भोजपुर, फागुन १० - छिमेकीबाट कुटिएर गम्भीर घाइते बनेका एक स्थानीयलेे उपचार खर्च तिर्न नसक्दा घरबारी लिलाम भएको छ ।
उत्तरी भोजपुरको कुलुङ-९ खमारे स्थित ३२ वर्षीय गंगाप्रसाद भट्टर्राईको जग्गा लिलाम भएको हो । उपचारका लागि छिमेकीसित लिएको ऋण तिर्न नसकेकालेे घरबारी लिलाम भएको भट्टर्राईले बताए । उनले उपचार गराउन तीस हजार रुपैया“ ऋण लिएका थिए ।
भट्टर्राईको उपचार भए पनि पर्ूण्ा निको भएका छैनन् । 'दोषीले उपचार खर्चर् दिएन, अशक्त पनि भए“, कसरी उकास्ने होला -' उनले भने, 'प्रशासनमा उजुरी गरे पनि क्षतिपूर्ति दिलाएनन् ।'
भट्टर्राईले उपचारका लागि ४५ हजार रुपैया“ खर्च भएको बताए । त्यसमध्ये तीस हजारको जग्गा छिमेकीलाई दिएका थिए भने बा“की १५ हजार अझै ऋण छ ।
तीन महिनाअघि उनलाई छिमेकी लेखराज आचार्यले कुटेका थिए । लुकेर हिर्काउ“दा उनको, टाउको, ढाडमा गम्भीर चोट लाग्नुकासाथै शरीर थिलाथिलो भएको भट्टर्राईकी श्रीमती देवीले बताइन् ।
भट्टर्राईले सम्पर्ूण्ा उपचार खर्च दिलाइदिन प्रशासनसमक्ष पुनः उजुरी गरेका छन् । गाउ“लेले १५ हजार रुपैया“ लिएर गाउ“मै मिलापत्र गर्न दबाब दिएका थिए ।
भट्टर्राईले कम्तीमा उपचार खर्च दोषीले तिर्नुपर्ने बताएका छन् । पीडित पत्नीसहित भोजपुर सदरमुकाममा न्याय माग्न आएका छन् । आचार्यलाई प्रहरीलेे पक्राउ गरी थुनामा राखे पनि एक महिनाअघि तारिकमा रिहा भएका छन् । -
Source