 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
|  | | | Posts: 76,135 Thanks: 97
Thanked 26,752 Times in 26,619 Posts
Join Date: Oct 2005 | | | News on ER, Bhaktapur Hospital - Sarahniya Suruwat [in Nepali] -
15-12-2005, 03:01 AM
सराहनीय सुरुआत - भक्तपुर अस्पतालले आकस्मिक उपचारका लागि आउने बिरामीलाई औषधीसहितको निःशुल्क उपचार सेवा सुरु गरेको छ । मुलुकका अन्य सरकारी अस्पतालमा भने हालसम्म औषधीसहितको निःशुल्क आकस्मिक उपचार सेवा
छैन । अस्पताल विकास समिति र सरकारबाट पाइआएको बजेटबाटै निःशुल्क आकस्मिक उपचारको व्यवस्था गर्नु उदाहरणीय काम हो । अन्य सरकारी अस्पतालले यसको अनुकरण गर्नुपर्छ ।
मुलुककै सबैभन्दा जेठो केन्द्रीय स्तरको वीर अस्पतालमा आकस्मिक उपचारको लागि इमर्जेन्सी पुग्ने अधिकांश बिरामीहरूलाई अन्य औषधीमूलोबाहेक घाउ पुछ्ने सामान्य संक्रमणमुक्त कपास -गज) समेत अन्यत्रबाट किनेर ल्याउनुपर्छ । आकस्मिक रूपमा चोट लागेर वीर पुग्ने एक्लो बिरामी, एक हातले टाउकोबाट बगेको रगत थिच्दै अर्को हातमा चिकित्सकले दिएको पुर्जा लिएर औषधी पसलबाट आफैं टाका लगाउने लगायतका सामान किनेर पुनः इमर्जेन्सी पुग्ने गरेको दृश्यसमेत देख्न पाइन्छ । तर यो विडम्बनालाई भक्तपुर अस्पतालले समाप्त पारेको छ ।
मुलुकमा रहेको ५ केन्द्रीय, एक-एक क्षेत्रीय र उपक्षेत्रीय, ९ अञ्चल र ६७ जिल्ला अस्पतालहरूमा समेत आकस्मिक उपचार निःशुल्क गर्नसके आमजनताले राहत महसुस गर्ने थिए । कल्याणकारी राज्यको अवधारणालाई सार्थक रूप दिन स्वास्थ्योपचारलाई सुलभ गराउनुपर्छ । आर्थिक रूपमा पिछडिएको जनसंख्या अत्यधिक रहेको हाम्रोजस्तो मुलुकमा निःशुल्क स्वास्थ्यसेवा जुटाउनुको महत्त्व नै बेग्लै छ । यस्तो सेवा निःशुल्क गर्न ठूलो बजेटको आवश्यकता पर्दैन भन्ने उदाहरण भक्तपुर अस्पताल भएको छ । अस्पतालले यो सेवा उपलब्ध गराउन वर्सेनि करिब १५ लाख रुपियाँ पर्ने जनाएको छ । वास्तवमा यसले समेट्ने जनसंख्याका आधारमा यो बजेट राज्यका निम्ति ठूलो होइन ।
गतवर्ष करिब ११ हजार व्यक्तिले अस्पतालको आकस्मिक इमर्जेन्सी सेवा उपयोग गरेका थिए । यस वर्ष भने उक्त सेवा १३ हजारसम्म पुग्ने अनुमान छ । अस्पताल प्रक्षेपित सबै बिरामीलाई निःशुल्क सेवा दिने प्रयासमा छ ।
बिरामी आकस्मिक कक्षमा रहुन्जेल औषधीमूलो किन्नुपर्ने तनावबाट मुक्त रहनु निश्चय नै सकारात्मक पक्ष हो । यसले असहाय, बेवारिसे, निम्न आर्थिक स्थिति भएकाहरूमात्र नभई सामान्य मध्यमवर्गीय नागरिकलाई समेत राहत र तनावबाट मुक्ति दिनेछ । आकस्मिक उपचारको क्रममा सबैभन्दा पहिले तुरुन्त बिरामीलाई अस्पताल पुर्*याउने दायित्व हुन्छ । यसैले धेरैजसो आकस्मिक उपचारका लागि पुग्नेहरूले खर्च रकम बोक्न बिर्सेको पनि हुनसक्छ । जोकोहीसँग आकस्मिक खर्चका लागि तुरुन्त पैसाको बन्दोबस्त नहुन पनि सक्छ ।
भएकै आर्थिक स्रोतलाई उदाहरणीय रूपमा सञ्चालन गरी जनमुखी बनाउन अस्पताल प्रमुखमा प्रबन्धन क्षमतासमेत हुनुपर्ने तथ्य सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र भक्तपुर अस्पतालले देखाएको छ । आउँदा दिनमा यस्ता जनमुखी सेवा थप अस्पतालले समेत प्रदान गर्ने प्रयास गर्नुपर्छ । जहाँ इच्छा त्यहाँ उपाय । प्रयास गर्ने हो भने स्रोत-साधन जुट्न थाल्छ । यस्तो सेवाका निम्ति तत्पर हुने हो भने सहयोग गर्न चाहने व्यक्ति तथा संघ-संस्थाको पनि कुनै कमी छैन हाम्रो समाजमा ।
