 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
| | General Talks Feel free to talk about anything and everything... | | Senior Member | | Posts: 568 Thanks: 0
Thanked 184 Times in 173 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | | | 'डाक्टरमाथि प्रश्न’मा केही असम्मति -
14-07-2008, 07:00 AM
२८ असारमा प्रकाशित अर्जुन पौडेलको लेख 'डाक्टरमाथि उठेका नैतिक प्रश्न'का केही असंगत पक्षबारे टिप्पणी गर्न आवश्यक ठानेको छु, ता कि त्यसबाट सर्वसाधारणमा भ्रम नपरोस् र चिकित्सकका नाताले मेरो दायित्व पनि पूरा होस् । पहिलो अनुच्छेदमा 'सामान्य रुघा-खोकी लागेको बिरामीलाई नर्सिङहोममा उपलब्ध सिटी स्क्यान, एमआरआईलगायत सम्पूर्ण परीक्षण गराउनु नेपाली डाक्टरकै बसको कुरा हो' लेखिएको छ । रुघाखोकी लागेको मानिसलाई कुनै पनि चिकित्सकले सिटीस्क्यान, एमआरआई गराऊ भन्न सक्दैन । किनभने, एमआरआई र सिटीस्क्यान गराउनुपर्ने निश्चित कारण हुन्छन् । यो गराउने उपकरण निकै महँगा छन् र सबै नर्सिङहोममा उपलब्धसमेत छैनन् । त्यस्तो सुविधा भएका ठाउँमा पनि चिकित्सकले उचित कारण देखाएर पठाउनुपर्छ । लेखकले के आधारमा उल्लिखित विचार राखे, थाहा पाउन पाए सबैका लागि राम्रै हुने थियो । पत्रकारितामा झैँ चिकित्सासेवामा पनि आचारसंहिता छ । चिकित्सक त्यसैअनुसार चल्नुपर्छ । सामान्य रुघाखोकी लागेका बेला कुन डाक्टरले, कहिले, सिटीस्क्यान र एमआरआई गराउन लगाए ? कसले भएभरका परीक्षण गर्न लगायो ? तथ्य सार्वजनिक भए राम्रो हुनेथियो । उपभोक्ता संरक्षणसम्बन्धी ऐनले पनि त्यसबारे अझ गहिरो ढंगले खोजबिन गर्न बाध्य गराउने थियो । सोही अनुच्छेदमा 'अपरेसन थिएटरमा बिरामी पुर्*याएर डाक्टर जम्मा गर्न नसकी फर्काउनु र धेरैचोटि फर्काएपछि सरकारी अस्पताल रिफर गर्ने घटना हामीकहाँ सामान्य बन्दै गएका छन्' उल्लेख छ । कुनै पनि बिरामीलाई शल्यचिकित्साअघि शल्यचिकित्सक, एनेस्थेसिया विशेषज्ञ, अपरेसन सहयोगी नर्स र साधनसम्पन्न शल्यचिकित्साकक्षको आवश्यकता पर्छ । बिरामीलाई अपरेसन -शल्य चिकित्सा) गर्ने-नगर्ने भन्नेबारे सहयोगी समूहको परामर्शमा शल्यचिकित्सकले मात्र निर्णय गर्न सक्छन् । शल्यचिकित्सा एक्लै भन्दा सामूहिक रूपमा गर्नुपर्ने संवेदनशील उपचार हो । समूहको एउटा सदस्य मात्र उपस्थित भएन भने कसैले पनि एक्लै जोखिम लिन चाहँदैन, किनभने मानिसको जीवन अमूल्य छ । एभरेस्ट नर्सिङहोमका बारे को दोषी भन्ने नेपाल मेडिकल काउन्सिलले छानबिन गरिरहेको छ । त्यसैबेला दोषी औंल्याई कारबाही गर्नेतर्फ सबै लागौंला । जसरी चिकित्सा पेसा संवेदनशील छ, पत्रकारिता पनि कम संवेदनशील पेसा होइन । एभरेस्ट नर्सिङहोमको घटनाबारे एउटा पत्रिकामा मृगौलाको पत्थरीको अपरेसन भनेर छापियो तर त्यो पित्तथैलीको अप्रेसन थियो । त्यस्तै, अस्पताल बन्दको आह्वान नेपाल मेडिकल एसोसिएसनले गरेकोमा नेपाल मेडिकल काउन्सिलले गरेको भन्ने समाचार प्रकाशित भयो । मृगौला र पित्तथैली अलग-अलग अंग हुन् जसरी मेडिकल काउन्सिल र मेडिकल एसोसिएसन फरक-फरक संस्था हुन् । यसबाट जनमानसमा भ्रम सिर्जना भएको छ । लेखको दोस्रो अनुच्छेदमा 'पत्थरीको सामान्य शल्यक्रिया गराएका बिरामीको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि औंला उठाएको' उल्लेख छ । कसरी थाहा भयो, पत्थरीको अपरेसन सामान्य हो भनेर ? शल्यचिकित्सा क्षेत्रमा यसलाई मेजर अपरेसनअन्तर्गत वर्गीकरण गरिएको छ । 