| गजल् -
14-03-2007, 04:02 AM
तिम्रो यादका थुङाहरु, माला बनाइ गास्न गाह्रो
बरु मृत्यु स्विकार्य छ , तिमीबिना बाँच्न गाह्रो
तिमी हुँदा साथ मेरो , पिडा सबै भागीदिन्छन्
तिमी छैनौ मसँग त , सुख पनि साच्न गाह्रो
आसु पछी हासो भन्छन ,जिन्दगीलाई बुझ्नेहरु
तर आसु मात्र झर्छ मेरो, किन भयो हास्न गाह्रो
मेरो प्रतेक सास् ले प्रिय , तिम्रो खुशी माग्छ यहाँ
यति गहिरो छ प्रेम , साचै हेर नास्न गाह्रो
तिमी बिना नफुल्ने रे ,गुलाफ अनि गुरास् हरु
कोइली नि नगाउने रे , मजुरलाई नि नाच्न गाह्रो
सुमन प्रसाद अधिकारी better heart 4 better nepal |