| कुन रोगमा के खाने -? -
16-02-2007, 12:17 PM
स्वास्थ्यका लागि अत्यावश्यक खानाको विषयमा समाजमा अझै थुप्रै परम्परागत गलत धारणाहरु छन् । यसबाट मानवस्वास्थ्यमा नकारात्मक असर परिरहेको छ ।कीर्तिपुर नगरपालिका टौदहकी जमुना नेपालले सुत्केरी अवस्थामा मेवा खाएको कारण बच्चाको पेट दुखेर बच्चा रोएको भन्दै उनलाई सासूले निकै गाली गरिन् । स्नातक उत्तीर्ण जमुनाले स्वास्थ्यसम्बन्धी पुस्तकमा पढेअनुसार मेवालगायतका फलफूल, सागपात, गेडागुडीले सुत्केरी अवस्थामा निकै फाइदा गर्ने भएकोले मेवा खाएकी थिइन् । समाजमा सुत्केरी अवस्थामा चिसो र काँचो फलफूल खानु हुँदैन भन्ने अन्धविश्वास कायम छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मीरा हाडा सुत्केरी अवस्थामा चुरोट, बिँडी र लागूपदार्थ खान नहुने सुझाव दिनुहुन्छ । ँअन्य खानाहरुमा मुख बार्नु पर्दैन� -डा. हाडाले स्पष्ट पार्नुभयो । उहाँका अनुसार पिरो, अमिलो भने नखानु नै उपयुक्त हुन्छ । यसले ग्यास्ट्रिकको सम्भावना हुने उहाँको भनाइ छ । डा. हाडा समाजमा अझै अण्डाको भित्री पहेँलो भाग मात्र खाने भन्ने सोचलाई अन्धविश्वास भन्नुहुन्छ । ँपहेँलो भाग मात्र बढी खाएमा कोलेस्टेरोल बढ्न सक्छ । अण्डाको सेतो भागमा पनि पर्याप्त प्रोटिन पाइन्छ� -उहाँ भन्नुहुन्छ ।
यस्तै अप्रेसन गरेको वा दुर्घटनावश घाउ-चोट लागेको अवस्थामा भटमास, मासजस्ता गेडागुडी खान हुन्न भन्ने धारणा अझै समाजमा विद्यमान छ । यसमा कुनै वैज्ञानिक आधार नभएको शल्यचिकित्सक राजेश गंगोल बताउनुहुन्छ । अप्रेसन गरेपछि खाना खान नहुने धारणासमेत गलत रहेको उहाँको भनाइ छ । ँहामी त अप्रेसन गरेको भोलिपल्टदेखि नै खाना खाने सल्लाह दिन्छौं� -उहाँले स्पष्ट पार्नुभयो । अप्रेसन गरेको बिरामीले पिरो, अमिलो खान नहुने भन्ने कुराको समेत वैज्ञानिक आधार नभएको उहाँ बताउनुहुन्छ ।
पित्तथैलीको क्यान्सर भएका बिरामीलाई अप्रेसनअघि बढी चिल्लो नखान डाक्टरहरु सुझाव दिन्छन् तर अप्रेसनपछि खानामा बन्देज छैन ।
विषमज्वर -टाइफाइड) का बिरामीले भात खानै हुँदैन भन्ने धारणा पनि छ । टाइफाइडको बिरामीको आन्द्रामा साना बिमिरा आउँछन् । त्यसकारण कडा र रेसादार खाना नखान डाक्टरहरुको सुझाव छ । पाटन अस्पतालका जनरल फिजिसियन डा. पारस शर्मा भन्नुहुन्छ- ँटाइफाइडका बिरामीले नरम र सजिलै पच्ने खाना खाँदा हुन्छ ।� तर जन्डिस भएका बिरामीले चिल्लो बार्नुपर्ने उहाँको भनाइ छ ।
भक्तपुर क्यान्सर अस्पतालका डा. प्रतापसागर तिवारी बाबुआमालाई क्यान्सर भएको छ भने छोराछोरीले पोलेर नुन मिसाएको मासु नखान सुझाव दिनुहुन्छ । उहाँका अनुसार ढुसी आएका र कुहिएका अन्न पनि क्यान्सरको कारण बन्न सक्छन् । ँक्यान्सरका बिरामीले भने नपकाएका काँचा चीजहरु नखानु नै उचित हुन्छ� -उहाँको भनाइ छ ।
