अछाम, चैत २२ - सुदूरपश्चिमको विकट अछामका संविधानसभा उम्मेदवारले 'एचआईभी एड्स नियन्त्रण' लाई प्रमुख एजेन्डा बनाइरहेका छन् । देश अन्य जिल्लामा भने नया“ संविधान र विकास निर्माण एजेन्डा बनिरहेको छ ।
निर्वाचनमा अछामका राजनीतिक दलका उम्मेदवार एचआईभी/एड्स रोकथाम नियन्त्रणको चुनावी एजेन्डा लिएर प्रचारप्रसारका लागि गाउ“गाउ“ पुगिरहेका छन । यस रोगबाट अछाममा अहिलेसम्म एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
दर्ुइ निर्वाचन क्षेत्र रहको अछाम-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दबहादुर शाह, एमालेका शेरबहादुर क“ुवर, माओवादीका झपट साउदले आफूले जितेमा एचआईभी एड्स रोकथाम र नियन्त्रणमा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने प्रतिबद्घता व्यक्त गरिरहेका छन् ।
क्षेत्र- २ मा पनि नेपाली कांग्रेसका रामबहादुर विष्ट, एमालेका शिवप्रसाद उपाध्याय, माओवादीका शरदसिंह भण्डारी र मालेका भूमिसुधार तथा व्यवस्था मन्त्री जगतबहादुर बोगटीले पनि त्यही एजेन्डा अघि सारेर भोट मागिरहेका छन ।
जिल्लामा बाह्र दलका १९ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । मुख्य राजनीतिक दल कांगे्रस, एमाले, माओवादी र मालेले मात्र होइन, राप्रपा, राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपाल, राष्ट्रिय जनशक्ति पार्टर्ीीजनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टर्ीीगायतका साना राजनीतिक दलका उम्मेदवारले पनि त्यही मुद्दा उठाइरहेका छन् ।
'एड्स अछामको ठूलो समस्या हो', एमालेका केन्द्रीय सदस्य भीम रावलले भने, 'संविधानसभा चुनावमा एमालेले जितेमा एड्सको रोकथाम र नियन्त्रण गर्ने प्रभावकारी कार्यक्रम ल्याउने छ ।'
अछाम १ नं. क्षेत्रमा एमाले, माओवादका उम्मेदवारबीच त्रिकोणीय प्रतिस्पर्धा छ । क्षेत्र-२ कांग्रेस, एमाले, माओवादी र मालेका उम्मेदवार प्रतिस्पर्धा छन् । जिल्लामा मुख्य प्रतिस्पर्धामा रहेका दुवै क्षेत्रका ४ इलाकाका ७ जना उम्मेदवारका बीच एड्सको मुद्दा उठाउने सवालमा प्रतिस्पर्धा भइरहेको छ । यी उम्मेदवार चुनावी सभामा भाषण गर्ने क्रममा एचआईभी/एड्सको विषयलाई बढी समय दिइरहेका छन् ।
अछाम नेपालको सबैभन्दा बढी एचआईभी/एड्स प्रभावित जिल्ला हो । 'यो रोग रोकथाम नियन्त्रण गरे नया“ नेपाल निर्माणमा सहयोग पुग्ने छ', नेपाली कांग्रेसका महासमिति सदस्य पुष्पबहादुर शाहले भने, 'हामीले चुनाव प्रचार प्रसारमा एड्सलाई प्रमुखताका साथ उठाइरहेका छांै ।' चुनाव प्रचारप्रसारमा अछामका राजनीतिक दलका उम्मेदवारले उठाएको एजेन्डालाई मतदाताले पनि सकारात्मक रूपमा लिएका छन् । यो मुद्दाप्रति सबैको ध्यानाकर्षा भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा. पुरुषोत्तमराज सेढाइले भने यसले एड्सलाई रोगथाममा सहयोग पुग्नेछ । उनका अनुसार अछाममा एड्सका कारण एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ । -
Kantipur