You are Unregistered, please register to gain Full access.    

New cases in Pous 2064, HIV = 175, AIDS = 26, Death = 2. HIV rate is very high in Housewives than sex workers in Nepal ! ! ! HIV status in Nepal till 2005: Total Adult=70000, Adult Prevalence (15-49)=0.55%, Number of Women (15-49) LWHA=15,310 (22%), HIV Prevalence rate in IDUs=32.7%, HIV prevalence rate in sex worker=3.8%, HIV prevalence rate in client of SW=2.1%. The latest U.N. report shows that 65 million people have been infected with HIV since it was first identified 25 years ago. Twenty five million people have died of AIDS.

Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.

Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!

You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!

If you have any problems with the registration process or your account login, please contact us.
Go Back   xenoMED > General > General Talks
General Talks Feel free to talk about anything and everything...

Reply
 
LinkBack Thread Tools Display Modes
(#1 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 184 Times in 173 Posts
Thumbs up प्रचण्डसँगको कुराकानी - 08-05-2008, 02:40 AM


सेरेमोनियल राष्ट्रपतिबारे : मसँग गिरिजाबाबुले केही भन्नुभएको छैन । समानान्तर शक्तिकेन्द्र हुनुहुँदैन । म यत्ति भन्छु, पावर सेयर होस् तर लिडरसिप क्लियर होस्
गिरिजाप्रसादबारे : उहाँ 'टावर फिगर' हो, उहाँको
संरक्षकत्व र सम्मानजनक स्थानबिना नयाँ संविधान लेखन सहज छैन, तर नेतृत्व निर्माणमा जनमतको सम्मान हुनुपर्छ
तराईका सशस्त्र समूहबारे : म गोइतजी र पासवानलाई भन्छु- नयाँ नेपाल र नयाँ मधेस बनाउन हामीबीच आत्मसमीक्षासहित फेरि सहकार्य जरुरी छ
अमेरिकाबारे : अमेरिकी राजदूतसँग भेट आफैंमा एउटा सन्देश हो, अमेरिका सकारात्मक हुँदै गएको छ
राजाबारे : मेरो उनीसँग प्रत्यक्ष भेट भइसक्यो भन्ने हल्ला झुटो हो, तर मैले बुझेको छु- दरबारभित्रै पनि अन्तरद्वन्द्व छ
माधव नेपालको राजीनामाबारे : सकारात्मक नियत साथ नैतिक धरातल बनाउने प्रयास हो, तर १२ बुँदेदेखिको यात्राले निष्कर्ष नपाउँदासम्म उहाँ नेतृत्वमा हुनुपथ्र्यो




निर्वाचनको परिणाम तपाईंहरूका लागि पनि अनपेक्षित आयो, होइन ?
नेपाली समाजको रूपान्तरणको भित्री प्रक्रियालाई बुझ्न नसक्ने वा नचाहनेका लागि त्यस्तो लाग्न सक्छ । तर, 'अन्डरकरेन्ट' परिवर्तनको प्रक्रिया हेर्दा यो स्वाभाविक हो, अस्वाभाविक त जनताको मनोविज्ञानसँग सामान्य तादात्म्यसम्म राख्न नसक्ने बजारु विश्लेषणहरू थिए । हामीले पहिल्यै भनेका थियौं, हामी जित्दैछौँ । हाम्राजति कार्यकर्ता कोसँग थिए ? हामीसँग जति बलियो सांगठनिक सञ्जाल कोसँग थियो ? हाम्राजति शानदार आमसभा कसका थिए ? यो कसरी अनपेक्षित भयो ?

