| नेपाल मा बर्डफलु नआउनुको रहस्य -
19-07-2006, 09:23 PM
नेपाल मा बर्डफलु नआउनुको रहस्य - न्युज अफ नेपाल
एसियाका अरु देशमा फैलिएको बर्डफलुले नेपालमा समेत आतंक मच्चायो। कुखुराका अण्डा र मासुसमेत बिक्न छाडे। तर नेपालमा बर्डफलु भित्रिएन। मानिसहरूलाई खुल्दुली लागेको होला, नेपालचाहि“बर्डफलु बाट किन सुरक्षित भनेर। धरहराले त्यसको रहस्य हिजो मात्र थाहा पाएको छ।
शाही सरकारका कृषि तथा सहकारीमन्त्री केशरबहादुर विष्टले हिजो उच्चस्तरीय जा“चबुझ आयोगमा बयान दिएर र्फकने क्रममा ँर्सगर्व’ घोषणै गरिदिए- ँमलाई त कहा“ जनआन्दोलनमा दमन भएकोबारे जानकारी भयो र, म त बर्डफलु नियन्त्रण गर्न तल्लीन थिए“ नि ¦’
यो घोषणा सुनेपछि त विष्ट महोदयलाई आयोगमा बयानका लागि बोलाउनु अन्याय नै भएको ठहरमा धरहरा पुगेको छ। बर्डफलु भित्रिन नदिने प्रतिभाशालीलाई ँनोबेल पुरस्कारको सिफारिसको साटो कहा“को बयानको कठघरा ¦ कठै ¦¦ |