 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
| | General Talks Feel free to talk about anything and everything... | | Senior Member | | Posts: 526 Thanks: 0
Thanked 35 Times in 25 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | | | पुरुष भए गर्भवती -
28-03-2008, 07:10 AM
पुरुष भए गर्भवती  एक अमेरिकी पुरुषले आफू पाँचमहिने गर्भवती भएको दाबी गरेका छन् । थोमस बिट्टीले आफ्नो गर्भमा छोरी भएको पनि बताएका छन् । पुरुष भएर गर्भाधान गर्दा एकदमै रमाइलो र अनौठो महसुस भएको उनले द एड्भोकेट पत्रिकामा लेखेका छन् । 'मेरो पेट ठूलो हुँदै गए पनि र मभित्र एउटा जीवन हुर्किरहेको भए पनि म ठीकठाक छु,' उनले लेखेका छन् । 'म आत्मविश्वासका साथ बच्चाको बाबु बन्ने दिन कुरिरहेको छु,' उनले पत्रिकामा उल्लेख गरेका छन् । उनले श्रीमती न्यान्सीलाई लेख समर्पित गरेका छन् । 'म न्यान्सीको श्रीमान् हुँ र मैले हाम्रो बच्चा बोकिरहेको छु,' उनले लेखेका छन् । 'म छोरीको बाबु बन्नेछु र न्यान्सी आमा बन्नेछिन्, हामी एउटा परिवार बन्नेछांैं,' उनले भने । बच्चा जुलाई ३ मा जन्मिने अनुमान डाक्टरले गरेका छन् । परिवार र उनका साथीभाइ बिट्टीको बच्चा जन्माउने निर्णयको विरोधमा रहेका छन् । स्पर्म ब्याकंबाट लिएको बिर्यबाट घरैमा गर्भाधान गरेको उनले बताएका छन् । यसअगाडि पनि उनले घरैमा गर्भाधान गर्ने प्रयास गरेको खुलासा गरेका छन् । त्यस बेला गर्भमा तिम्लिहासँगै रहेकाले गर्भपतन गर्नुपरेको उनले खुलाए । तीन भ्रुणसँगै रहेकाले आफूले फेलुपियन पाइप गुमाउनुपरेको पनि उनले बताए । भाइले गर्भपतनका बारेमा थाहा पाएको पनि बिट्टीले बताए । 'धन्य ! तिम्रो गर्भपतन भयो, नभए कसलाई के थाहा तिम्रो बच्चा जन्मिन्थे,' भाइले आफूलाई भनेको कुरा उल्लेख गर्दै उनले लेखेका छन् । २० वर्षअगाडि न्यान्सीको पाठेघरको अप्रेसन गरिएको कारण उनी गर्भवती बन्न नसक्ने भएकी हुन् । महिलाका रूपमा जन्मिएका बिट्टीले स्तन अप्रेसन र टेरिस्टोरिनको उपचार मार्फत लिंग परिवर्तन गरेका थिए । तर, उनले गर्भाशय भने फालेका थिएनन् । लिंग परिवर्तन गर्नुअघि बिट्टी ट्रेसी लागोडिनो रूपमा चिनिन्थिन । ट्रेसी हवाईमा बस्थिन् र समलिंगीले बच्चा राख्न पाउने अधिकारका लागि अभियानको आयोजनामा सक्रिय हुने गर्थिन् । हवाईमा समलिंगी बिहेलाई कानुनी मान्यता नदिने भएकाले ट्रेसीले लिंग परिवर्तन गरेको जानकारी दिएका छन् । ट्रेसी पनि महिला र उनकी पार्टनर न्यान्सी पनि महिला हुन् । तर, ट्रेसी लिंग परिवर्तनमार्फत बिट्टी बनेपछि न्यान्सी र बिट्टीले बिहे गरेको पनि ती मित्रले जानकारी दिए । बिट्टी र उनकी श्रीमती दुवैले केही टिप्पणी गरेका छैनन् । तर, एड्भोकेट पत्रिकाले भने बिट्टीको गर्भाधानको पुष्टि डाक्टरले गरिसकेको जिकिर गरेको छ । बेलायतमा सन् १९७० को दशकमा परिवार नियोजनको विज्ञापनका लागि गर्भवती पुरुषको पोस्टर प्रयोग गरिएको थियो । पेट बोकेका पुरुषको तस्बिरको क्यापसनमा लेखिएको थियो- 'आफैं गर्भवती हुनुपरेको भए तपाईं केही संयमित हुनुहुन्थ्यो ?' सन् १९९४ मा प्रदर्शित हलिउड चलचित्र 'जुनियर' मा ६ महिने गर्भवती पुरुषको भूमिका आर्नोल्ड स्वार्जनेगरले निभाएका थिए । बिट्टीको गर्भवती घटनाअगाडि चलचित्रमा मात्रै पुरुष गर्भवती भएका घटना सीमित हुन्थे । तर, कतिपय विज्ञले पुरुष पनि गर्भवती हुन सक्ने सम्भावना रहेको बताएका छन् । 'लिंग परिवर्तन गरेका बिट्टी गर्भवती हुन सक्छन् किनभने उनीसँग एउटा अंग त महिलाकै छ,' बेबरी हिल्सको सिर्डास-सिनाई मेडिकल सेन्टरका स्त्रीरोग विशेषज्ञ डाक्टर लिसा मास्टरसनले भनिन् । 'बिट्टीले गर्भाधान गर्नु केही समयअघि वा गर्भाधान गरेपछि टेरिस्टोरिन लिनुहुँदैन । त्यसले गर्दा बच्चीको शरीरमा केटाको गुणहरू उत्पन्न हुन सक्छ,' उनले भनिन् । बिट्टीको सन्तान जन्माउने कदमलाई कतिपयले प्राकृतिक नियमविरुद्ध भएको बताएका छन् । 'बिट्टीले आफूलाई अप्राकृतिक रूपमा पुरुष बनाए । उनी पुरुष होइनन् । अहिले उनी पुरुष भएर बच्चा जन्माउँदै छन् । यो प्राकृतिक नियमविरुद्ध हो,' मार्केटसोमेभेलले भनिन् । kya ho yasto?????????????  छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू | | Member | | Posts: 53 Thanks: 0
Thanked 8 Times in 4 Posts
Join Date: Dec 2005 | | | Re: पुरुष भए गर्भवती -
28-03-2008, 08:15 AM
That was really interesting!! Thanks for posting. The richness I achieve comes from Nature, the source of my inspiration. ... everything in nature is lyrical in its ideal essence, tragic in its fate, and comic in its existence. | | Thread Tools | | | | Display Modes | Linear Mode |
Posting Rules
| You may not post new threads You may not post replies You may not post attachments You may not edit your posts HTML code is Off | | | |
Powered by vBulletin® Version 3.6.8 Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com 
Copyright © 2005-2007 xenoMED, Kathmandu, NepalAd Management by RedTyger | Hosted and Maintained by: | |  | |