तपाईंहरूले जनमत हासिल गर्नुभएको होइन, आतंकका बलमा हत्याउनुभएको हो भन्ने आरोप छ नि ?
यो निराधार आरोप हो । वास्तविकता बरु उल्टो छ । कतिपय ठाउँमा कांग्रेस र कतिपय ठाउँमा एमालेबाट आतंक लाद्ने प्रयास भयो । निर्वाचनका क्रममा कांग्रेस वा एमालेका कति मान्छे मारिए र ? मारिएका हाम्रा साथीहरूको संख्या कति भयो ? सोलुमा कसले गोली चलायो र मान्छे मार्*यो ? दाङमा कसले गोली चलायो ? म तपाईंलाई भनौँ, चुनाव सकिनेबित्तिकै गिरिजाबाबुले मलाई बधाई दिनुभएको थियो, शान्तिपूर्वक चुनाव सम्पन्न भएकोमा धन्यवाद दिनुभएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि बधाई दिएका थिए । एमालेका (तत्कालीन) महासचिव माधव नेपाल आफैंले बधाई दिनुभएको थियो । अहिले पराजित भएपछि केही मान्छेलाई परिणाम स्वीकार्न गाह्रो भएको छ । यो राजनीतिक नैतिकता होइन । कांग्रेस-एमालेका केही नेता आफ्ना कमजोरी खोज्न र आफूलाई सुधार्नतिर नलागी उल्टो हामीलाई गलत दोषारोपण गरेर आफ्नै रहलपहल प्रभाव सक्ने काम गर्दैछन् । आफ्नै कार्यकर्तालाई झुक्याउने र झुटो प्रचार गर्ने यो तरिका उहाँहरूकै निम्ति घातक हुनेछ ।

माओवादीले किन जित्यो ? जित्नुपर्ने कारण के थियो ?
हामीले हार्नुपर्ने कारण के थियो ? दस वर्षको जनयुद्धमा जुन बलिदान दिएर हामीले संविधानसभा, गणतन्त्र र संघीय राज्यका एजेन्डालाई स्थापित गर्*यौँ, त्यसलाई काठमाडौंमा बस्ने शासकहरूले जस्तोसुकै मूल्यांकन गरे पनि जनताले बुझेका थिए । माओवादीको बलिदानबिना मुलुक यहाँसम्म आउनै सक्दैनथ्यो भन्ने जनताले बुझेका थिए । जनताले यो निर्वाचनमार्फत आफ्नो भोगाइ र बुझाइलाई राजनीतिक अभिव्यक्ति दिए । जनता भ्रष्टाचार, विकृति-विसंगतिका संवाहकहरू, संकटकाल लगाएर जनताका छोराछोरीलाई मार्नेहरूलाई दण्डित गर्न चाहन्थे । निर्वाचन त्यो मौका बन्यो ।

२७ गते बस्ने सातदलको बैठकको एजेन्डा के हुनेछ ?
निर्वाचनबारे सामान्य समीक्षा हुनेछ । यो औपचारिक काम भयो । मुख्य कुरा, गणतन्त्रको कार्यान्वयन र सरकार गठन हो ।
यस्तो लाग्दैछ, माओवादीले नेतृत्व गर्ने सरकारमा कांग्रेस र एमाले सहभागी हुने छैनन्...
अहिलेसम्म भएका राजनीतिक छलफलमा सहकार्य गरेर जानुपर्छ भन्नेमा कसैको विमति छैन । सरकार संयुक्त बनाउनेमा पनि मतभेद छैन, यद्यपि एमालेमा औपचारिक निर्णय भएको छैन । तर, सहमतिका लागि पूर्वप्रतिबद्धताबाट ऊ पछि हट्ने स्थिति म देख्दिनँ ।

मन्त्रिपरिषद्को स्वरूप कस्तो हुनेछ ? तपाईंका कुन-कुन नेताले के जिम्मेवारी पाउँदै छन् ?
अहिले हामी विभिन्न दलसँग 'पावर सेयरिङ'को क्रममा छौँ । त्यसैले हाम्रो पार्टीबाट कसले के जिम्मेवारी पाउँछ भन्ने तय भएको छैन । मन्त्रिमण्डल र संवैधानिक पदहरूको विभाजनमा हामी खुला र लचिलो छौँ । सबैलाई लिएर जाने उद्देश्य भएको हुनाले हामीले आफ्ना लागि भाग यही हो भनेर तय गरेका छैनौँ ।

