| डेंगुको खतरा विराटनगर, मुलुकका सात सहरमा लामखुट्टेबाट संक्रमण हुने डेंगु ज्वरोको खतरा रहेकाले र्सतर्कता अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन् । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा बुधबार आयोजित कार्यक्रममा विज्ञहरूले उक्त जानकारी
दिएका हुन् ।
किट विशेषज्ञ पुरुषोतम गौतमका अनुसार महाशाखाले नेपालगन्ज, दाङको तुलसीपुर, वीरगन्ज, विराटनगर, भैरहवा, धनगढी र भरतपुरमा गरेको अध्यननपछि र्सतर्कता आवश्यक भएको बताए । मुलुकमा हालसम्म नौ जनामा डेंगु भेटिएको बताउ“दै डा. गौतमले भने- 'संवेदनशील क्षेत्रमा र्सतर्कताका उपाय अपनाउन ढिलो गरिनुहुन्न ।'
फालेका टायर, जमेको पानी, खानेपानीको ट्यांकी, एयर कुलर, गमला र मिनरल वाटरको खाली बोतलमा समेत डेंगु सार्ने एडिज एजेप्र्टाई जातका लामखुट्टे पाइएको छ । सेतो-कालो छिर्केमिर्के रंगको हुने यो लामखुट्टेले टोकेपछि मानिसलाई चिलाउ“छ । मुख्यतः संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेबाट संक्रमणको खतरा रहने भए पनि लामखुट्टे निर्मूल गर्ने उपाय अवलम्बन गर्नुपर्ने अर्का विज्ञ डा. विन्देश्वर यादवले बताए । उनका अनुसार गत वर्षपर्ूव क्षेत्रमा तीन जना डेंगुका बिरामी फेला परेका थिए ।
डेंगु ज्वरोको पहिचान र रोकथामका लागि वीरगन्ज, भरतपुर, विराटनगर, धरानको बीपी प्रतिष्ठानलगायतका अस्पतालमा उपचारको व्यवस्था भएको जानकारी दिइएको छ । |  Article Tools | | |
 Featured Articles | | | | | |