चिया, कागती, गोलभेंडा आदिमा पाइने भिटामिन ँसी� र ँइ� खाएमा क्यान्सर हुने सम्भावना कम हुने कुरा त वैज्ञानिकरुपमा नै पुष्टि भइसकेको छ । उच्च रक्तचाप भएका व्यक्तिहरुले भने नुन, चिनी, घिउ-तेल कम खानुपर्छ । काँचो प्याज, भटमास, तरबुजा, पुदिनाको चिया, गहुँको जमरा, तुलसी, पोटासियम र क्याल्सियम पाइने खाना खानाले उच्च रक्तचाप र मुटुको रोगीहरुलाई फाइदा मिल्ने विज्ञहरु बताउँछन् ।
काँचो प्याजले रगत पातलो पार्छ र कोलेस्टेरोल घटाउँछ । साथै यसले एस्प्रिनको काम गर्छ । एस्प्रिनले कोलेस्टेरोल पगालेर कम गराउँछ । कोलेस्टेरोल मुटुको धमनीभित्र बन्ने मैनजस्तो पदार्थ हो । यसले मुटुको धमनीलाई साँघुरो बनाइदिन्छ ।
प्रतिदिन ५० ग्राम काँचो प्याज खानाले उच्च रक्तचाप नियन्त्रणमा मद्दत मिल्छ । हामी तरबुजाको बाहिरी भाग फ्याँकिदिन्छौं । तर तरबुजाको बाहिरी भागबाट निस्कने रसले रक्तचापलाई कम गर्नुका साथै सारा शरीरमा शीतल प्रवाह गर्छ । पुदिनाको चियाले मुटुको धमनीलाई फाइदा गर्छ । पुदिना मुटुको धड्कन कम गर्नमा लाभदायक भएको प्रमाणित भइसकेको डा. प्रकाशराज रेग्मी बताउनुहुन्छ । उहाँ मुटु स्वस्थ राख्न दैनिक १०/१५ ग्राम गहुँको जमरा खान सल्लाह दिनुहुन्छ । डा. रेग्मीका अनुसार दैनिक ५ देखि १० वटासम्म तुलसीको पात धोई यसलाई लेदो बनाएर दही वा महीसँग बिहान सबेरै सेवन गरेमा उच्च रक्तचापका रोगीलाई लाभ पुर्याउँछ । साथै उच्च रक्तचापका बिरामीलाई पोटासियम र क्याल्सियम तत्त्वले फाइदा पुर्याउँछ । गहुँ, खजुरी, आलु, बदाम, बन्दा, केरा पोटासियमका स्रोत हुन् । दूध र दुग्धपदार्थ, हरियो तरकारी, रेसादार फल, हरियो केराउ, तिल, सूर्यमुखीको बीउ क्याल्सियमका स्रोत हुन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे प्राकृतिक खाना खाने, प्राकृतिक वातावरणमा बस्ने, प्राकृतिक व्यवहार गर्ने गरेमा मुटुरोगबाट मुक्ति मिल्ने दाबी गर्नुहुन्छ । यसैगरी मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठ मानसिक रोगीले सामान्य खाना खान सक्ने बताउनुहुन्छ ।
मधुमेहका बिरामीले खानामा सबभन्दा बढी सावधानी अपनाउनुपर्छ । उनीहरुले डाक्टरको सल्लाहअनुसार निश्चित नियममा बसेर खाना खानुपर्छ ।
झाडा-पखाला लागेको व्यक्तिले पर्याप्त झोलिलो पदार्थ पिउनुपर्छ भन्ने कुरा त सबैलाई थाहा नै छ । तर कोकाकोला, बियर, रक्सीजस्ता तरल पदार्थले बिरामीलाई फाइदा भन्दा नोक्सान पुर्याउने विज्ञहरु बताउँछन् ।
मानिसलाई बाँच्न मात्र होइन, स्वस्थ रहन पनि खाना चाहिन्छ । खानाकै शक्तिबाट रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ । तर स्वस्थ र रोगी सबै मानिसले खाना खाँदा एक पटक सोच्नु आवश्यक छ । बिरामी अवस्थामा खानाको सम्बन्धमा चिकित्सकको सल्लाह-सुझाव लिनु नै राम्रो हुन्छ । परम्परागत अन्धविश्वासको पछाडि लागेर खानपिन गर्दा स्वास्थ्यमा विभिन्न नकारात्मक असर पर्न सक्छ । यसतर्फगम्भीर हुनु जरुरी छ । |