एउटै व्यक्ति जनसेना र राष्ट्रिय सेनाको कमान्डर-एन-चिफ हुन सक्दैन भन्ने तर्क पनि उठिरहेको छ नि ।
यो १२ बुँदेदेखि २३ बुँदे सहमतिसम्मको मर्म नबुझेर यसो भनिएको हो कि, शान्ति भाँड्न कुतर्क गरिएको हो, मैले बुझेको छैन । सेना व्यवस्थापन र रूपान्तरणको विषय संविधानसभाले हल गर्नेछ भनेर १२ बुँदे सम्झौतादेखि विस्तृत शान्ति-सम्झौतासम्ममा पहिल्यै तय भइसकेको छ । चुनावअघि कसैले यो विषय नउठाएको कारण पनि यही हो । अन्तरिम संविधानको मर्म पनि संविधानसभाबाटै यो विषय हल होस् भन्ने हो । अहिले या नबुझेर या एकदमै बेइमानीपूर्वक यो कुरा आएको छ र यसले देखाउँछ- दालमा केही कालो छ । निर्वाचनभन्दा अघि कुनै पार्टीविशेष, कुनै नेताविशेष र कुनै बुद्धिजीवीविशेषले माओवादीको बहुमत आयो भने के हुन्छ भनेर नसोध्नु तर माओवादीले चुनाव जितेपछि अडङ्गा थाप्ने, निहुँ खोज्ने काम हुन्छ भने यसलाई सामान्य मान्न सकिन्न ।

तैपनि, सेना व्यवस्थापन जटिल काम त हो नै । तपाईंहरूको आफ्नो प्रस्ताव के छ ?
मैले पहिल्यै भनेको थिएँ- सबै सुरक्षा अंगलाई राष्ट्रिय सुरक्षा समितिअन्तर्गत ल्याएर छलफलबाट यो मुद्दाको हल खोजौँ । 'जोयन्ट कमान्ड' बनाऊँ भन्ने प्रस्ताव पनि थियो, मेरो ।

गिरिजाप्रसाद कोइरालासँग नियमित संवाद भइरहेको छ, होइन ?
चुनावपछि तीनपटक भेटघाट भयो । पहिलोपटक 'कड्सी कल' थियो, चुनावबारे । उहाँले बधाई दिनुभयो, ठूलो पार्टी भएकोमा । दोस्रोपटक आधारभूत सैद्धान्तिक छलफल भयो । तेस्रोपटक सातदलको बैठक बसेर अहिलेका आशंका र समस्याको हल खोज्नुपर्छ भन्ने कुरा भयो ।

बाहिर हल्ला छ, गिरिजाप्रसाद संवैधानिक राष्ट्रपति बन्न चाहनुहुन्छ । तपाईंसँग केही कुरा भएको छ ?
अहिलेसम्म उहाँ आफैले केही भन्नुभएन । लौ गिरिजाबाबु आफ्नो कुरा राख्नोस् भन्दा उहाँले तपाईं ठूलो पार्टी हुनुभो, तपाईंहरू राख्नोस् भन्नुभो । तर, बाहिरबाहिर त्यस्ता कुरा आएका छन्, मिडियामा । मलाई के लाग्छ भने उहाँको सक्रियता, संरक्षकत्व र सम्मानजनक स्थानबिना नयाँ संविधान लेखन सजिलो छैन । उहाँ 'टावर फिगर' हो, उहाँको सम्मानजनक स्थान आवश्यक छ ।

के हुन सक्छ त्यो सम्मानजनक स्थान ?
गिरिजाबाबुको हाइटको नेतृत्व नभएको भए सायद १२ बुँदे सहमति हुन कठिन थियो । शान्तिप्रक्रिया यहाँसम्म आउन पनि सजिलो थिएन । संसद्मा २२-२५ वटा पार्टी आएका छन्, तिनको संयोजनको प्रमुख भूमिका उहाँबाट निर्वाह हुन सक्छ । फेरि, गणतन्त्र कार्यान्वयन गरेपछि राष्ट्रपति बनिहाल्नुपर्छ भन्ने पनि मलाई लाग्दैन । हामी त एक्ज्युकेटिभ राष्ट्रपतिका पक्षमा छाँ । तर, अहिलेको अन्तरिमकालीन व्यवस्था अरू केही समय रहन सक्छ, राष्ट्राध्यक्ष प्रधानमन्त्री नै रहने गरी ।

