| Internship in the parent institute only -
21-11-2005, 11:42 PM
निजीका विद्यार्थीलाई इन्टर्नसिप नगराउन निर्देशन - Kantipur Dialy, Mangshir 7, 2062 (Nov, 22, 2005)
काठमाडौं, ६ मंसिर -कास)- निजी क्षेत्रका मेडिकल कलेजका विद्यार्थीले सरकारी अस्पतालमा इन्टर्नसिप गर्न नपाउने भएका छन् ।
निजी कलेजका विद्यर्थीलाई सरकारी अस्पतालमा इन्टर्नसिप नदिन स्वास्थ्य मन्त्रालयले परिपत्र जारी गरेको छ । सरकारी अस्पताल सेवामुखी भएकाले पठनपाठनका लागि उपयुक्त नभएको भन्दै मन्त्रालयले यस्तोे निर्देशन दिएको हो । 'जुन मेडिकल कलेजबाट विद्यार्थीले एमबीबीएस गर्छन् त्यसैमा इन्टर्नसिप हुनुपर्छ,' स्वास्थ्य प्रवक्ता हरिनाथ आचार्यले भन्नुभयो- 'निजी कलेजहरूले विद्यार्थीबाट लाखौं रुपैयाँ लिएर भर्ना गर्ने तर पूरै शिक्षा नदिई छाड्ने ?' नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य डा. मनोहर प्रसाद गुप्ताले यो निर्णय अव्यावहारिक भन्दै सम्बन्धन प्राप्त निकायअन्तर्गत अस्पतालमा इन्टर्नसिप गर्न पाउनुपर्ने बताउनुभयो । Angel xenoMED | NDR “Nothing brings me more happiness than helping people in the society. It is a goal and an essential part of my life - a kind of destiny.” |