 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
| | General Talks Feel free to talk about anything and everything... | | Senior Member | | Posts: 609 Thanks: 0
Thanked 201 Times in 188 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | | | काठमाडौंको एउटा बिहान -
15-02-2008, 04:19 AM
काठमाडौंको एउटा बिहान प्रदीप ज्ञवाली(Former tourism minister of Nepal) काठमाडौं तुँवालोको पुरानो च्यादर फालेर भर्खर उठेको छ, हाई काढ्दै । तर आँखामा च्रि्रा सेतै छन्, हिजो साँझको टायरको कालो अनुहारमा ज्यूँ का त्यूँ छ । मुख धुनलाई पानी पनि त हुुनुपर्*यो नि † मेलम्चीको पानी देउवा र प्रकाशमानसँगै हिरासतमा कैयौँ महिना बाहिर निस्केको छ र यतिबेला हिसिला यमीको फाइलमा अल्भिmएको छ । थाहा छैन- शिवजीको जटाबाट गंगाजी धर्तीमा कहिले झर्छिन् । काठमाडौं टुकी युगतिर र्फकने कसरतमा छ । मुलुकका अगुवाहरू चोरऔंला देखाउँदै छन्- पाँच वर्षछि दैनिक सत्र घण्टा लोडसेडिङ हुनेछ, त्यसको लागि आजैदेखि तयार होऊ । तयार हुनुबाहेक हाम्रो अर्को उपाय नै के छ र ? किनभने हाम्रो 'र्सार्वभौमसत्ता' हामीले चुनावै नलडी 'जनप्रतिनिधि' भएका अगुवाहरूको हातमा, ब्ल्यांकचेक बनाएर दिएका छौ“- 'नया“ नेपाल' को आशामा । हामी आभारी छौ“ अगुवाहरूप्रति जसले हामीलाई कृपापर्ूवक एक थान राजासहितको लोकतान्त्रिक गणतन्त्र ल्याइदिएका छन् । किशोर नेपालको शब्दमा घोर्लेखसीजस्तो होइन, लुखुरे गणतन्त्र । अब हामी पि“ढीमा बसेर कुरिरहेका छौ“, संविधानसभा निर्वाचनको बिहानलाई । थाहा छैन, चैतको त्यो बिहान कहिले आउँछ र कुन रंगमा आउ“छ । रगताम्ये भएर कि तु“वालो रंगमा ? तर पनि हामीले आशा मारेका छैनौ“ । ठिकै भनेका हुन् कवि पाशले- 'सबभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरू मरेर जानु ।' दर्ुइ वर्षगाडिका दिनहरू सम्झन्छु । सहरमा कफर््यु थियो, पुलिसका बुटहरू बज्रिरहेका थिए र सन्नाटाले सहरलाई छोपेको थियो । एक थान मान्छेहरू सैनिकको बुटलाई नै परम सत्य मानेर दर्शनभेटको लागि लाइनमा उभिइरहेका थिए । यी विषयहरू नराम्रा त थिए, तर खतरनाक थिएनन् । पाशले भनेझै“- जालझेलको हल्लाखल्लाभित्र आफू सही हु“दाहु“दै पनि दमित हुनु नराम्रो त थियो, तर एकदमै खतरनाक थिएन । किनभने काठमाडौ“का आ“खामा सपनाहरू थिए र सपनाको आभाले उसको मुहार देदिप्यमान थियो, भुङ्ग्रोजस्तै । जनताको सपना- अब कुनै पनि अनिर्वाचित, अनुमोदनबिनाको र वंशपरम्परामा उभिएको परिवारलाई प्रभु मान्नुपर्ने त्रासदीबाट मुक्ति पाइएला । हिंसाबाट थिलथिलो पारिएका गाउ“लेको सपना-बन्दुक र बारुदबिनाको नेपाल देख्न सकिएला । नानीहरूको सपना- ढुक्कस“ग स्कुल जान पाइएला, बिनाहड्ताल पढ्न पाइएला र खुट्टा एम्बुसमा पर्नबाट जोगिएलान् । दलितको सपना- यो एक्काइसौ“ शताब्दीमा अस्पृष्यताको कलंकबाट मुक्त होइएला । महिलाको सपना- पुरुषको