प्रस्ट भन्नुस् न, तपाईं गिरिजाप्रसादलाई सेरेमोनियल राष्ट्राध्यक्ष मान्न तयार हुनुहुन्छ कि हुनुहुन्न ?
मलाई के लाग्छ भने नेपाली जनताले जुन परिवर्तन चाहेका छन्, त्यसको कदर हुनुपर्छ । जनताको फैसलाको सम्मान हुने गरी नेतृत्व तय हुनुपर्छ । देशमा अब समानान्तर शक्तिकेन्द्र हुनुहुँदैन । त्यतिखेर अराजकताको खतरा हुनसक्छ । पावर सेयर होस् तर लिडरसिप क्लियर होस् । जनताले कसलाई जस-अपजस दिने भन्ने निश्चित होस् । त्यसो गरिएन र समानान्तर शक्तिकेन्द्र बनाइयो भने जनादेशको सम्मान हुन सक्दैन ।

भनेपछि तयार हुनुहुन्न ?
मेरो प्रस्ताव उहाँ सर्वमान्य व्यक्तित्व हुनुपर्छ भन्ने हो । तर, हामी अहिले पनि छलफलमा छौँ, कुनै निर्णयमा पुगिसकेका छैनौँ । तर, क्राइटेरिया फेरि पनि जनमत नै हो । जनताको आदेशविपरीत जाने हक लोकतन्त्रमा कसैलाई कसैलाई पनि हुँदैन । म सकेसम्म छिटो संविधान लेख्ने पक्षमा छु । सके एक वर्ष नत्र डेढ वर्षभित्र संविधान लेखिसक्नुपर्छ भन्ने मेरो विचार छ । कसैलाई पद दिन माओवादीलाई गाह्रो होइन तर जनादेशलाई कुल्चन हामीलाई गाह्रो छ ।

माओवादीलाई नेतृत्व दिन राजनीतिक र बौद्धिक सर्कलको एउटा हिस्सा यति आतंकित किन छ ? यो आतंक आधारहीन छ कसरी भन्न सक्नुहुन्छ ?
मैले त सबैतिरबाट माओवादीले नै नेतृत्व लिनुपर्छ भन्ने नै पाएको छु । तर, केही मान्छे या त डेमोक्रेसीको 'नम्र्स' मान्न चाहन्नन् या 'अल्टेरियर मोटिभ्स्'ले काम गरेको छ । माओवादीले सही ढंगले सरकार सञ्चालन गरेर थप जनमत हासिल गर्छ र फेरि चुनाव जित्छ भन्ने एकखाले 'कन्स्पेरेसी'ले काम गरेको छ । लोकतन्त्रमा संसारभरि अरूभन्दा एक सिट मात्रै बढी आए पनि नेतृत्व त त्यसले गर्छ । हामी त कांग्रेस-एमाले दुईवटै जोड्दा पनि त्योभन्दा धेरै छौँ । माओवादीलाई लार्जेस्ट होइन, टलेस्ट पार्टी बनाइदिएका छन् जनताले । हजारथरीका गैरलोकतान्त्रिक कुतर्क गरेर माओवादीलाई नेतृत्वबाट कसरी वञ्चित गर्न सकिन्छ ? त्यसको परिणाम के हुन्छ, उनीहरूसँग यसको जवाफ छ ?

राजासँग तपाईंको प्रत्यक्ष भेट भइसक्यो रे, हो ?
यो बिल्कुल झुट हो । तर, परोक्ष रूपमा संवाद भएको छ, उनका केही मान्छेसँग । 'डिग्निफाइड' ढंगले जरुरी पर्*यो भने सरकार बन्नुअघि म उनलाई भेट्न सक्छु भनेर मैले स्पष्ट रूपमै भनेको छु ।