'रोग नै राम्ररी पहिचान नगरी बिरामीलाई अपरेसन थिएटरमा लगेर चिर्ने चिकित्सकको उपचार शैलीप्रति पीडितपरिवारले औंला उठाउनुलाई ठीक मान्ने कि नमान्ने, आफ्नो ठाउँमा छ' लेख्नुभयो । शल्यक्रियामा संलग्न चिकित्सकले पित्तथैलीमा पत्थरी रहेको पत्ता नलगाई अपरेसन गरेका छैनन् । कुन तथ्यका आधारमा रोग नै पहिचान नगरिएको दाबी गर्नुभयो ? लेखमा 'नेपाल चिकित्सक संघले पूरै देशको स्वास्थ्यसेवा ठप्प पार्नेसम्मको काम गर्*यो', 'संघले आफ्नो अधिकारका लागि पूरै देशको स्वास्थ्यसेवा बन्द गरी सर्वसाधारणको स्वास्थ्यजस्तो नैसर्गिक अधिकार हनन् गरेकोमा संघमा आबद्ध चिकित्साकर्मी के भन्छन् ? यसले चिकित्सक आफ्नो पेसा र जिम्मेवारीप्रति कति सचेत छन् भन्ने देखाएको छँदै छ, साथसाथै आफ्नो मूल जिम्मेवारीबाट पन्छिएर निजी अस्पतालका लगानीकर्ताको हितमा सिंगो चिकित्साजगत चल्दोरहेछ भन्ने पनि देखिएको छ' उल्लेख छ । व्यावसायिक संगठनद्वारा आफ्नो पेसामा रहेका पेसाकर्मीको सुरक्षाका लागि यस्ता कार्य पहिलेदेखि नै गरिँदै आएका हुन् । पत्रकारिता पेसामा आघात पर्दा पत्रकारको छाता संगठनको आह्वानमा रिपोर्टिङ नै बन्द पनि भएकै हुन् । बन्द एउटा व्यक्तिको निर्णय होइन । नेपाल मेडिकल एसोसिएसनको १५ सदस्यीय कार्यसमितिले गरेको निर्णय ६० जना सदस्य रहेको काउन्सिलले अनुमोदन गर्नुपर्छ । त्यसपछि मात्र बन्द र हडतालको आह्वान गरिन्छ । ठन्डा दिमागले नसोची बन्द गरिएकै होइन । असरको मूल्यांकन गरेर नै दुई दिनपछि एसोसिएसनले बन्द र हडताल फिर्ता लिएको हो । 'चिकित्सकका लागि मानव शरीर उनीहरुको दैनिक अभ्यासको एक अंश मात्र होला' भन्ने वाक्य झन् अति भयो । अभ्यास सिकारुले मात्रै गर्छन्, विशेषज्ञले गर्दैनन्, विशेषज्ञले उपचार गर्छ । काउन्सिलले चिकित्सकलाई योग्य र दक्ष भएपछि मात्र लाइसेन्स दिन्छ । अभ्यास हो वा उपचार भनी खुटयाउने अधिकार र क्षमता नेपाल मेडिकल काउन्सिलको विशेषज्ञटोलीसँग मात्र छ । -डा. एन्जल मगर आजीवन सदस्य, नेपाल मेडिकल एसोसिएसन kuro ta bilkul jayaj ho ni, ki kaso??  छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू |  | Senior Member | | Posts: 254 Thanks: 5
Thanked 88 Times in 87 Posts
Join Date: Dec 2005 | | | Re: 'डाक्टरमाथि प्रश्न’मा केही असम्मति -
14-07-2008, 06:25 PM
nice article, felt glad when i read डाक्टरमाथि प्रश्न’मा केही असम्मति at naya patrika - I'm a clear, colorless fluid, contain small quantities of glucose and protein.
- I fill the ventricles of the brain and the central canal of the spinal cord.
- You can get me through Lumbar Puncture.
- If I have White blood Cells or bacteria - Meningitis result.
| | New Member | | Posts: 18 Thanks: 0
Thanked 10 Times in 5 Posts
Join Date: Nov 2005 | | | Re: 'डाक्टरमाथि प्रश्न’मा केही असम्मति -
15-07-2008, 10:12 AM
