डा. सुधांशु केसी
हाम्रो देशमा जन्डिसको प्रकोप वर्षरि नै रहन्छ तर प्रधानमन्त्रीसहित प्रधानमन्त्री निवासका १७ कर्मचारी र नेपाल सरकारका ५ मन्त्रीलाई जन्डिस भएपछि यो चासोको विषय बनेको छ । जन्डिस भनेको कुनै रोग नभएर रोगको लक्षणमात्र हो । समाचारमा आएको जन्डिसको कारक तत्व संक्रमित पानी र खानेकुरा र्सर्ने हेपाटाइटिर्सर् इ देखिन आएको छ । जनमानसमा जन्डिस भन्नाले यो कलेजोको रोग भन्ने पाइएको छ तर विभिन्न रोगमा जन्डिस हुन सक्छ ।
जन्डिस कुन कारणले भएको हो थाहा पाउन जरुरी हुन्छ । कतिपय रोगमा जन्डिस भए पनि त्यसकोे उपचार गर्नुपर्दैन जस्तै हानिरहित जन्मजात रोग गिलवर्ट सिन्ड्रोम । हेपाटाइटिर्सर् इ, ए र हेपाटाइटिस बीले गर्ने एक्युट हेपाटाइटिसमा पनि उपचार गर्न पर्दैन । जन्डिसको कारणअनुसार त्यसको उपचार गर्ने तरिका फरक हुन्छन् ।
कारण
जन्डिसका कारणलाई तीन भागमा विभाजन गर्न सकिन्छ ।
१) अत्यधिक विलिरुविन उत्पादन हुनु
शरीरमा अत्यधिक मात्रामा विलिरुविन उत्पादन भएर त्यसलाई कलेजोले पित्तमा फ्याल्न नसक्दा जन्डिस हुन सक्छ । यस किसिमको जन्डिसमा विलिरुविन ५ म्रि्राभन्दा बढी हु“दैन र यसको मात्रा बढ्ने घट्ने भइरहन्छ । निम्नलिखित अवस्थामा यस किसिमको जन्डिस हुन सक्छ ।
-क) रगतको रातो कण अत्यधिक मात्रामा नष्ट हुनु । यो अवस्थामा रातो कणको बनावटमा फरक पर्नाले फियोमा अत्यधिक मात्रामा नष्ट हुन जान्छ र विलिरुविनको मात्रा बढ्न जान्छ ।
-ख) असामान्य अवस्थाको रातो कण बन्नु । विभिन्न कारणले गर्दा रातो कणभन्दा असामान्य अवस्थाको रातो कण बन्छ । यसको आयु सामान्य रक्तकणको १२० दिनभन्दा कम हुन जान्छ । फियोमा नष्ट हुने क्रम बढ्छ र विलिरुविनको मात्रा बढ्न जान्छ ।
-ग) शरीरका कुनै ठाउ“मा अत्यधिक रक्तश्रावपछि जमेको रगत विस्तारै सोसि“दै जान्छ । त्यसको मात्रा बढी छ र सोसिने क्रम चा“डै हुन जान्छ भने त्यस्तो अवस्थामा जन्डिस हुन सक्छ ।
२) कलेजोको रोग
कुनै पनि कलोजोको रोगमा जन्डिस हुन सक्छ । कलेजोको कारणले हुने जन्डिसलाई तीन भागमा विभक्त गर्न सकिन्छ ।
-क) जन्मजात रोग
रगतमा भएको विलिरुविनलाई कलेजोमा लिएर पित्तमा फ्याक्नलाई चाहिने इन्जाइमको कमीले गर्दा विलिरुविनको मात्रा बढेर जन्डिस हुन सक्छ । गिलवर्ट सिन्ड्रोम, क्रिगलर नाजार सिन्ड्रोम, रोटोर सिन्ड्रोम र डुबिन जोन्सन सिन्ड्रोममा जन्डिस देखा पर्छ । साधारणतया विलिरुविन पा“च म्रि्रा र विशेष अवस्थामा १० म्रि्रा पुग्न सक्छ ।
