काभ्रे, मंसिर ९ - आँखा शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये ५५ जनामा मोतिया विन्दु फेला परेको छ । पनौतीमा शनिबार आयोजित शिविरमा ४ सय ५३ को आँखा परीक्षण गरिएकोमा ती बिरामीमा मोतियाविन्दु फेला परेको हो ।
काठमाडौंको तिलगंगा आँखा केन्द्रले आयोजना गरेको शिविरमा पनौती र त्यस वरपरका गाउँबाट बिरामीहरू आएका थिए । आँखा केन्द्रले मोतिया विन्दुका रोगीको निःशुल्क उपचार गर्ने भएको छ । आँखामा सुख्खापन कारण प्रभावित बिरामी बढी रहेको चिकित्सकले बताएका छन् ।
शिविर सञ्चालनका क्रममा १ सय जना स्थानीयले मृत्युपछि आँखा दान गर्ने प्रतिबद्धता जनाएका छन् ।
रेडक्रस टौखाल उप शाखाले शिविर सञ्चालनमा सहयोग गरेको शाखाका सदस्य प्रल्हाद शर्मा हुमागाईंले बताए ।
कान्तिपुर