I agree with you Angel. I understand there can be mistakes or negligence on the part of some doctors, any profesionals in fact, but it would be absolutely unfair to twist and turn the story and just publish it as a sensational news to defame the honoured profession as a whole and give the general public a misleading information. Its an evidence based world now, why not make it evidence based. If someone has any problem with any health care professional or the provider, lets deal with it properly, come up with an evidence rather than some "chatpate news" for a magazine. Docotors are considered the most responsible people but I would say journalism bears even more responsibility than us. Our treatment affects individuals, their treatment affects the whole society. Lets all act responsibly and not run after rumor.
Amit Rauniyar
USA | | New Member | | Posts: 27 Thanks: 0
Thanked 10 Times in 10 Posts
Join Date: Jan 2007 | | | Re: 'डाक्टरमाथि प्रश्न’मा केही असम्मति -
15-07-2008, 11:23 PM
Whatever has been written, thats exactly true.
AFNO GEEU MA BHAISE HIDAKO NA DAKHNA ARKAKO GEEU MA JUMRA HIDAKO DEKHNA SAKNA, YO KASTE CHALAN RA NAITITA HO.
AFU LAI THA NABHAYAKO KURO AARU LAI SODHA SANO BHAINNA JASTO LAGCHHA.
TESAILA NEPAL KO JOURNALIST LE EK CHOTI HOINA DHERAI CHOTI YES BARAMA MA SOCHNU PARCHHA RA GALTI LAI SUIKARNA PARCHHA WHOEVER IT IS.
NEPAL MA J GARE PANI HUNCHHA BHANNE BANI HATAUNU PARCHHA, EVERYBOBY TRY TO FOLLOW THAT. | | New Member | | Posts: 27 Thanks: 0
Thanked 10 Times in 10 Posts
Join Date: Jan 2007 | | | Re: 'डाक्टरमाथि प्रश्न’मा केही असम्मति -
16-07-2008, 09:50 PM
Yes, its absolutely correct whatever Dr. Amit has written . I agree with you . It would be better if they would have gone deep in that matter and would have published that facts. cannot the health journalist differentiate between kidney and gallbladder, if they donot have knowledge in that they should have asked. Journalist arenot like fakfuk. I understand there can be mistakes or negligence on the part of some doctors, any profesionals in fact, but it would be absolutely unfair to twist and turn the story and just publish it as a sensational news to defame the honoured profession as a whole and give the general public a misleading information. Its an evidence based world now, why not make it evidence based. If someone has any problem with any health care professional or the provider, lets deal with it properly, come up with an evidence rather than some "chatpate news" for a magazine. Docotors are considered the most responsible people but I would say journalism bears even more responsibility than us. Our treatment affects individuals, their treatment affects the whole society. Lets all act responsibly and not run after rumor. Lato desma gado tanrari jasto nabanau, its 21 st century and is evidence based.
