| गजल -
25-10-2007, 02:25 AM
गजल
तिम्रो यादमा किन-किन पिउँ लाग्यो आज
सपनिमै तिमीसँग एकपल, जिउँ लाग्यो आज
सुन्दर तिम्रो संसार ,रङिचङी क्यन्भास देख्दा
च्यातिएको भाग्य मेरो, सिउँ लाग्यो आज
शरीर पो टाढा भो त, मन त तिमी सँग
तिम्रै निम्ती युगौ-युग जिउँ लाग्यो आज
सुमन प्रसाद अधिकारी better heart 4 better nepal |