रहेका समान जलेर नष्ट भएको छ ।
विराटनगर उपमहानगरपालिकाका दर्ुइवटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । आगो सल्केपछि अस्पतालको पुरानो भवनमा रहेका बिरामीबीच भागदौड मच्चिएको थियो भने आकस्मिक कक्षका बिरामीलाई स्वास्थ्यकर्मीको सहायतामा नया भवनमा सारिएको थियो । |  Article Tools | | |
 Featured Articles | | | | | |