Dr. keshav. | | Senior Member | | Posts: 568 Thanks: 0
Thanked 184 Times in 173 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | | | डा. एन्जललाई समर्थन -
17-07-2008, 06:34 AM
डा. एन्जललाई समर्थन पाठक-टिप्पणी 2008-07-17,Thursday
NayaPatrika चिकित्सा कमजोरीबारे नयाँ पत्रिकामा प्रकाशित अर्जुन पौडेलको दृष्टिकोणमाथि डा. एंगेलको प्रतिक्रिया पढेँ । उहाँको टिप्पणी सही लाग्यो, त्यसमा मेरो समर्थन छ । वास्तवमा चिकित्सा क्षेत्रमा केही कमजोरी पक्कै छन् । तर, केही चिकित्सकका व्यक्तिगत कमजोरीलाई प्रस्तुत गर्दा मिडियाले ख्याल नपुर्*याएकै कारण यत्रो हंगामा मच्चियो । मिडियाले एउटा पक्षको कमजोरीलाई समग्र कमजोरीको रूपमा प्रस्तुत गर्नु गैरजिम्मेवारी हो । अमितकुमार रौनियार छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू | | Senior Member | | Posts: 568 Thanks: 0
Thanked 184 Times in 173 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | | | उपचारमा लापरबाही -
17-07-2008, 06:56 AM
उपचारमा लापरबाही २६ असार कान्तिपुर सुशील कोइराला चिकित्सकीय लापरबाही, हेलचेक्रयाइ“ वा कुनै कमी-कमजोरीका कारणले बिरामीको उपचारक्रममा भएको मानवीय तथा अन्य क्षतिको हर्जाना लिनपाउने व्यवस्था कानुनमा छ । तर चिकित्सक पिटिएका, अस्पताल तथा स्वास्थ्य संघ-संस्था तोडफोड भएका, चिकित्सकलाई मार्ने-पिट्ने धम्की दिने प्रचलन केही वर्षेखि निकै बढेर गएको पाइन्छ । अहिले एभरेष्ट नर्सिङहोम यस्तै विवादमा छ । उपचारको क्रममा त्यहा“ शल्यक्रिया गरेको केही दिनपछि बिरामीको मृत्यु भयो । संलग्न चिकित्सक डा सुबोधकुमार अधिकारीले आफू त्यस घटनाको सिलसिलामा गठन हुने छानबिन कमिटीले कसुर गरेको प्रमाणित गरे सजाय भोग्न तयार रहेको जनाएका छन् । हुन पनि एभरेष्ट नर्सिङहोमको केसमा उपचारक्रममा संस्था वा चिकित्सकको लापरबाही प्रमाणित भएमा निश्चय पनि पीडित पक्षले कानुनी रूपमा क्षतिपर्ूर्ति पाउनर्ुपर्छ भन्नेबारे कुनै पनि चिकित्सा पेसाकर्मीमा फरक मत छैन । जुन परिवारले आफ्नो व्यक्ति सदाको लागि गुमाएको हुन्छ, उनीहरूप्रति प्रत्येक व्यक्ति र समाजकै सहानुभूति हुने गर्छ । यो मानवीय गुण हो । तर बुझ्नु के जरुरी छ भने चिकित्सक आफ्नो बिरामी छिटोभन्दा छिटो स्वस्थ भएको हर्ेन चाहन्छ । साथै जानी-जानी डाक्टरले कहिल्यै गल्ती