| पियनका भरमा एक्सरे रुकुम, फागुन २२ - रुकुम जिल्ला अस्पतालमा रेडियोग्राफर नहु“दा १० वर्षेखि पियनले एक्सरे लिने काम गर्दै आएका छन् । पियनले गरेको एक्सरेलाई चिकित्सकले समेत मान्यता दि“दै आएका छन् । एक्सरे सञ्चालन अस्पतालका पियन अमर खड्काको ड्युटी नै भएको छ । प्राविधिक स्तरको काम गरे पनि तलब भने उनीे पियनकै पाउ“छन् । स्वास्थ्य सेवा विभागले निःशुल्क स्वास्थ्य उपचार नीति ल्याए पनि दशकदेखि रिक्त दरबन्दीमा पदपर्ूर्ति गरेको छैन । विभागस“ग पटकपटक माग गर्दासमेत रेडियोग्राफर नपठाएको अस्पतालका निमित्त प्रमुख डा. रविनराज सिंहले बताए । उनले भने, 'विज्ञापन गर्दासमेत आवेदन गर्न कोही आएनन् ।' खड्का आफूभन्दा माथिल्लो स्तरको काम पाएकामा दंग छन् । 'एक्सरे त्यत्तिकै थन्किएको थियो । चलाउ“दाचलाउ“दै मैले सिके“,' उनले भने । पियन खड्का अनुपस्थित भएका दिन अहेबद्वय शिवनारायण रजत र दीपक विष्टको पालो आउ“छ । १५ शय्याको अस्पतालमा दैनिक ४-५ वटा एक्सरे गनर्ुर्ुर्े खड्काले बताए । अस्पतालमा शल्यक्रियाका लागि थिएटर पनि छैन न त र्सजनैै छन् । तत्काल शल्यक्रिया गरी बच्चा झिक्नुर्ुपर्नर्ेअवस्थाका महिलालाई अस्पतालले अन्यत्र रेफर गर्ने गरेको छ । जिल्ला अस्पतालमै शल्यक्रिया नहु“दा ६ महिनायता रेफर गरिएका तीन शिशुको ज्यान गएको डा. सिंहले बताए । 'अस्पतालमा र्सजन र अप्रेसन थिएटर तत्काल आवश्यक छ,' उनले भने । |  Article Tools | | |
 Featured Articles | | | | | |