खेलौनामा सीमित दोस्रो दर्जाको नियतिबाट मुक्त हुन पाइएला । मधेसको सपना- दौरा-सुरुवाल र एक भाषामा कैद गरिएको 'राष्ट्रवाद' को परिभाषारूपी पि“जडाबाट मुक्ति पाइएला, विविधतायुक्त नेपाली समाजको सम्मानित नागरिक बन्न पाइएला । जनजातिको सपना- आफ्नो मौलिक संस्कार, सम्पदा र पहिचानको जगर्ेना होला, प्रतिनिधित्व सुनिश्चित होला । युवाहरूको सपना- ठगि“दै र ठेलि“दै खाडीमा लाम लाग्ने स्थितिको अन्त्य होला, यतैकतै सानोतिनो रोजगारी पाइएला । अर्थात् काठमाडौंका आ“खामा सपनैसपना थिए र तिनै सपनाले त्यसलाई गोंगबु, कलंकी, कर्ीर्तिपुर र चाबेलको मोर्चामा लाठी, अश्रुग्यास र गोलीस“ग छाती जुधाएर लड्न उत्प्रेरित गरेको थियो । के सहेन काठमाडौंले आफ्नो सपनाको लागि - भोकै बसेर, कफर््र्युमा कैदी बनेर र अ“ध्यारोमा जेलिएर १९ दिन लामो तपस्या गर्*यो । जाडोमा हिमालमा बसेर, गर्मीमा पञ्चाग्नि तापेर तपस्या गर्ने मिथकजस्तै । तर उसले वरदान पायो त ? काठमाडौं मध्यरातमा खबर्दार भन्दै गर्जिएको थियो, राजाले प्रधानमन्त्रीको टेन्डर खोलेको बेला र कतिपय नेताका खुट्टा धर्मराइरहेका बेला । अनि अर्को रात काठमाडौं खुसीको अतिरेकमा चिच्याएको थियो- राजतन्त्रले घु“डा टेक्यो, नया“ दिन आउने भो । उज्यालोको पर्खाइमा काठमाडौं चुपचाप बस्यो लामो समयसम्म, अहिलेसम्म पनि । तर यो के हु“दैछ अचेल ? कोठामा बसौ“, बत्ती छैन । चिया पकाएर खाउ“m, भान्सामा ग्यास छैन, मट्टीतेल छैन । बाहिर जाऊ“- मोटरसाइकलमा हाल्ने तेल छैन । हि“डेरै जाऊ“- सडकछेउका फोहरले टाउकै फुटाउलाजस्तो हुन्छ । फर्केर आएर नुहाउ“m, धारामा पानी छैन । कार्यालयमा जाऊ“- घूसखोरी जस्ताको तस्तै छ । बोल्न हुन्न, छाडातन्त्र छ, कसैलाई छोइसक्नु छैन । जे गरे पनि लोकतन्त्रको बर्को ओढाइदियो, न्यायोचित ठहर्*याइदियो, बस् । हत्या, अपराध र अराजकताले समाज आक्रान्त छ । समाजका पुराना तन्तु भत्कि“दैछन्, तर नया“ तन्तु निर्माण भएका छैनन् । त्यसैले घरै भत्किने हो कि भन्ने डर छ । भारतमा एउटा किस्सा प्रचलित छ । एक दिन एकजना मान्छे माछा लिएर घर आएछ र श्रीमतीलाई भनेछ- मीठो माछा छ, राम्रो मसला हालेर पकाऊ । श्रीमती झर्किई, मसला भए पो हाल्नु । लोग्नेले भन्यो- केही छैन, तेलमा प|mाई गर । श्रीमती फेरि झर्किई, तेल भए पो भुट्नु । नुनमा मोल भनेर अह्राउ“दा उसले भनी- नुन पनि छैन । लोग्नेले आजित भएर भन्यो, त्यसो भए कोइलामा पोल, त्यही खाउ“ला । श्रीमती च्या“ठ्ठइिर्- म कहा“बाट ल्याऊ“ कोइला - निरूपाय भएर त्यो मान्छे माछालाई पोखरीमा लगेर छोड्न बाध्य भयो । पानीमा पस्नासाथ माछा चिच्यायो- वाजपेयी सरकारको जय होस् । छक्क परेको मान्छेले सोधेछ, तिमीलाई मैले पोखरीमा ल्याएर छाडिदिए“, तर तिमी त वाजपेयी सरकारको पो जय भन्दैछौ, किन ह“ - माछाले भनेछ- मनुवा, तिमीले त मलाई सके भुटेर, नभए पोलेर भए पनि सिध्याउनै खोजेका हौ । धन्न वाजपेयीको