| स्वास्थ्यकर्मी अभावले भिटामिन ँए’ खुवाइए संखुवासभा, राष्ट्रिय भिटामिन 'ए' खुवाउने कार्यक्रम स्वास्थ्यकर्मी नभएर मकालु गाविसमा शुक्रबार सञ्चालन हुन सकेन । निर्वाचनमा स्वास्थ्यकर्मी परिचालन गरेपछि कर्मचारी र्फकेर गाउ“ पुग्न नसक्दा खोप बन्द भएको हो ।
मकालु स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक, ग्रास्वाका र अहेवको दरबन्दी भए पनि त्यहा“ कोही पनि नहु“दा भिटामिन 'ए' खुवाउने कार्यक्रम नै अवरुद्ध भएको त्यहा“बाट सञ्चारकर्मी तथा मकालु-८ का राजधन र्राईले फोनमा बताए ।
स्वास्थ्य सहायक दर्ुगाबहादुर श्रेष्ठ, अहेव प्रीति र्राई र ग्रास्वाका घनश्याम खनाल नभएर खोप प्रभावित भएको हो । निर्वाचनमा खटिएका उनीहरू निवर्ँचन सकिएपछि कार्यक्ष्ँेत्र पुगेका छैनन् ।
सदरमुकाम खा“दबारीबाट ४० कोस उत्तर पुग्न अझै २/३ दिन लाग्छ । निर्वाचनले दर्ुगममा खटिएका कर्मचारीलाई ५ गतेसम्म खटाएको थियो । स्वास्थ्यकर्मी नभएर ३ दिनबाट बिरामी पनि अलपत्र परेका छन् । |  Article Tools | | |
 Featured Articles | | | | | |