काठमाडौं, मंसिर ७ - नेपालमा शल्यचिकित्सकहरूको कमी हुन थालेको विज्ञहरूले बताएका छन्् । उनीहरूले शल्यचिकित्सा क्षेत्रमा जनशक्ति उत्पादनमा आएको कमीले शल्यचिकित्सक कमी भएको दाबी गरे ।
नेपाल शल्यचिकित्सा समाजको आठौं अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरूले अध्ययनका लागि विदेशी सहयोग
-फेलोसिप) बन्द हुनु र नेपालमा त्यसबारे शिक्षा अभाव भएकाले शल्यचिकित्सक कम घएको बताएका हुन् । नेपालमा शल्यचिकित्सकको माग बढ््दो छ ।
सम्मेलनमा सहभागी शल्य चिकित्सकले अत्यन्त महँगो प्रविधिका रूपमा रहेको शल्यचिकित्सालाई सर्वसाधारणसम्म पुर्*याउन उचित नीति बनाउन सरकारसँग आग्रह गरेका छन्् । तीनदिने उक्त सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, भुटान, बं्गलादेश, क्यानडा, जापान, सिंगापुरका गरी करिब साढे दुई सय शल्यचिकित्सकको सहभागिता छ । सम्मेलनमा विभिन्न विषयमा ९० कार्यपत्र र १० पोस्टर बाउचर प्रस्तुत गरिनेछ । सम्मेलनमा शल्यचिकित्सा क्षेत्रमा आएका नयाँ प्रविधि खासगरी ल्याप्रोस्कोपिक सर्जरीबारे भारतका प्रा.डा.कृपलानीले विशेष प्रवचन दिने कार्यक्रम छ । सम्मेलनमा १४ जना अतिथि वक्ताले प्रवचन दिने आयोजकहरूले बताएका छन्् ।
उद््घाटन गर्दै सभामुख सुवासचन्द्र नेम्वाङले नेपालमा हजारौंको उपचार अभावले मृत्यु भइरहेको जनाउँदै सर्वसाधारणको पहुँच हुने चिकित्सा नीति बनाउनुपर्ने बताए । समाजका अध्यक्ष डा.मनोहरलाल श्रेष्ठले हाल पैसा पाइने लोभमा उपचारको क्रममा हुने मृत्युलाई व्यापारीकरण गरी चिकित्सकमाथि हुने गरेको हमलाले शल्यचिकित्सक लगायत अन्य सबै चिकित्सकमा मानसिक र शारीरिक दबाब पर्ने गरेको बताए ।
कान्तिपुर