देवबहादुर कुँवर
दलाल - भाइ काम गर्न भारत जाने हो ?
निरु लामा - हुन्छ । तलब कति नि ?
दलाल - काम हेरी हुन्छ ।
मिर्गौर्लाको अवैध व्यापार गर्ने एक जना दलाल र र्सलाहीका बेरोजगार युवक निरु लामाबीच भएको उक्त संवादसँगै दलालले निरुलाई जागिर लगाइदिन्छु भनेर केही महिना अघि भारत पुर्*याएका थिए । भारत पुगेको धेरै दिन बितिसक्दा पनि काम नपाएर तड्पिएका निरुले दलाललाई फेरि सोध्नुभयो - खै त दाइ जागिर - दलाल - सम‚या पर्*यो भाइ ! जागिर नपाइने भयो - अब मिर्गौला बिक्री गर्नुपर्*यो । आर्श्चर्यचकित हुँदै निरुले दलाललाई घर फर्काइदिन आग्रह गर्नुभयो तर दलालले घर फर्किन र आफूहरू बसेको होटलको भाडा तिर्न पनि पैसा चाहिने भएकाले मिर्गौला बिक्री गरेर घर फर्किनुपर्ने र्सत अगाडि सारे । दलालको सो र्सतलाई लत्याएर निरु दलालको आँखा छल्दै भागेर काठमाडौँ आइपुग्नुभयो । काठमाडौँ आइपुगेको केही दिन नबित्दै उहाँले दलाललाई पक्राउ गर्न प्रहरीकहाँ उजुरी हाल्नुभयो । सोही उजुरीका आधारमा महानगरीय प्रहरी प्रभाग जनसेवाले र्सलाहर्ीर् इश्वरपुरका हरि लामा र उनका साला प्रेम लामालाई केही महिना अघि पक्राउ गरी कारवाही चलाएको छ । हाल, मानव अङ्ग बेचबिखनको अभियोगमा जेलजीवन बिताइरहेका हरि र प्रेमले मिर्गौलाको व्यापार गर्ने गरेको ‚वीकारेका छन् । राजधानीको बागबजार‚थित अन्नपर्ूण्ा गे‚टहाउसलाई सर्म्पर्क केन्द्रका रूपमा प्रयोग गरी उनीहरूले गलैँचा तथा गार्मेण्ट कारखानामा काम गर्ने अशिक्षित युवालाई विभिन्न किसिमका प्रलोभन देखाई भारतको मद्रास लैजाने गर्दथे । मद्रासमा लगिसकेपछि उनीहरूले जागिर नलगाई महिना दिनसम्म होटलमै बसाउने गर्दथे । त्यो बसाइसँगै उनीहरूले युवकहरूलाई मिर्ufौला बिक्री गर्न बाध्य तुल्याउने गरेको गुनासो पीडितको छ । मद्रास‚थित सेण्ट थोमस अ‚पतालमा लगेर मिर्गौला बिक्री गर्न लगाउने र बिक्रीबाट प्राप्त भएको रकममध्ये ८० हजार रुपियाँ पीडित युवकलाई दिएर बाँकी पैसा दलालले खाने गरेको कुरा पक्राउमा परेका अभियुक्तद्वयले ‚वीकारेका छन् । उनीहरूले मद्रासमा पनि एक जना राजन नेपाली नाम गरेको युवक एजेण्ट रहेको र उसकै सल्लाहमा मिर्गौलाको व्यापार गर्ने गरेको बताएका छन् । उनीहरूले प्रतिमिर्गौला एक लाख २० हजार रुपियाँदेखि दर्ुइ लाख रुपियाँसम्ममा बिक्री गर्ने गरेका छन् । मिर्गौला बिक्री गरेबापत ८० हजार रुपियाँ प्राप्त हुने भएकाले पनि कतिपय पीडित युवकले प्रहरीकहाँ गएर उजुरी गर्ने नगरेको देखिन्छ । ती दर्ुइ जना दलालका कारण आफ्नो एउटा मिर्गौला बिक्री गरेर फर्किएका मकवानपुरका