राजाको मनस्थिति के छ भन्ने सूचना छ तपाईंसँग ?
त्यहाँभित्र पनि अन्तरद्वन्द्व छ भन्ने मैले बुझेको छु । निर्वाचन परिणामको प्रारम्भिक टे्रन्ड निश्चित भइसकेपछि उनले जनमतलाई सम्मान गर्ने वक्तव्य दिए । यो सकारात्मक हो । उनी अब जानु नै छ । इतिहासले, जनमतले, आन्दोलनले, जनयुद्धले त्यो तय गरेको छ । हाम्रो चाहना यति हो, उनी भद्र हिसाबले, मर्यादित हिसाबले जाऊन् । यसमा समस्या नहोस् भन्ने हाम्रो आग्रह हो । नत्र उनी आफैंले दुःख पाउँछन् ।

राजाले छोड्लान् ?
कुनै दुस्साहस गरे भने उनी आफैंलाई राम्रो हुँदैन । म त्यस्तो सम्भावना देख्दिनँ ।

सातदलसँग सहमति नै नगरी तपाईंहरूले राजासँग संवादको क्रम अघि बढाउँदा नराम्रो ँम्यासेज’ गएन ?
मेजर पार्टीहरूसँग छलफलका क्रममा हामीले भनेका छौँ । सबभन्दा ठूलो पार्टी हुनुको नाताले यो समस्या समाधान गर्न हामीले नै पहल गर्नुपर्छ भन्ने हिसाबले मात्रै यो कुरा गरेका हौँ, सात पार्टीलाई मिनिमाइज गर्न होइन । यसबीचमा जति पनि पार्टीहरूसँग हामीले भेट गरेका छौँ, हामीले त्यो सँगसँगै यो कुरा पनि भनेका छौँ । यसलाई सहज निकास दिएर समस्यालाई सहज वातावरणमा हल गर्न सक्यौँ भने देशका निम्ति, जनताका निम्ति फाइदाजनक नै हुन्छ भन्ने मात्र हाम्रो उद्देश्य हो ।

अमेरिकी राजदूतसँगको भेटमा के कुरा भयो ?
अमेरिकी राजदूतसँग निर्वाचनपछि मेरो पहिलो भेट थियो, त्यो । मलाई लाग्छ, पहिलो भेट आफैंमा एउटा सन्देश हो । भेटमा मुख्यतः तीनवटा कुरा भए । पहिलो, राजदूतले चुनावी परिणामका लागि बधाई दिनुभयो । दोस्रो, अमेरिकाले माओवादीप्रति लिँदै आएको नीतिलाई तत्काल बदल्न नसके पनि त्यसलाई चाँडो गर्न वासिङ्टन गएर पहल गर्ने उहाँले बताउनुभयो । तेस्रो, माओवादीको नेतृत्वमा सरकार बन्दा अमेरिकालाई कुनै आपत्ति छैन भन्ने आशय मैले उहाँबाट पाएँ । अमेरिकाको हामीप्रतिको नीति परिवर्तन गर्न ढिलो वा चाँडो जे भए पनि हामीलाई निरन्तर सहयोग हुने उहाँले बताउनुभयो ।

अमेरिका माओवादीबाट के 'कमिटमेन्ट’ चाहन्छ ?
'कन्डिसन'का केही कुरा भएनन् । दूतावासका तर्फबाट पत्रिकामा बाहिर जे समाचार आएको छ, त्यस्तो केही थिएन । दूतावासका तर्फबाट जाने भनेर उहाँले हामीलाई पनि (विज्ञप्ति) देखाउनुभएको थियो । त्यसमा अहिलेसम्म हामीले गरेका प्रतिबद्धता पालना गरियोस् भन्ने थियो । मैले उहाँलाई भनेँ- हाम्रो सिद्धान्त मिल्दैन, तर कूटनीतिक सम्बन्ध बेग्लै कुरा हो । आजको दुनियाँमा अमेरिकाजस्तो देशसँग राम्रो कूटनीतिक सम्बन्ध बनाएर मात्र दिगो शान्ति र विकास गर्न सकिन्छ पनि भनेँ मैले । विचारधारामा अन्तरका बाबजुद अन्य सहयोगका सम्बन्धलाई राम्रो बनाउन सकिन्छ भन्ने कुरा मैले राखेँ ।

राजा वा सेनाका विषयमा केही कुरा भयो ?
अँहँ, भएन । सामान्य सहयोगका कुरा मात्र भए ।

