| यो जीबन मा कति कुरा -
26-01-2007, 09:36 AM
यो जीबन मा कति कुरा सही गरियो होला,
यो जीबन मा कति कुरा गलत गरियो होला,
कति को मन हसाइयो होला,
कति को मन रुवाइयो होला ।
जीबन देखि थाकेका,कति निरास् मनलाई,
नयाँ आशा देखाइयो होला,
कति को जीबनमा खुशीको बहाँर पनि ल्याइयो होला,
मलाई साथ दिने अझै कोही छ भन्ने पनि पारीयो होला,
यो जीबन मा अझै कति कुरा सही गरियो होला ।
द्रवित आवाज्, आँखाका आसु,
सबैलाई हेला गरियो होला,
धर धरि रुदा, खुट्टामै पर्दा पनि बेवस्ता गरियो होला,
मलाई साथ दिने अब कोही छैन भन्ने पनि पारीयो होला,
यो जीबनमा अझै कति कुरा गलत गरियो होला ।
यो जीबन मा कति कुरा सही गरियो होला,
यो जीबन मा कति कुरा गलत गरियो होला,
कति को मन हसाइयो होला,
कति को मन रुवाइयो होला।
Last edited by Nature : 26-01-2007 at 09:47 AM.
|