हाल अस्पतालको आकस्मिक कक्षमा दिनहुँ २५ देखि ४० सम्म बिरामी पुग्ने गर्छन् । आगामी दिनमा यो संख्या भने अझै बढ्नेछ । त्यसैले अस्पतालले विशेष गृहकार्य गरेर यस सेवालाई दिगो राख्न भरमग्दुर प्रयास गर्नुपर्छ । मुलुकको एकमात्र कान्ति बाल अस्पतालले जन्मदेखि २८ दिनसम्मका नवजात शिशुलाई निःशुल्क चिकित्सा प्रदान गर्न थालेपछि आएको आर्थिक संकटले अन्य सेवाहरूसमेत प्रभावित हुनथालेको तीतो अनुभवलाई यस प्रसंगमा सम्झना गर्नु अन्यथा हुने छैन । सराहनीय थालनीका निम्ति भक्तपुर अस्पताललाई बधाई ।
To read this News Need to have a Nepali Font installed in your computer. Angel xenoMED | NDR “Nothing brings me more happiness than helping people in the society. It is a goal and an essential part of my life - a kind of destiny.” | | The Following User Says Thank You to Angel For This Useful Post: | |  | xenoMED Advisor | | Posts: 628 Thanks: 2
Thanked 290 Times in 289 Posts
Join Date: Oct 2005 Location: Heaven | | | gr8 step BHARATPUR HOSPITAL.....!!!! -
15-12-2005, 04:06 AM
other hospital must think about it....'n hope this 'll implement to other hospital in the country soon.....
gr8 step BHAKTAPUR HOSPITAL.....!!!!
Last edited by Angel; 15-12-2005 at 08:11 AM.
| | The Following User Says Thank You to medic For This Useful Post: | |  | Co-Admin | | Posts: 879 Thanks: 0
Thanked 388 Times in 379 Posts
Join Date: Nov 2005 Location: Heidelberg, Germany | | |
15-12-2005, 05:35 PM
Respect!!! | | The Following User Says Thank You to Rajiv For This Useful Post: | |  | xenoMED Advisor | | Posts: 261 Thanks: 0
Thanked 116 Times in 114 Posts
Join Date: Oct 2005 | | |
16-12-2005, 06:27 PM
good to hear | | The Following User Says Thank You to Psoas Major For This Useful Post: | |  | xenoMED Advisor | | Posts: 669 Thanks: 0
Thanked 334 Times in 317 Posts
Join Date: Nov 2005 Location: london | | | 
17-12-2005, 12:33 AM
At Least One Hospital Have Started It And Now Its Time For Others To Think About It And Learn Something From The Bhaktapur Hospital...my Well Wishes For Them.. Dr. R. K. Sah Queen Mary, University Of London | | The Following User Says Thank You to rajeeb For This Useful Post: | | | Thread Tools | Search this Thread | | | | | Display Modes | Linear Mode |
Posting Rules
| You may not post new threads You may not post replies You may not post attachments You may not edit your posts HTML code is Off | | | |
Powered by vBulletin® Version 3.7.3 Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
| Hosted and Maintained by: | |  | |