-ख) एक्युट हेपाटाइटिस
कलेजोको अल्पकालीन रोगलाई एक्युट हेपाटाइटिस भनिन्छ । यसमा कलेजो सुन्निने र त्यसले काम गर्न नसक्ने हुनाले जन्डिस देखा पर्छ । पानीबाट र्सर्ने हेपाटाइटिर्सर् इ र ए यसका प्रमुख कारण हुन् । यसबाहेक कम मात्रामा भए पनि रगत र अन्य शारीरिक रसबाट र्सर्ने हेपाटाइटिस बी र सीबाट पनि हुन सक्छ । विभिन्न औषधि सेवन गर्नेमा पनि यो देखिन सक्छ । जस्तै टीबी रोगका केही औषधि, साइड इफेक्टस नहुने भनिएका केही आयर्ुर्वेदिक औषधिले पनि जन्डिस गर्न सक्छ । अत्यधिक मात्रामा रक्सी र रक्सीजन्य पदार्थ सेवन गर्नाले पनि जन्डिस हुन सक्छ ।
-ग) क्रोनिक हेपाटाइटिस
कलेजेको दर्ीघकालीन रोगलाई क्रोनिक हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस बी र सीले गरेको एक्युट हेपाटाइटिस ६ महिनाभित्र आफैं ठीक नभएमा क्रोनिक हेपाटाइटिस गर्न सक्छ र कालान्तरमा जन्डिस हुन्छ । यसबाहेक अन्य रोगजस्तै अटोइम्युन हेपाटाइटिस, प्राइमरी विलियरी सिरोसिस, विलसन डिजिज, बड चियारी सिन्ड्रोम आदिहरूमा जन्डिस देखा पर्न सक्छ । हाम्रो देशमा रक्सी र रक्सीजन्य पदार्थ अत्यधिक र लामो समयसम्म प्रयोग गर्नाले कुनै समयमा जन्डिस देखा पर्छ । रक्सी धेरै खाने मान्छेमा जन्डिस देखा परेमा अवस्था निकै गम्भीर भएको बुझ्नर्ुपर्छ ।
-घ) कलेजोको क्यान्सर
कलेजोमा हुने क्यान्सर -कलेजोको क्यान्सर अथवा अंग-अंगबाट आएको क्यान्सर)ले गर्दा पनि जन्डिस हुन सक्छ । यस अवस्थामा हुने जन्डिस कलेजोले काम गर्न नसकेरभन्दा पनि कलेजो पित्तनली बन्द भएर हुने गर्छ ।
३) पित्तको नली बन्द हुनु
कुनै कारणले पित्तको नली बन्द भएमा पित्त आन्द्रामा जान नसकेर रगतमा विलिरुविन बढ्न सक्छ । यस किसिमको जन्डिसलाई र्सर्जिकल जन्डिस पनि भनिन्छ । यस किसिमबाट हुने जन्डिसमा विलिरुविनको मात्रा बढ्ने, घट्ने हुने, पेटको दुखाइ हुने र धेरैजसोमा ज्वरो आउने हुन्छ । सारा शरीर चिलाउने, सेतो, गन्हाउने दिसा हुन सक्छ । यस किसिमको जन्डिसको कारणमा पित्तको नलीमा ढुङ्गा हुनु, पित्तको नलीको क्यान्सर, पित्तको नली खोलिने ठाउ“ र प्यानक्रियाजको क्यान्सरमा यस किसिमको जन्डिस हुन्छ । कहिलेकाही“ जुका पित्तको नलीमा गएर बसिदिनाले पनि जन्डिस देखापर्छ ।
-लेखक नर्भिक हस्पिटलमा कलेजो रोग विशेषज्ञका रूपमा कार्यरत छन्) -
Kantipur Report