| मोनालिसाको मुस्कान रहस्य -
30-09-2006, 05:05 AM
मोनालिसाको मुस्कान रहस्यमा के छ ? पाँच सय वर्ष पुरानो लियो नार्दो दा भिन्चीको विश्व विख्यात चित्रसँग जोडिएर चल्दै आएको विश्वव्यापी बहसले निकास पाउनै आँटेको छ । क्यानेडियन वैज्ञानिकहरूले गरेको अनुसन्धानबाट उनको मुस्कानले गर्भवती युवतीको संकेत गर्ने अथ्र्याएका छन् ।
हालै आविष्कार भएको उच्च प्रविधियुक्त क्यानेडियन लेजर क्यामरा र फोटोग्राफिक स्क्यानको सहायतामा चित्रको तीनवटै आयामबाट अनुसन्धान गरिएको हो । 'अनुसन्धानले भन्छ- उनी गभर्वती हुनुपर्छ,' अनुसन्धान संस्था नेसनल रिसर्च काउन्सिल अफ क्यानाडाका जोन टेलरले भने- 'या भर्खरै बच्चा पाएकी युवती ।'
गाढा हुस्सु रङ पोतिएको मोनालिसाको पारदर्शी कपडाले पनि त्यसको संकेत गर्ने अनुसन्धानको निक्र्योल छ । अनुसन्धानका लागि विरलै प्रवेश पाउने पेरिसस्थित लुभ्र संग्रहालयमा रहेको 'मोनालिसा' माथि यति गहिरो अनुसन्धान गरिएको पहिलोपटक हो । कपडा र कपालको शैलीले विशेष सांस्कृतिक संकेत जनाउने भएकाले त्यसमा प्रयुक्त रङको भित्री तहलाई पत्रपत्र केलाएर अध्ययन गरिएको बताइएको छ ।
'यस्तो कपडा सोर्*हौं शताब्दीतिर इटलीमा गर्भवती महिला या भर्खरै बच्चा पाएकी युवतीहरूले मात्रै लाउने गरेको पाइएको छ,' अन्ाुसन्धान तथा पुन्ाःस्थापनाका लागि प|mान्सेली संग्रहालय केन्द्रका ब्रुनो मोटिनले भने- 'यो यसअघि कहिल्यै पत्ता लाउन नसकेको तथ्य हो, यसकारण कि चित्रलाई सधंै अँध्यारोमा राखिन्ो भएकाले परीक्षण अप्ठेरो हुन्थ्यो ।'
रहस्यमय मुस्कानको अलावा बसाइको आसनले पनि गर्भवतीको संकेत गर्ने अनुसन्धाताले बताएका छन् । 'अन्तिम समय सायद उनी कुर्सीबाट उठ्नै आँटेकी थिइन्,' जोनले भने- 'यसमा शंकै छैन कि उनी गर्भवती हुन् ।'
दा भिन्चीले धनी सिल्क व्यापारी प|mान्सिस्को डेल जिओकोन्डोकी पत्नी मोनालिसाको यो प्रसिद्ध चित्र सन् १५०३ देखि १५०६ बीचमा बनाए पनि लामो समय आफैंसँग राखेका थिए । - कान्तिपुर  Impean Pheasant (Danfe), National Treasure. |