अत्याधुनिक चिकित्साविज्ञानले गाँजेको वर्तमानमा आयर्ुर्वेद शिक्षा र पद्धत्रि्रतिको उदासीनता कुनै नौलो प्रस· होइन । यद्यपि आयर्ुर्वेद शिक्षा र पद्धतिको दर्ुदशा सबैले देखेर, बेहोरेर र भोगेर पनि ज्यूँकात्यूँ रहँदा भने निश्चय पनि मन बिझाउने काम गर्छ नै । राजधानीको मुटु र प्रशासनिक संयन्त्रको केन्द्रबिन्दु मानिने सिंहदरबार क्षेत्रमा रहेको सिंहदरबार वैद्यखानाका अनेक कथाव्यथा पटक-पटक र्सार्वजनिक भइरहेका बखत उदयपुरको एक समाचारले फेरि एकपटक सबैलाई सोचनीय बनाएको छ । समाचार अनुसार उदयपुरको आयर्ुर्वेदिक औषधालयका डाक्टर र स्वास्थ्यकर्मीहरू कार्यालय बाहिर कर्ुर्सर्ीी घाम तापेर दिन कटाउने गरेका पाइएका छन् । ६० वर्षपहिले स्थापित सो आयर्ुर्वेदिक औषधालय एकातिर बिरामीहरूको आकर्षाको केन्द्रबिन्दु बन्न नसक्दा र अर्कोतिर औषधालयलाई आवश्यक पर्ने यथोचित स्रोत र साधनको अभावले गर्दा औषधालय भएर पनि नभएको अवस्थामा पुगेको प्रतीत हुन्छ । औषधालय सम्बद्ध जनशक्तिका अनुसार सरकारले आवश्यकता अनुसारको स्रोत र सामग्री उपलब्ध नगराएकाले यस्तो अवस्था आएको हो । भौतिक सामग्री र यथोचित व्यवस्थापन नभएका कारण कर्मचारीहरूले बाध्य भएर दिन बिताउनुपरेको दाबी उनीहरूको देाखिन्छ ।
वास्तवमा अत्याधुनिक चिकित्साविज्ञानको औषधि र उपचारपद्धतिभन्दा प्रभावशाली र दूरगामी प्रभावको माध्यम मानिने आयर्ुर्वेद शिक्षाका बारेमा कतिपय भ्रम चिर्न नसकेकाले पनि यस्तो अवस्था देाखिएकोमा शड्ढा नै छैन । घरायसी र ज·ली जडिबुटीलाई प्रशोधन गरी तयार पारिने आयर्ुर्वेदिक औषधिहरू प्रचलित मूल्यका अर्थले जति सस्ता मानिन्छन् प्रयोगपछिको असरसमेत सकारात्मक हुने कुरामा द्विविधा छैन तर हाम्रो सर्न्दर्भमा नजिकको तर्ीथ हेला भनिए झैं देखिएको आयर्ुर्वेद शिक्षाप्रति समसामयिक सुधार र संचेतना वृद्धि गरिनु वाञ्छनीय हुने देखिन्छ । आयर्ुर्वेद शिक्षाको सुधार र प्रचार, यससँग गाँसिएका जनशक्ति र सीमित स्रोत एवं साधनको सदुपयोग मात्र होइन यससँग गाँसिने स्वास्थ्यको दर्ीघजीवनको कल्पना र्सार्थक हुने उपाय खोजी पनि हो भन्नर्ैपर्छ । एकसमय जुनबखत हामीसँग आधुनिक चिकित्साविज्ञानका औषधि थिएनन्, त्यतिखेरदेखि अहिलेसम्म पनि आयर्ुर्वेद औषधिको नियमित सेवन गर्नेहरू यस शिक्षालाई ँरामायण’ नै मान्छन् । तैपनि आयर्ुर्वेद शिक्षाप्रति उदासीनता दर्शनु विडम्बनाकै सर्न्दर्भका रूपमा हामीले लिनु श्रेयस्कर हुन्छ । आज जे र जसरी आयर्ुर्वेद शिक्षा र यसको दर्ुगतिका समाचार र्सार्वजनिक भइरहेका छन् त्यसलाई यथासक्य छिटो रोक्दै निमिट्यान्न पारिनु जरुरी छ । त्यसैले सरकारी पक्षले चाहे उदयपुरको औषधालयको बिजोग अवस्था होस् या सिंहदरबार वैद्यखानाले क्रियाशीलता जनाउन नसकेको मर्म नै किन नहोस्, त्यसलाई मनन र चिन्तन गर्दै निकास खोज्न ढिला गर्नुहुँदैन । वास्तवमा आफ्नै स्रोतसाधन र सीपलाई समयोचित प्रयोग, तालिम र अद्यावधिक गर्दै जागृत गराउने हो भने यसले बहुआयामिक र बहुपक्षीय प्रभाव देखाउने कुरामा विश्वस्त हुनसक्ने प्रशस्त आधार देखिन्छन् ।
-
Gorkhapatra