| काठमाडौंमा जन्डिस दस वर्षमै बढी -
22-06-2006, 09:22 PM
काठमाडौं, असार ८ - उपत्यकामा यसपालि दस वर्षमै बढी जन्डिस -हेपाटाइटिस ई) का बिरामी देखिएका छन् । बाहिरबाट आएका बढी प्रभावित रहेको चिकित्सकहरूले बताएका छन् ।
'यसपटक उपत्यकामा जन्डिस प्रकोपका रूपमा देखिएको छ,' वीर अस्पतालका लिभर युनिट प्रमुख डा. अनिलकुमार मिश्रले बहिरंग विभागमा दिनहुँ १० भन्दा बढी रोगी आउने गरेको उल्लेख गर्दै बिहीबार कान्तिपुरसँग भने- 'एक दशकमै बढी केस यसपटक देखिएको छ ।' उनका अनुसार सबैजसो निजी क्लिनिकमा समेत दिनहुँ ४-५ जना आउने गरेका छन् ।
चिकित्सकहरूका अनुसार दूषित पानीले हुने यो रोगबाट बाहिरबाट आएका बढी प्रभावित छन् । टेकु अस्पतालमा समेत दिनहुँ सात जनासम्म जन्डिसका रोगी पुग्ने गरेका छन् । 'पोहोर एक-दुई जना भर्ना हुने गरेका थिए, यसपटक १० जनासम्म हरदम भर्ना रहन्छन्,' डा. लक्ष्मीविक्रम थापाले भने- 'गत वर्षको दाँजोमा सात गुणा बढी देखिएको छ ।'
सबैभन्दा बढी जन्डिसका रोगी नरदेवी आयुर्वेदिक चिकित्सालय पुगिरहेका छन् । 'दिनहँु करिब ७५ जना आउने गरेका छन्,' अस्पतालका निर्देशक डा. कृष्णराज पराजुलीले भने- 'गत वर्षको दाँजोमा रोगीको चाप अत्यधिक बढेको छ ।' यहाँ भर्ना रहेका ८० रोगीमध्ये ६५ जना जन्डिसकै छन् ।
हेपाटाइटिसमा आँखा र छाला पहेंलो हुनु -जन्डिस), थकाई लाग्नु, पेट दुख्नु, खान मन नलाग्नु, वाकवाक लाग्नु, झाडापखाला लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु जस्तो लक्षण देखिन्छन् । कतिपयमा यस्तो लक्षण नदेखिन पनि सक्छ ।
संक्रमितको मलमूत्रलगायतबाट जन्डिस अन्य व्यक्तिमा समेत सर्छ । चिकित्सकहरूका अनुसार यसको विशेष उपचार भने छैन । हालसम्म कुनै खोप नभएको यो रोगमा लाक्षणिक -सिम्टोम्याटिक) उपचार मात्र गरिन्छ । बच्ने उपाय प्रभावितको सम्पर्कमा नआउनु नै हो ।
विद्यार्थी बढी प्रभावित
क्याम्पस पढ्ने युवामा जन्डिस बढी देखिएको नरदेवी चिकित्सालयले जनाएको छ । 'यसपटक हेपाटाइटिस २०-२५ वर्ष उमेर समूहका विद्यार्थीमा बढी देखिएको छ,' डा. पराजुलीले भने । उनका अनुसार सामूहिक शौचालयको उपयोग, उमालेर पानी नखानु र घरबाहिर खानुपर्ने बाध्यताले उनीहरू प्रभावित रहेका हुन् ।
जोगिने उपाय दस मिनेटसम्म उमालेको पानी पिउने
खाना खानुअघि साबुनपानीले हात धुने
नङ नपाल्ने
दाँत माभmदा उमालेको पानी प्रयोग गर्ने
घरबाहिरको खानाबाट जोगिने ताजा खानेकुरा खाने म अनि मेरो नेपाल उस्तै उस्तै हो । |