| डाक्टरको सल्लाह- डा. प्रकाशकुमार काफ्ले -
28-03-2007, 08:01 PM
नाक भित्रबाट हुने रक्तस्रावलाई नाथ्री फुट्नु भनिन्छ । करिब १० प्रतिशत व्यक्ति जीवनको कुनै न कुनै समयमा नाथ्री फुट्ने समस्याबाट पीडित हुन्छन् ।
प्रकार
ल अगाडि र पछाडिको नाथ्री फुटाइ
ल स्वफर्ूत/कारणवसको नाथ्री फुटाइ
अगाडिको नाथ्री फुटाइमा नाकको अगाडिको प्वालबाट रगत बग्छ भने पछाडिकोमा नाकको प्वाल हु“दै घा“टीको पछिल्लो भागमा बग्छ । स्वफर्ूत/कारणवसको नाथ्री फुटाइ भने प्रायः अज्ञात कारण वा शल्यक्रियापश्चात हुने हुन्छ ।
कारणहरू
१) नाकका स्थानीय समस्या
ल चोटपटक ल संक्रमण
ल छुद्र पदार्थ ल शल्यक्रिया
ल पिनास ल रासायनिक पदार्थको प्रभाव
२) नवपदार्थ
ल अर्बुद रोग ल ट्युमर
३) शारीरिक व्यवस्थापनका समस्या
ल उच्च रक्तचाप ल मिर्गौलाको संक्रमण
ल कलेजोको समस्या -सिरोसिस)
४) रक्तसम्बन्धी समस्या
ल रक्त क्यान्सर ल अल्परक्तता
ल भिटामिनको कमी ल केमोथेरापी
ल एस्पिरिनको प्रयोग ल वारफारिनको प्रयोग
ल पीडानासक औषधिको प्रयोग
५) अज्ञात
करिब ३० प्रतिशत नाथ्री फुटाइको कारण थाहा हु“दैन, जसलाई अज्ञात कारणको दर्जामा राखिन्छ ।
६) अन्य
ल आकस्मिक वायुको चापमा परिवर्तन भएर
ल हेमेडायलिसिस
नाथ्री फुटेर शरीरको करिब ४० प्रतिशत रगत नास भएमा बिरामी सिकिस्त हुन्छ । त्यसैले विशेष होस पुर्*याउनुपर्ने हुन्छ र यसलाई चानचुने समस्याका रूपमा लिन मिल्दैन ।
रक्तस्राव हुने स्थान
ल नाकको भित्री डा“डी
यसको अगाडि र तल्लो भागमा 'लिटिलको स्थान' हुन्छ, जसमा नाकका प्रमुख रक्तनली मिल्छन् । यो ठाउ“बाट प्रायः चोटपटक वा नाक कोट्याउने कारणले रक्तस्राव हुने गर्छ ।
ल नाकको मध्य हाडको माथिल्लो भागबाट
ल नाकको मध्य हाडको तल्लो भागबाट
ल नाकको पछाडिको भागबाट
ल नाकको सबभन्दा पछाडि अनि उच्च भागबाट
लक्षणहरू
ल थोपाथोपीदेखि प्रशस्त रगत बग्नु
ल अगाडि र पछाडीबाट रगत बग्नु
ल रगत मुखबाट आउनु । रगत वान्ता हुनु
ल चिन्ता
ल गम्भीर अवस्था
परीक्षण
ल रक्तचाप
ल रगतको विस्तृत जा“च
ल एक्स-रे
ल सीटी स्क्यान
ल इन्डोस्कोपी
ल वायोप्सी
प्राथमिक उपचार
ल नाकको डा“डी र वरपरको ठाउ“मा चिसो प्याक र वरफको प्रयोगले रक्तनली खुम्चिएर रक्तस्राव रोकिन्छ ।
ल नाकको अग्र र मध्य भाग थिच्ने । यसका लागि बसेर हल्का अगाडि झुकी चोरऔला र बूढीऔलाले नाकको अग्र र मध्य भाग करिब ५ देखि १० मिनेटसम्म थिचिराख्नर्ुपर्छ ।
ल अगाडि हल्का झुकेर मुख खोली नाकबाट लामो लामो सास लिने, जबसम्म रगत रोकिन्न । यो पुरानो तरिका हो ।
के नगर्ने -
ल उत्तानो परेर नसुत्ने ल सि“ सि“ नगर्ने
ल खा-खा खु-खु गरी घा“टी सफा नगर्ने
स्थानीय उपचार
ल रासायनिक पदार्थको प्रयोगबाट रक्तस्रावको स्थान जलाउने
ल नाकमा सुत्लो कोच्ने ल फोलिज क्याथेटरको प्रयोग
ल नाकको बेलुन क्याथेटरको प्रयोग
शारीरिक व्यवस्थापन
ल उच्च रक्तचाप नियन्त्रण ल रक्तनासको पर्ूर्ति
ल गम्भीर अवस्था -सक) को उपचार
ल एन्टिबायोटिक्सको प्रयोग
ल रगत रोक्ने औषधिको प्रयोग
ल चिन्ताको औषधि ल कब्जियतको औषधि
ल एलर्जीको औषधि
शल्यक्रिया
ल नाकको रक्तनली बा“ध्ने शल्यक्रिया
ल नाकको शल्यक्रिया
ल एन्जियोग्राफी र एम्बोलाइजेसन
ल घा“टीको मुख्य रक्तनली बा“ध्ने शल्यक्रिया
-लेखक ः हिमाल अस्पताल ज्ञानेश्वरका नाक, कान, घा“टी, विशेषज्ञ हुन्) |