सरकार थियो, तेल, मसला, नुन, कोइला सबैको अभाव थियो र पो बल्ल बा“चे“ । अनि मैले त्यसको जय गाउन नपाउनू ? यो कथा नेपालको वर्तमान स्थितिमा सान्दर्भिक छैन त ? जनतारूपी मृग संविधानसभाको कुवा खोज्दै बालुवामाथि कुदिरहेको छ, जेठमा, मंसिरमा । अब चैतको निम्ति कुदिरहेको छ । यसपटक त पानी पाइएला कि ? गुनासो गर्न जाऊ“ अगुवाहरूकहा“, हारेका जुवाडेजस्तै उदास मुद्रामा छन् । न आ“खामा नया“ सपना छन्, न मुठ्ठीमा केही गरिछाड्ने संकल्प । बासी, अर्थहीन या जे पनि अर्थ लगाउन सकिने अमर्ूत उपदेश कति मात्रै सुन्नू -तपाईंको नजरमा यो पंक्तिकार पनि दोषी होला । आफ्नो भागमा पर्ने दोष म कबुल गर्दै म शिर निहुराउ“छु ।) काठमाडौं सा“च्चै उदास छ । यतिबेला काठमाडौंमा कफर््र्यु छैन, पुलिसको लाठी नाच्दैन, सेनाको बुट बज्रि“दैन । तर स्थिति यो भन्दा नराम्रो छ । काठमाडौंको नाडीघडीमा अहिले समय स्थिर छ । त्यसका आ“खा त खुलै छन्, तर ती हिउ“जस्तै चिसा छन् । काठमाडौंको आ“गनमा पोखिएको जून निरूपाय हेरी मात्र रहेको छ । पाशले खबर्दारी गरेको सबभन्दा खतरनाक स्थिति यही हो । तर सपनाहरूको मृत्यु हुन दिनुहु“दैन, किनभने त्यो सबैभन्दा डरलाग्दो स्थिति हो । कसैले भनेको थियो- त्रि्रो सबथोक गुम्यो भने पनि सम्झ, भविष्य बा“की रहन्छ । हो, हाम्रो भविष्य बा“की छ, तर निकै पर, तु“वालोको पर्दाभित्र, का“डेघारीको बाटोमा । भविष्यलाई प्राप्त गर्न हामीले नया“ यात्रा बढाउनु जरुरी छ । ki kaso??  छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू
Last edited by SPRimal; 15-02-2008 at 04:40 AM.
| | The Following 2 Users Say Thank You to SPRimal For This Useful Post: | |  | Member | | Posts: 44 Thanks: 1
Thanked 12 Times in 11 Posts
Join Date: Apr 2007 | | | Re: काठमाडौंको एउटा बिहान -
15-02-2008, 05:08 AM
Quote:
Originally Posted by SPRimal तर सपनाहरूको मृत्यु हुन दिनुहु“दैन, किनभने त्यो सबैभन्दा डरलाग्दो स्थिति हो । कसैले भनेको थियो- त्रि्रो सबथोक गुम्यो भने पनि सम्झ, भविष्य बा“की रहन्छ । हो, हाम्रो भविष्य बा“की छ, तर निकै पर, तु“वालोको पर्दाभित्र, का“डेघारीको बाटोमा । भविष्यलाई प्राप्त गर्न हामीले नया“ यात्रा बढाउनु जरुरी छ । ki kaso??  |
really ! haamro sabai thok gumeko awasthaa chha ! tara pani hami sanga hamro bhawisya baaki chha ! tyo sunaulo bhawisya prapta garna tuwaalo ra kaadha ghaari ko baato maa yatraa thalnu chha.....a very hopeful and positive note ! | | Senior Member | | Posts: 609 Thanks: 0
Thanked 201 Times in 188 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | | | Re: I really liked This Article very much! Read is once! -
17-02-2008, 07:31 AM
this article really tells the actual condition of our cuontry.