राजु विष्टलाई काममा लगाइदिन्छु भनेर लगिएको थियो । एक महिनासम्म काम नपाएपछि होटलको भाडा तिर्नदेखि गाडीभाडा जुटाउनका लागि उहाँलाई मिर्गौर्ला बिक्री गर्न लगाइएको थियो । "८० हजार रुपियाँ दिएका हुन् । त्यही पैसा बोकेर म घर फर्किएको हुँ", उहाँले भन्नुभयो, "मैले मेरो राजीखुसीले मिर्गौला बेचेको होइन ।" जनसेवा प्रहरीका प्रहरी निरीक्षक उमाप्रसाद चतर्ुर्वेदीका अनुसार लामाका सालाभिना मिलेर हालसम्म दर्ुइ दर्जन र्सवसाधारणको मिर्गौला बिक्री गरिसकेका छन् । उनीहरूको पेसा नै मिर्गौलाको व्यापार भएको बुझिएको छ । नेपाल सरकारले मिर्गौलाको कारोबारलाई अवैध मान्नुका साथै य‚तो कारोबार गर्नेलाई पाँच लाख जरिवाना र पाँचदेखि सात वर्षम्म जेल सजाय दिने कानुनी प्रावधान रहेको छ । उक्त कानुन सबैमा लागू हुनसकेको छैन । यसको ज्वलन्त उदाहरण बन्न पुगेका छन् काभे्र जिल्लाको होक्से गाउँ विकास समिति तथा त्यसको आसपासका मिर्गौला दलालहरू । यस गाउँका मिर्गौला दलालहरूले आफन्त नाता पर्ने आमा, श्रीमतीदेखि ५० वर्षउमेरका वृद्धवृद्धाहरूको समेत मिर्गौला बिक्री गराएका छन् । मिर्गौला बिक्री गर्ने मुख्य एजेण्टका रूपमा परिचित होक्सेका वेदप्रसाद बुढाथोकी, कृष्ण ठकुरी र प्रेम बजगाई, पाँचखालका राजन दर्जी, पलाञ्चोकका अशोक मगर र प्रेमकृष्ण रहेका छन् । उनीहरूले आर्थिक प्रलोभनमा परेर आफूसहित करिब ६२ जनाको मिर्गौर्ला बिक्री गरेको बताइएको छ । वि.सं. २०४५ देखि नै यस अवैध कार्यलाई व्यवसायको रूपमा अँगाल्दै आएका ती एजेण्टहरूले आर्थिक प्रलोभन देखाएर र्सवसाधारण गाउँलेलाई मिर्गौला बिक्री गर्न बाध्य पार्ने गरेको देखिन्छ ।
पैसाको लोभ देखाएर एकै परिवारका चार जनासम्मको मिर्गौला बिक्री गरिदिएको गुनासो पीडित मोहन सापकोटा बताउनुहुन्छ । आफूले २०४५ सालमा मिर्गौला बिक्री गरेको बताउने सापकोटालाई सुरुमा मिर्गौलाको महìवबारे त्यति जानकारी थिएन । यतिखेर उहाँलाई मिर्गौला बिक्री गरेकोमा पछुतो लागेको छ । मिर्गौला बिग्रिएका व्यक्तिले भोग्नुपरेको पीडा सुनेपछि उहाँ मिर्गौलापीडित स‹ नै खोलेर दलाललाई कारवाही गर्नुपर्ने माग गर्दै आउनुभएको छ । काभ्रेका होक्से, पाँचखाल, ज्याम्दी, कुन्तावेसी, जैसीथोक, थुम्का र कुन्ताका र्सवसाधारणले दलालको लहलहैमा लागेर मिर्गौला बिक्री गर्नुपरेको बताएका छन् । मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार नेपालमा प्रति दस लाख मानिसमा प्रतिवर्षएक सय जनाको मिर्गौलामा खराबी आउने गरेको छ । यो सम‚या प्रतिदिन निकै बढिरहेको छ । मिर्गौला बिक्री गर्ने र