गर्दैनन् । तर हाम्रो समाजमा स्वास्थ्य संघ-संस्थामा साधनस्रोतको कमी र स्वास्थ्यकर्मीको हेलचेक्रयाइ“ र लापरबाहीका कारण मानवीय क्षति भएका गुनासा अधिक सुन्न थालिएको छ । अर्को पक्ष, उपचारअघि र उपचारक्रममै पनि बिरामी पक्षलाई अति विश्वास भएको चिकित्सकप्रति नै बिरामीलाई केही हुनासाथ वास्तविकता नबुझी अनेक शंका गर्ने, नचाहि“दो लाञ्छना लगाउने र अभद्र व्यवहार गर्ने गरिएका गुनासा नेपाली चिकित्सकहरूबाट पनि प्रशस्त सुन्न पाइन्छ । कतिपय बेला बिरामी र चिकित्सक पक्षबीच संवाद, जानकारी र कुराकानीको अभावमा शंका र उपशंका जन्मन्छ । आफूले राम्रै गरिरहेको बारे चिकित्सकले बिरामी पक्षलाई समय-समयमा विस्तृत जानकारी दिन नसक्नु, नभ्याउनु वा नचाहनुले पनि समस्या उत्पन्न हुने गर्छ । अर्कोतर्फबिरामी पक्षले वास्तविकता बुझेर पनि बुझ पचाएर, भावना र सहानुभूतिलाई हतियार बनाई कानुनी प्रक्रियाबाट क्ष्तिपर्ूर्ति दाबी नगरी धम्की, हुलदंगा, तोडफोड र उच्छृङखल क्रियाकलापबाट अस्पतालमा तनाव फैलाउने प्रचलन बढ्नु कसैको हितमा छैन । अवश्य पनि अस्पताल व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तर्सर्ाा, धम्क्याएर वा कुटपिट गरेर पीडित पक्षले २-४ लाख त पाउला, तर यस्तो प्रवृत्तिले चिकित्सासेवा क्षेत्रमै दर्ीघकालीन नकारात्मक प्रभाव पार्छ । यदि पीडित भनिएका बिरामीका पक्षले आफ्नो बिरामीको क्षतिपर्ूर्ति माग्न कानुनको विधि छाडी बलप्रयोग गर्ने प्रचलनलाई मान्यता दि“दै जाने हो भने नेपालको स्वास्थ्यक्षेत्रमा निकट भविष्यमा निम्न खालका विकृति देखापर्नेछन् ः अिहिले नै मह“गो भनिएको चिकित्सासेवा शुल्क, अझ सोचेभन्दा निकै मह“गो हुनेछ । त्यो कसरी भने अब प्रत्येक चिकित्सकले क्षतिपर्ूर्ति दिनका लागि आफ्नो व्यवसाय वा सेवालाई छुट्टै विमा गराउनेछन् । विमा शुल्क आन्तरिक तरिकाबाट बिरामीकै सेवाशुल्कमा जोडिन्छ । चिकित्सकहरूले आफ्नो सेवालाई विमामा दर्ता गराएपछि उपचार समय विमाका कारणले गर्दा आवश्यक पर्ने कागजात भर्दैमा धेरै उपचार घन्टा -क्लिनिकल आवर) खेर फाल्नु पर्नेछ । क्षतिपर्ूर्ति दिने व्यवस्थापनभित्र विमा कम्पनी आउनासाथ प्रत्येक अस्पताल, नर्सिङहोम अनि क्लिनिक वरिपरि मुद्दा लडाउने दलालको लाइन लाग्नेछ । बिरामीलाई प्रत्येक केसमा मुद्दा लड्न प्रेरित गर्ने र क्षतिपर्ूर्ति पाए आधा-आधा गर्ने र्सतमा धेरै