| गजल -
25-03-2007, 12:54 AM
तुसारो नै छ हेर, बसन्त अझै आको छैन
तिम्रो नाम् मा कुनै दिन ,गजल मैले गाको छैन
राम्रो साथी ठान्छु तिमीलाई , मेरो अरु चाह छैन
भ्रम नपरोश तिमीलाई , प्रित मैले लाको छैन
गोरेटो मा भेट हुँदा , दुई-चार कुरा गरे होला
तर सगै बाच्ने सगै मर्ने कसम मैले खाको छैन
सपनहरु धेरै छन मेरा दुई आँखाभरि
तर तिम्रो चाहनका रङ्हरु कहिले पनि छाको छैन
भबिस्य को कुरा छाडौ , समयले कोल्टे फेर्ला
तर आजसम्म तिमीलाई माग्न , कुनै मन्दिर धाको छैन
सुमन प्रसाद अधिकारी better heart 4 better nepal |