When I read this,I really felt bad,but the positive aspect in this article really washed my feeling of badness! I really request all of u to read this article once! छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू | | Senior Member | | Posts: 609 Thanks: 0
Thanked 201 Times in 188 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | | | Re: I really liked This Article very much! Read is once! -
30-03-2008, 07:42 AM
५ दिन प्रचन्डका  2008-03-22,Saturday, फागुन ३० गते बिहीबार (पहिलो दिन) फागनु मसान्तको बिहान नयाँ बजारको निवासमा प्रचण्ड हतारमा देखिन्थे । चुनावले प्रचण्डलाई रोल्पा बोलाइरहेको थियो । जनयुद्धको आधारक्षेत्र रोल्पाबाट उनी यसपटक संविधानसभामा उम्मेदवार छन् । बिहानै हिँड्ने कार्यक्रम अन्तर्राष्ट्रिय सञ्चारसंस्था एपीका पत्रकारसँगको अन्तर्वार्ताका कारण ढिलो हुने भयो । रोल्पा पुग्ने उत्साही मुडमा देखिएका उनले ८ बजेतिर कुराकानी सके । यीबाहेक नेपाली पत्रकारले तेस्र्याएका केही प्रश्नको पनि उनले तत्कालै सामना गरे । नयाँ बजारस्थित निवासमा पुगेका नेताहरू डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, र वर्षमान पुन अनन्तसँग चुनावका विषयमा कुरा गर्दागर्दै बिहानको १० बजिसकेको थियो । बिहान उनको मुखमा चियाबाहेक केही खुराक परेको थिएन । १० बजेतिर प्रचण्डले नयाँ बजार छाडे । डिभिजन सह-कमान्डर मञ्जिलको नेतृत्वमा रहेका २६ जना जनमुक्ति सेना र इन्सपेक्टर नन्दबहादुर साउदको नेतृत्वमा रहेका सातजना सशस्त्र प्रहरीसहित जम्मा ३३ जना सुरक्षाकर्मीको कडा सुरक्षाघेरा । बीचमा प्रचण्ड रहेको लस्कर निस्कियो । बिहान १०:३० बजे काठमाडौंबाट निस्केको लस्कर १२:० मा धादिङको मलेखु पुग्यो । दलबलसहित प्रचण्ड भद्रकाली होटलभित्र छिरे र आलो माछासित भात खाए । 'पीरो माछासित भात खाइयो, मीठो भो,' प्रचण्डले खानाको स्वादका विषयमा आफ्ना सुरक्षाकर्मीलाई भन्दै थिए । माछा-भातको शक्तिले उनलाई रोल्पातिरै डोर्*यायो । तर, आजै रोल्पा पुग्न कठिन थियो । उनको योजना बन्यो, बुटवलमा रहेको न्यु एरा होटलमा गएर बास बस्ने र भोलिपल्ट बिहानै रोल्पातिर लाग्ने । ३:३० बजे नवलपरासीको दाउन्नेमा पुगेर टोलीले खाजा खायो । प्रचण्डले खाजामा पनि मासुचाहिँ छाडेनन् । प्रचण्ड त्यसदिन १५ मिनेटले मात्र बाटामा रोकिनबाट जोगिएका थिए । कारण के भने दासढुंगामा एउटा बसको ठक्करले १० वर्षीय काले गुरुङको मृत्यु भएपछि स्थानीय बासिन्दाले पूरै बाटो ठप्प पारेका थिए । प्रचण्डकै रिपोर्टिङमा गएका यस संवाददातासहितका सञ्चारकर्मीलाई स्थानीय बासिन्दाले रोकेपछि सञ्चारकर्मीको टोली भने पोखरा, पाल्पा