मिर्गौलामा खराबी आउनेको सङ्ख्या बढ्दै जाने हो भने यो सम‚या विकराल हुनसक्ने चेतावनी उहाँ दिनुहुन्छ । मिर्गौला प्रत्यारोपण सेवा नेपालमै सुरु गरी अवैध कारोबारमा नियन्त्रण ल्याउनुपर्ने सुझाव पनि उहाँको छ । उहाँ भन्नुहुन्छ - यो सम‚या सरकारले उब्जाएको सम‚या हो । "मिर्गौला मानव जीवनका लागि संवेदनशील अङ्ग हो । एउटा मिर्गौलाको सहायताले पनि मान्छे बाँच्न सक्छ तर यसको भूमिगत रूपमा व्यापार हुनु नेपालीहरूका लागि दर्ुभाग्य हो", डा.काफ्लेको थप भनाइ छ, "मिर्गौलाको व्यापार होइन, यसलाई दानका रूपमा उपलब्ध गराउने वातावरणको सिर्जना हुनर्ुपर्छ ।" कोही आर्थिक सम‚याका कारण पैसा नै लिन चाहन्छ भने पनि त्यसका लागि उचित ऐन कानुन बनाउनुपर्ने तर्क उहाँ गर्नुहुन्छ । वर्तमान समयमा देखापरेको मिर्गौलाको अवैध कारोबार र नेपालीको सम‚याप्रति राज्य गम्भीर हुन जरुरी छ । नेपाल सरकारले २०५८।०५९ सालमा मिर्गौला प्रत्यारोपणका लागि नयाँ ऐनका साथ वीर अ‚पतालबाट मिर्गौला प्रत्यारोपण सेवा नमुनाका रूपमा सुरु गरेको थियो तर त्यो सेवा सफल हुन नसकेपछि मिर्गौला प्रत्यारोपणसम्बन्धी कुनै काम अगाडि बढ्न नसकेको ‚वा‚थ्य तथा जनसङ्ख्या मन्त्रालयका तत्कालीन प्रवक्ता अर्जुनबहादुर सिंह बताउनुहुन्छ । उहाँका अनुसार मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने मिर्गौला आफन्त परिबारबाट मात्र लिने भन्ने कुरा अगाडि बनाइएको थियो । नेपालमा पनि भारतको ज‚तै मिर्गौलाको अवैध कारोबार नहोस् भन्नका लागि य‚तो गरिएको हो । भारतमा हुने मिर्गौलाको अवैध कारोबार नियन्त्रणका लागि ‚वदेशमै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्नुपर्ने माग डा. काफ्लेको रहेको छ । यसो गरेमा दलालले र्सवसाधारणलाई विभिन्न प्रलोभन देखाएर मिर्गौला बिक्री गर्न भनेर भारत लैजान पनि पाउँदैनन् र प्रत्यारोपणका लागि लाखौँ रुपियाँ खर्च गरी भारत जानु पनि पर्दैर्न । "मिर्गौला बिक्री गर्ने अङ्ग होइन, दान गर्नुपर्ने अङ्ग हो", उहाँ भन्नुहुन्छ - "आर्थिक सम‚यासँगै दलालका कारण कतिपयले मिर्गौला बिक्री गरेको पाइन्छ । त्यो मिर्गौला बिक्री गर्नेदेखि किन्ने व्यक्तिसम्मका लागि पनि सम‚या हुन्छ । मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिले दुवै जनाको ‚वा‚थ्य अव‚था जाँच गर्नुका साथै मिर्गौलाको नलीहरू सूक्ष्म ढङ्गले अवलोकन गरेर मात्र प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसैले मिर्गौला बिक्रीलाई नियन्त्रण गरी दान गर्ने परिपाटीको विकास गर्नुपर्ने आवश्यकता देखिन्छ ।" -
Source