भारतीय विदेशमन्त्री प्रणव मुखर्जीसँग तपाईंको फोन-संवादमा के कुरा भयो ?
फोनमा कुरा भएको हो । चुनावमा आएको परिणामका लागि उहाँले मलाई बधाई दिनुभयो, 'तपाइर्ंको राम्रो विजय भयो, त्यसका लागि बधाई' भन्नुभयो । साथै, उहाँले आउँदा दिनमा सहयोग अझै राम्रो बनाउने बताउनुभयो । मैले पनि 'बदलिएको स्थितिमा भारत-नेपाल सम्बन्धलाई सुदृढीकरण गरेर जानुपर्छ, त्यसमा हामी स्पष्ट छौँ' भनेँ ।

नयाँ भारतीय राजदूतसँग के कुरा भए ?
पहिलाका राजदूतसँग बेलाबेलामा कुरा भइरहन्थे । उनले माओवादीलाई 'अनकन्डिसनल' सहयोग गर्ने भनेर सार्वजनिक रूपमै भनेका हुन् । नयाँ आएका राजदूतसँग पनि मेरो कुराकानी भयो । उहाँले हाम्रो नीतिको विषयमा बुझ्न खोज्नुभो । बहुदलप्रतिको प्रतिबद्धताको कुरा, संयुक्त सरकार बनाउने कुरा, सहमतिको सरकार बनाउने कुरा र सबैसँग मिलेर जाने कुरा मैले राखेँ । त्योभन्दा बढी ठोस कुरा भएको छैन ।

मधेसको नयाँ शक्ति, जस्तो मधेसी जनअधिकार फोरमसँग के कुरा भएको छ ?
फोरमसँग एक राउन्ड कुरा भएको हो । फोरमका संयोजक हाम्रा लागि अञ्जान व्यक्ति भएनन् । फोरमले उठाएका धेरै नीतिगत कुरासँग हामी नजिक छौँ । फोरमका भाषा बुझ्न हामीलाई गाह्रो हुने कुरा भएन । स्वायत्तता र संघीयताका भाषा माओवादीले स्थापित गरेको हो, उपेन्द्रजीको भाषा हामीले नै प्रतिपादित र स्थापित गरेका हौँ । संविधानसभा र शान्ति-प्रक्रियालाई सफल पार्न मिलेर जानुपर्छ भन्ने सहमति भएको छ । तर, सरकार बनाउने विषयमा कुरा भएको छैन । अब चाँडै त्यस विषयमा पनि छलफल हुनेछ ।

उपेन्द्रका कुनै सर्त छन् ?
छैनन् ।

तराईका अन्य सशस्त्र समूहसँग तपाईंको नयाँ सम्पर्क स्थापित भएको छ ?
सोझै कुरा भएको छैन । हामी त्यो पनि गर्छौँ । कुरा गर्नुपर्छ भन्ने हामीले सोचेका छौँ । संविधानसभाको चुनावमा मधेसबाट ठूलो संख्यामा प्रतिनिधि आइसकेको अवस्थामा अब मधेसकै नाममा सशस्त्र आन्दोलनको कुनै औचित्य छैन । सशस्त्र तथा अन्य तरिकाबाट आन्दोलन गरिरहेका समूहहरूले साँच्चिकै मधेसलाई माया गर्ने हुन् भने शान्ति-प्रक्रियामा आएर संविधान लेख्न योगदान दिनुपर्छ, सघाउनुपर्छ । यो ऐतिहासिक अवसर हो । त्यसैले उहाँहरू शान्ति-प्रक्रियामा आएपछि मात्र मधेसप्रतिको इमानदारिता देखिन्छ ।

