उच्च रक्तचापको बारेमो जो अनभिज्ञ होला र - र्सवसाधारणको ज्रि्रोमा वी.पी. -ब्लड प्रेसर) भनेर चिनिने रक्त चापले आम नेपालीमा पनि जारो गाडिसकेको छ । वास्तवमा भन्ने हो भने विभिन्न रोगद्वारा मार्न सक्ने
उच्च रक्तचाप भनेको के हो -?
मुटुको खुम्च्याईस“गै रगत एवं रक्तनलीमा पर्ने चाप नै साधारण भाषामा रक्तचाप हो । अझ भन्नुपर्दा मुटुको देब्रे भेन्टि्रकल नामक कोठा खुम्चि“दा बाहिर निस्कने रगत एवं यसले शरीरका धमनीमा पार्ने चाप नै रक्तचाप हो । शरीरका बाहिरी भागमा धमनीले रगत बन्न रोकावट गर्दछन् र रोकावट रगतको किसिम एवं रक्त नलीको व्यासमा पनि निर्भर हुन्छ । रक्तचाप नाप्ने यन्त्रको सहयोगले सुनिने पहिलो आवाजलाई सिस्टोलिक प्रेसर एवं चाप घटाउ“दै जा“दा एकदमै बिलिन भएर आउने अन्तिम आवाज नै डाएस्टोलिक चाप हो । ठीक रक्तचाप लिन नाप तीन पटक तीन-तीन मिनेट फरकमा लिनर्ुपर्छ र सबैभन्दा कम्ती नापलाई मनन्यता दिनर्ुपर्छ ।
रक्तचाप उमेर, लिङ्ग एवं शरीरको बनावटमा निर्भर हुन्छ । एक वयस्क स्वास्थ्य व्यीक्तको रक्तचाप सिस्टोलिक एक सय २० र डायस्टोलिक असी जति हुनर्ुपर्छ । तर सबैमा यो संख्या ठ्याक्कै नमिल्न पनि सक्दछ । थोरै तलमाथिलाई पनि सामान्य मान्नर्ुपर्छ । विशेषज्ञका अनुसार डाएस्टोल नब्बे मुनी हुदा सिस्टोलिक एक सय ४० भन्दा तल हुन्छ भने सामँन्य नै हो । सिस्टोलिक एक सय ४० देखि एक सय ५९ सम्मको नाप र्सतर्कता अपनाउनु पर्ने छेउ -बोर्डरलाइन) को चाप हो भने एक सय ५९ भन्दा ज्यादालाई उच्च मान्नुपर्छ । डास्टोल ८५ भन्दा तलको सामँन्य हो भने पचासीदेखि उनान्नब्बे सम्मलाई उच्च समान्य मान्नर्ुपर्छ । तर नब्बे कट्नुलाई उच्च रक्तचाप मानिन्छ । प्रायः बच्चामा कम रक्तचाप हुन्छ भे उमेर बढ्दै जा“दा चाप आकासिन्छ । सत्र वर्षतिमा बल्ल रक्तचापको नाप एक सय २० देखि ८० हुन्छ । सत्तरी वर्षतिमा एक सय ६०-९० र असी वर्षहु“दा करिब एक सय ८०-९५ हुन्छ । यो वाषिर्क नियम सहरीयाहरूमा मिल्न सक्छ तर सबैमा हैन ।
रक्तचापको नाम कसरी लिने -?
