काठमाडौं, फागुन ६ - नेपाल चिकित्सक संघले मधेसका आन्दोलनकारीमाथि सरकारले गरेको गोली प्रहारको भर्त्सना गरेको छ ।
संघले विज्ञप्ति जारी गरी मधेसमा भएको आन्दोलनमा सरकार र आन्दोलनकारीबीच हिंसा तथा प्रतिहिंसाको होडबाजी चलिरहेकोमा चिन्ता व्यक्त गरेको छ ।
उसले विज्ञप्तिमा 'यसले शान्ति र मानवताको हत्या गरिरहेको र हिंसा जुुनतर्फाट भए पनि उत्तिकै निन्दनीय' रहेको जनाएको छ । संघका महासचिव डा. केदारनरसिंह केसीद्वारा जारी विज्ञप्तिमा वार्ता र सहमतिको बाटो सबै समस्याको निराकरण गर्न आह्वान गरिएको छ । विज्ञप्तिमा सरकार हिंसा र उत्तेजना फैलिने काममा आफैं सरिक हुुनुुको सट्टा वार्ता, सहमति र संवाद तथा सहकार्यको बाटो खोजी जनधनको क्षति हुुन नदिन पहल गर्न नेपाल चिकित्सक संघले अनुुरोध गरेको उल्लेख छ
।
ekanitpur