गोइत र ज्वालासिंहलाई तपाईंको कुनै व्यक्तिगत सन्देश छ ?
समय आयो, उहाँहरूले विगत र अहिलेको आत्मसमीक्षा गरेर जानैपर्छ र हामी पनि आत्मसमीक्षा गर्न तयार छौँ । हामीले सबै प्रक्रियाको पुनः समीक्षा गरेर जानुपर्छ । उहाँहरूले र हामीले पनि आफ्नो विगत र वर्तमानको आत्मसमीक्षा गर्दै फेरि अन्तक्रिर्या र सहकार्य गरी नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ भन्ने मेरो आग्रह हो । हामी अहिले नयाँ नेपाल बनाउने, नयाँ मधेस बनाउने जुन ठाउँमा आएका छौँ, त्यसलाई सदुपयोग गर्न सहकार्य र अन्तक्रिर्या गरेर जानु जरुरी छ । त्यसकारण यो सम्पूर्ण प्रक्रियाका लागि म गोइत र नागेन्द्र पासवानलाई मिलेर जान आग्रह गर्दछु । नयाँ नेपाल र नयाँ मधेस बनाउन शान्ति-प्रक्रियामा उहाँहरू आउनैपर्छ । उहाँहरू दुवैजनालाई म व्यक्तिगत रूपमा पनि चिन्छु । त्यो चिनेका नाताले पनि फेरि उहाँहरूलाई सहकार्य र अन्तक्रिर्या गरेर जान आह्वान गर्छु ।

माधव नेपालले दिएको राजीनामालाई कसरी लिनुभएको छ ?
माधव नेपालले राजीनामा दिनुभएको छ र यो मेरो टिप्पणीको क्षेत्राधिकारबाहिरको विषय हो । त्यो उहाँको स्वतन्त्रताको कुरा हो । उहाँले चुनावको परिणामको नैतिक जिम्मेवारी लिएर जुन संस्कृतिको सुरुवात गर्नुभएको छ, त्यो स्वागतयोग्य छ । तर पनि मैले चुनावी परिणाम आउँदै गर्दा सल्लाह के दिएको थिएँ भने दुई-चार सिट तल-माथि पर्दैमा ऐतिहासिक शान्ति-प्रक्रियाको जग बाह्रबुँदे समझदारीदेखि अहिलेसम्म उहाँको भूमिकाका कारण पनि संविधान लेख्ने कुरामा उहाँको योगदान हुनैपर्छ । कमसेकम संविधान नलेखिँदासम्म राजीनामा दिन उचित हुन्न भनेर मैले भनेको थिएँ । फेरि पनि त्यो उहाँको स्वतन्त्रताको कुरा हो । उहाँले राजीनामा दिनुभयो । यो सकारात्मक नियत साथ नैतिक धरातल बनाउने प्रयास हो । तर, बाह्रबुँदेदेखिको यात्राले निष्कर्ष नपाउँदासम्म उहाँ नेतृत्वमा हुनुपथ्र्यो । तैपनि त्यसमा मैले केही भन्नु छैन ।

एकता केन्द्र मसालसँगको पार्टी एकीकरणको प्रसंग कहाँ पुग्यो ?
एकताको कुरा चुनावअगाडि नै भएको हो । हामी चुनावअगाडि नै एकता टुंग्याउने तयारीमा थियौँ, तर समयको दबाबले सकिएन । त्यो त्यति अगाडि बढ्न पाएन । तर, चुनावकै बीचमा पनि हामीले पार्टी एकता संयोजन समिति बनायौँ । वक्तव्य पनि निकाल्यौ । हिजो -मंगलबार) मात्रै समितिको पहलो बैठक बस्यो । एकता प्रक्रियालाई सांगठनिक रूपमा छिट्टै टुंग्याउनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ ।

अरू पार्टी वाइसिएल भंग हुनुपर्छ भनिरहेका छन्, तपाईं यसलाई निर्माण सेना बनाउने भनिरहनुभएको छ । तपाईंको आसय के हो ?
वाइसिएलप्रतिको आमधारणा गलत छ भनेर हामीले भन्दै आएका छौँ । तर, यदाकदा हुने गल्तीलाई समेत सच्याउनुपर्छ र वाइसिएललाई विकास निर्माणमा लगाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । वाइसिएलको केन्द्रीय समितिको बैठकमा म पनि बसेँ । नयाँ अवस्थामा नयाँ बाटोबाट जाने निर्णय त्यसले गरिसकेको छ । अब वाइसिएल रचनात्मक विकास निर्माणको काममा जानेछ । मुलुक बदल्ने हो भने लाखौँ युवालाई परिचालन नगरी हुँदैन । युवाहरूबाé