हँदै अस्वाभाविक यात्राबाट बुटवल पुग्नुपरेको थियो । माओवादी अध्यक्ष प्रचाण्ड बेलुका ६ बजेतिर बुटवल पुगे । सरासर न्यु एरा होटलको दोस्रो तल्लामा पुगेका उनी निकै थकित थिए । भोलिपल्टको योजनाका विषयमा सहयोगीहरूसँग सामान्य सल्लाह गरेर उनी चाँडै भात खाएर सुते । उनी बुटवल आएको कुरा स्थानीय कार्यकर्ताले थाहा पाए पनि प्रचण्डसँगको भेटघाटको साइत उनीहरूका लागि भने जुरेन । चैत १ गते शुक्रबार (दोस्रो दिन) प्रचण्ड ५ बजेतिर उठे । एक घन्टापछि उनी गाडीभित्र थिए, हिँड्नका लागि तयार । बिहान ४ बजेतिर बुटवल आइपुगेका निद्राले चूर पत्रकारहरू डेढ घन्टाजति आँखाको विष मारेर प्रचण्डको पछिपछि दौडिए । बिहान ८ बज्दा प्रचण्ड दाङको भालुवाङमा थिए । भालुवाङबाट सदरमुकाम घोराही, प्युठान सदरमुकाम खलंगा र रोल्पा सदरमुकाम लिवाङ जाने बाटो छुट्टिन्छ । भालुवाङको घुम्ती सभालाई सम्बोधन गर्नुअघि प्रचण्डले क्रान्तिकारी पत्रकार संघ दाङको आयोजनामा शीतल होटलमा अनौपचारिक पत्रकार भेटघाट गरे । स्थानीय पत्रकारका लागि भनिएको भेटघाटमा 'केन्द्र'बाट गएका हामी पनि निम्तालु भयौँ । करिब २० मिनेटजति कुराकानी गरेका प्रचण्ड गम्भीर देखिन्थे । दूध चियाको चुस्की लगाउँदै प्रचण्डले वाम तालमेल, एकताकेन्द्र मसाल र माओवादीबीचको एकता, कांग्रेस र एमालेका घोषणापत्रका विषयमा पुरानै कुरा -काठमाडौंमा दिनहँुजस्तो प्रचण्डका भाषण सुन्दै आएका हाम्रा लागि पुरानो भए पनि मोफसलका पत्रकारका लागि कुरा नौला थिए) राखे । वाम तालमेलका लागि एमाले बाधक भएको आरोप लगाउने उनी एमाले महासचिव माधवकुमार नेपालप्रति निकै आक्रोशित थिए । 'माधव त अवसरवादी रहेछन्,' प्रचण्डले 'दिल खोलेर' एमालेको आलोचना गरे । त्यसो त कांग्रेस र एमालेले राजा राख्ने गरी घोषणापत्र तयार गरेको पनि उनले मुख खोले । नेपाल छाडेर गइसकेका अमेरिकी पूर्वराजदूत मोरियार्टीको समेत उनले आलोचना गरे । मालाले गला भरिएका प्रचण्डले होटलछेउबाट भालुवाङमा घुम्ती सभालाई सम्बोधन गरे । आधा घन्टाजतिको भाषणमा तिनै पुराना कुरा दोहोरिए । रोटी-तरकारी खाजा खाएर प्रचण्डको यात्रा सुरु भो रोल्पातिर । कच्ची बाटोमा धुलो उडाउँदै प्रचण्ड चढेको गाडी लाग्यो प्युठानतिर । प्युठानका गाउँ पार गरेपछि मात्रै रोल्पाको सिमाना आउँछ । बिहान ११:४५ बजे प्रचण्ड प्युठानको नयाँगाउँ चकचके पुगे । त्यहाँ पनि घुम्ती सभा थियो । जनयुद्धको भूमिगत जीवनबाट सार्वजनिक भएपछि पहिलोपटक प्युठान र रोल्पातिर लागेका उनलाई हेर्ने जमात ह्वात्तै ओइरियो । माओवादी प्युठानले अभिनन्दन गरेका प्रचण्ड रंगिएर रातै भए । त्यहाँ भाषण गरे र भात खाएर उनले बाटो तताए । राजावादीले आपराधिक घटना घटाउन लागेको समेत