केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ तथा आशा प्रोजेक्टद्वारा संयुक्तरूपमा आयोजित एचआईभी एड्स तथा यौनरोगसम्बन्धी एकदिने जनचेतनामूलक कार्यक्रम मंगलबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको छ।
एचआईभी एड्स तथा यौनरोगसम्बन्धी चेतना, एचआईभी पोजिटिभ व्यक्तिको हेरचाह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा एचआईभी एड्सको वर्तमान स्थितिलगायत सामाजिक भेदभावका बारेमा विस्तृतरूपमा जानकारी गराइएको सो कार्यक्रममा संघका उपाध्यक्षद्वय रत्ना बस्नेत र कविता नेम्वाङलगायत संघका पदाधिकारीहरू, उपत्यकास्थित सशस्त्र प्रहरी बलका एकाइहरूमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारी एवम् परिवारजनहरूसमेत गरी ३ सयभन्दा बढीको सहभागिता रहेको थियो। -
Source