सुख्खा छालाका लागि
सौर्न्दर्य सल्लाह By : सोरेन नकमी
2007-12-09,Sunday,
जाडो मौसममा छालामा सुख्खापनको समस्या आउ“छ । वातावरणमा चिसो हावा बहने हु“दा हाम्रो शरीरको बाहिरी भाग सुख्खा हुनपुग्छ । जाडो मौसमको चिसोले गर्दा छाला सुख्खा हुनुका साथै रातो देखिन्छ । घरभित्र बालिने हिटरले छालामा भएको मोस्चरलाई कम गरी सुख्खा बनाउछ ।
चिसो मौसममा मुख धोएपछि आफ्नो छाला कसैले तानेजस्तो गरी कस्सिएको अनुभव हुन्छ । र छाला सुख्खा हुन्छ । यस मौसममा छालामा तेलको कमी हुनेहुदा छाला बेजान देखिन्छ । यस्तो छालामा चाउरीपना देखिन्छ र सुख्खा छाला छिटो म्याचोर हुन्छ र अनुहारको कान्तिपन हराएर जान्छ ।
के गर्ने सकिन्छ ?
यदि तपार्इंको छाला सुख्खा छ भने क्रिमयुक्त क्लिजिङ मिल्कबाट सफा गर्नुपर्छ । अनुहार धोएपछि सधैं मोस्चराइजरको प्रयोग गर्नुपर्छ भने बेलुका-बेलुका सुत्ने समयमा नियमितरूपमा मोस्चराइजर लगाएर हल्का मालिस गर्नुपर्छ । अनुहारमा महको माक्स लगाउन पनि सकिन्छ । नुहाउनुअगाडि शरीरमा तोरी या बदामको तेलले मालिस गर्नुपर्छ । यसले छालालाई पोषण मिल्छ र छाला मुलायम र चमकदार बनाउ“छ । अनुहारलाई चाउरीबाट बचाउनका लागि आफ्नो उमेरअनुसार महिनाको १-२ पटक फेसियल गराउनु आवश्यक हुन्छ । यदि तपाईं पार्लरमा गएर फेसियल गराउनु हुन्छ भने रिच मोस्चाराइजर, डिप आयल, एएचए, प्रोटिनजस्ता फेसियल जाडो मौसमका लागि उपयुक्त फेसियल हो ।
कस्तो खाना राम्रो ?
हरेक व्यक्तिलेे दिनमा ८-१० गिलास पानी पिउनु आवश्यक छ । सन्तुलित भोजन गर्नुपर्छ, त्यसका लागि तपाईंले विशेषगरी प्रोटिन भएको खाना खानर्ुपर्छ । दाल, काजु, बदाम, तिल, भटमास, दूध, दूधबाट बनेको परिकार, घ्यू प्रोटिनयुक्त खाना हो । स्याउ, अनार, अमला जस्ता फलफूल खानु राम्रो हुन्छ ।
यस्ता काम नगर्दा राम्रो ?
जाडो याममा कडा साबुनको प्रयोग गर्नुहुदैन । अनुहारमा टोनर नलगाउदा राम्रो हुन्छ । मुल्तानी मिट्टी भएको माक्स वा प्याकको प्रयोग पनि गर्नुपर्छ । यदि तपाईं मेकअप गर्नुहुन्छ भने मोस्चराइजर भएको फाउन्डेसन प्रयोग गर्नु राम्रो हुन्छ ।
-(नकर्मी आयुर्वेदिक कस्मटोलोजिस्ट हुन् ।
कि कसो???