प्रचण्डले भाषणमा उल्लेख गरे । उनले काठमाडौंदेखि नै उक्त कुरा बताउँदै आएका थिए । नयाँगाउँमा माओवादी सेनाका डेपुटी कमान्डर पासाङ पनि पुगे । नयाँगाउँमा प्रचण्डको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीलाई माओवादी सेनाका डेपुटी कमान्डर पासाङले हप्काए । यता, जनमुक्ति सेनाका एक कमान्डरले नेपाल वानका फोटोग्राफर किरण पन्थीलाई फोटो खिच्न लाग्दा दुव्र्यवहारसमेत गरे । यो कुरा प्रचण्ड स्वयंलाई भने थाहा थिएन । प्युठानको बाझीपुरमा २:४५ बजे पुग्दा प्रचण्डको गलामा मालाको भारी फेरि थपियो । ३:३० मा जनयुद्धपछिको खुल्ला प्रचण्ड पहिलोपटक रोल्पामा थिए । माडी नदीको पुल तर्नेबित्तिकै उनलाई स्थानीय बासिन्दाले स्वागत गरे । रोल्पाको सुलीचौरमा उनले सम्बोधन गर्ने कार्यक्रम रहे पनि उनी बोलेनन्, पासाङ बोले । सुलीचौर राप्रपा नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको गाउँ हो । साथै यो जनयुद्धका बेला माओवादी हेडक्वार्टरलाई खाद्यान्न आपूर्ति गर्ने नाका पनि थियो । साँझ ५ः३० तिर प्रचण्ड रोल्पा सदरमुकाम लिवाङ आइपुगे । लिवाङको सबैभन्दा व्यवस्थित मानिने सम्झना होटलको दोस्ा्रो तल्लामा बसेका उनले पुगेकै साँझ प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखसँग कुराकानी गरे । प्रजिअ बलदेव गौतम, प्रहरी नायब उपरीक्षक वसन्त लामा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख नवीन अधिकारी र सशस्त्र डिएसपी प्रदीपसिंह कार्कीले होटलमै गएर प्रचण्डलाई रोल्पाको समग्र शान्ति-सुरक्षाका विषयमा बि्रफिङ गरे । प्रनाउ लामाका अनुसार प्रचण्डले शान्ति-सुरक्षाका लागि उच्च मनोबलका साथ लाग्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे । १२ घन्टे यात्राबाट थाकेका उनी साँझ खसीको मासु र भात खाएर सुते । चैत २ गते शनिबार (तेस्रो दिन) चुनाव क्षेत्रमा जनपथ, सशस्त्र र जनमुक्ति सेनाको कडा सुरक्षा घेराभित्र बसेका प्रचण्डले बिहान रोल्पाका जिल्ला निर्वाचन अधिकारी चुरामणि पन्थीसँग चुनावी माहौल र समस्याका विषयमा छलफल गरे । पन्थीले चुनावका लागि रोल्पामा भइरहेको तयारीका विषयमा प्रचण्डलाई बि्रफिङ गरे । प्रचण्डले माओवादीबाहेक रोल्पामा रहेका राजनीतिक दलका नेतासँग भेट गरे । बिहानै माओवादी नेता तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा एउटा निजी नम्बर प्लेटको गाडी चढेर लिवाङ आइपुगेका थिए । दिउँसो १२ बजेका लागि तय गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड १ बजेतिर पुगे लिवाङबजारको खुल्लामञ्चमा । सशस्त्र जनयुद्धका क्रममा भूमिगत रूपमा लामो समय बिताएका प्रचण्ड पहिलोपटक रोल्पामा सार्वजनिक भएका थिए । एक घन्टाजतì | | |