| एचआईभी संक्रमित घटे -
30-04-2008, 10:56 AM
धरान, वैशाख १७ - पछिल्लो समयमा धरानमा लागूऔषध सेवनकर्ता एचआईभी संक्रमितको संख्या २० प्रतिशतले घटेको किरात याक्थुङ चुम्लुङ पुनःजीवन केन्द्रले जनाएको छ ।
केन्द्रले धरानमा एचआईभी र एड्स संक्रमितका लागि सञ्चालित 'होम केयर सेन्टर स्थापनापछि त्यसको प्रभावकारिता, उपलब्धि र कार्ययोजनाबारे छलफल गर्न आइतबार आयोजित सञ्चारकर्मीस“गको अन्तक्रिर्यामा केन्द्रका निर्देशक कमलप्रसाद लिम्बूले उक्त जानकारी दिएका हुन् । दर्ुर्व्यसनीले एकपटक प्रयोग गरेको सिरिन्ज केन्द्रमा दिएर अर्को लैजाने निडिल एक्सचेन्ज कार्यक्रम चलाउन थालेपछि संक्रमितको संख्या घटेको निष्कर्षनिकालेको छ । |