| पोखरामा रगत अभाव -
30-04-2008, 08:21 PM
पोखरा, यहा“स्थित एक मात्र क्षेत्रीय रक्त सञ्चार सेवामा रगत अभाव भएको छ ।
संकलित रगत सकिएपछि अभाव भएको हो । रगत अभावले यहा“का अस्पतालहरूमा बिरामी उपचारमा समस्या भएको छ । ए, बी, एबी र ओ पोजिटिभ समूहको रगत पूरै सकिएको रक्त सञ्चार सेवाका प्राविधिक कर्मचारीले बताएका छन् । तीबाहेक अरू समूहको पनि नगण्य मात्रामा रहेकाले रगत संकट बढ्न नदिन रक्त सञ्चार सेवाले बुधबार रक्तदान गर्ने केही संस्थालाई संकलन गरिदिन आह्वान गरेको थियो । अस्पतालको बैंकमा कम्तीमा एक सय पिन्ट रगत स्टोर हुनुपर्नेमा सबै सकिएको र बुधबार केही जम्मा भएको सञ्चार सेवाले जनाएको छ । |