स्वास्थ्यसम्बन्धी मुद्दा नेपाली चिकित्सकको थाप्लोमा बोकाइनेछन् । अब विचार गरांै, व्यावसायिक मुद्दामामिलामा अल्भिmएका चिकित्सकले कस्तो स्वास्थ्यसेवा प्रदान गर्लान् - यो हामी सबैको निम्ति सोचनीय विषय हुनर्ुपर्छ । स्िवास्थ्य उपचारमा संलग्न चिकित्सक विशेषगरी शल्यचिकित्सकले जोखिमपर्ूण्ा उपचारबाट विस्तारै हात झिक्नेछन् । आफूमा भएको व्यावसायिक कौशललाई बाध्यतावश संकुचित बनाउ“दै लानेछन् । छोटकरीमा भन्नुपर्दा विदेशी अस्पतालमा नेपाली चिकित्सकले रिफर गर्ने बिरामीको संख्या बढेर जानेछ । साथै निजी क्षेत्रमा कार्यरत चिकित्सकले पनि जोखिमपर्ूण्ा केसहरूमा संलग्नै नरही सिधै सरकारी अस्पताल रिफर गर्ने क्रम बढ्नेछ । व्यवहारमै पनि विगत एक-डेढ वर्षभत्र शृङखलाबद्ध रूपमा स्वास्थ्य संघ-संस्थामा आक्रमण भएका घटनापछि निजी स्वास्थ्य संस्थाले जोखिमपर्ूण्ा बिरामी विदेशी तथा सरकारी अस्पतालमा पठाउनुपर्ने बाध्यता भएको बारे चिकित्सक समुदायबीचमै निकै चर्चाको विषय रहेको छ । स्वास्थ्यसेवामा देखिने यस्ता बिरामी तथा चिकित्सकबीचका समस्यालाई समाधान गर्न तथा समाजको स्वास्थ्यक्षेत्रमा उच्छृङखलता उत्पन्न गराउन खोज्ने दलालहरूबाट यस क्षेत्रलाई रक्षा गर्न छिटोभन्दा छिटो स्वास्थ्य मन्त्रालयले भूमिका खेल्नु आवश्यक छ । विगतमा स्वास्थ्य व्यवसायी संघ-संस्थास“ग भए-गरेका विभिन्न सहमतिका बु“दा हालसम्म पनि व्यवहारमा नआउनु, नियमपर्ूवक क्षतिपर्ूर्ति लिन खोज्दा सोचेभन्दा बढी समय लाग्नु र कुनै पनि बिरामीको पीडित पक्षले छिटोभन्दा छिटो न्याय प्राप्त गरी उचित क्षतिपर्ूर्ति लिनसक्ने खालको एउटा विश्वासिलो संयन्त्र हालसम्म बन्न नसक्नुले समाजमा स्वास्थ्यसम्बन्धी यस्ता विकृति बढी देखिन थालेका छन् । यसमा स्थापित चिकित्सकीय व्यावसायिक संघ-संस्थाहरूको पनि विशेष भूमिका रहन्छ । यस्ता संघ-संस्थाले आफ्ना सदस्यलाई, चिकित्सा पेसामा आउनसक्ने कानुनी प्रक्रियाबारे राम्ररी अवगत गराउनर्ुपर्छ । कुनै पनि उपचारक्रममा बिरामीलाई लागेको रोग, उसको अवस्था तथा आफूले उपचार गर्ने क्रममा गरिएको प्रयास, प्रयोग गरिएको प्रविधि, लाग्ने खर्च तथा बेला-बेला बिरामी पक्षस“ग आवश्यक परामर्श गर्ने परिपाटीको विकास गरे बिरामी पक्षका धेरै गुनासा न्यून गर्न सकिन्छ । प्रायः बिरामीको गुनासो, "चिकित्सकले खै जानकारी नै दिएनन्, थाहा पाएको भए विदेश & | | |