रक्तचाप मापक वा स्पिmग्मोमानोमिटरको मोहोत -पट्ट)ि दाहिने कुहिनामाथि पाखुरा वरिपरि बाध्नुपर्छ । रबर बल्वमा भएको भल्भ पेच दाहिने घुमाइ कसिन्छ । स्टेथेस्कोप -आला) कुहिना खुम्चिने भित्री भागमा राख्नुपर्छ । बल्व थिचेर माहोतामा हावा भर्नुपर्छ, जुन गर्दा यन्त्रको र्सुइ घुम्छ र माथि चढ्छ । त्यसमाथि भल्भलाई विस्तारै अलिकति खोल्नरुपर्छ र हावा विस्तारै खुस्काउन पर्छ । र्सुइ विस्तारै तल र्झन थाल्छ र नाडीको ढुक-ढुक प्रथम पटक सुनिएको आवाज नै माथिल्लो रक्तचाप सिस्टोलिक हो । त्यसपछि नाडीको आवाज सुनुन्जेलसम्म भल्वबाट हावा छाड्दै जानुपर्छ र जब आवाज सुनिन छाड्छ तब मापकको र्सुइले देखाएको संख्या हर्ेर्नुपर्छ । यसले तलको डायस्टोल जनाउछ । सुरुमा केही अप्ठ्यारो लागेपनि वी.पी. नाप्न तपाईले पनि सक्नुहुन्छ । रक्तस्राव एवं क्षोभ -सक) हु“दा वी.पी. कम हुनसक्छ । खेलाडीहरूमा पनि रक्तचाप केही कम हुनसक्छ । सदा केही कम रक्तचाप भइराख्ने मान्छे बढी स्वस्थ हुन्छन्, धेरै बा“च्दछन् ।
रक्तचापमा प्रभाव पार्ने तत्वहरू ः-
१. उमेर बढ्दै जादा रक्तचापमा पनि बृद्धि हुन्छ ।
२.महिलामा महिनावारी बन्द भएपछि रजोनिवृत्तिमा उही उमेरको पुरुषमा भन्दा वी.पी. बढी हुन्छ ।
३. खाना खाएपछि चाप बढ्छ ।
४. रीस, आवेश वा पीर पर्दा रक्तचाप बढ्छ ।
५. जाडो वा चिसो ठाउमा मस्तिष्कको संवेदनाको प्रभावले वी.पी. बढ्छ
६.मांसपेसीको कसरत ज्यादा हु“दा सिस्टोलिक चाप बढ्छ तर डायस्टोलिक घट्छ ।
७. राति सुत्दा रक्तचाप कम हुन्छ तर डरलाग्दा सपना देख्दा बढ्छ ।
८. गर्भवतीमा एवं मृगौलाका रक्तनली सा“गुरि“दा रक्तचाप बढ्छ ।
९.नरयाडि्रनिलिन याडि्रनिलिन, फिनाइलप्रिन जस्ता औषधिले रक्तचाप बढाउछन् । रक्सी, गर्भनिरोधक खाले चक्कीले पनि उचो पार्छ ।
१०. रक्त नलीका मांशपेसी तन्काउने हाइड्रल्याजिन जस्ता औषधिले चाप घटाउछ ।
उच्च रक्तचाप हुदा शरीरका आखा, मृगौला, मुटु एवं रक्तनलीलाई प्रत्यक्ष असर पार्छन् । उमेर एवं वंशानुगत प्रभावलाई हामीले रोक्नै सक्दैनौं र यी तत्वले पनि उच्च रक्तचाप गराउ“छन् । दुबै बाबा आमामा उच्च रक्तचाप छ भने बच्चमा झण्डै पैंतालीस प्रतिशत हुने सम्भावना हुन्छ । एकजनालाई नहु“दा पनि छोराछोरमिा केवल तीन प्रतिशत हुनसक्छ । रक्तचाप ज्यादा हुनुबाट बच्न छ भने मोटापन घटाउनर्ैपर्छ । नुन कम खानुपर्छ । बोसोयुक्त खाना, रक्सी, चुरोट बन्द गर्नुपर्छ । चिन्ता कम लिनुपर्छ एवं तनावबाट टाढै रहनर्ुपर्छ । कसरत गरी चुस्त रहनुपर्छ ।
उच्च रक्तचापको स्थिति -
संसारमा धेरै व्यक्ति यस रोगबाट पीडित छन् तर एदमै धेरैले मात्र सही उपचार पाएका छन् । थाहै नहुने पनि ज्यादै छन् । प्रति लाख जनसंख्यामा यस रोगबाट मर्ने संयुक्त राज्य अमेरिकामा करिब १५, जापानमा १२, ग्रेट ब्रिटेनमा ११, प|mान्समा १०, न्युजिल्याडमा ९, क्यानाडामा ६, नेदरल्याण्डमा पाच थिए भने नेपालमा पनि दिनानुदिन बिरामीको संख्या सिंढी चढ्दैछ । विशेष सहरीयामा ज्यादा छ । यो रोग आज धनीहरूको रोग जस्तो हुन लागिसक्यो । कसरत कम गर्ने गाडीहरूमा मात्र सयर गर्ने, चिल्लो चाप्लो धेरै खाने, रक्सी चुरोटका सौखिन हुनुहुन्छ भने र्सतर्क हुनुहोला वी.पी. हुनसक्छ ।
उपचार एवं र्सतर्कता ः-
उच्च रक्तचाप हुनेको मृत्यु एकदमै छोटो समयमा हुनसक्छ । मस्तिष्कमा जाने रगतका नली फुट्न सक्छन् वा मुटुका रक्तनलीमा गडबढ हुनसक्छ । स्ट्रोक करोनरी हर्ट डिनिज जस्ता समस्यामा अकस्मात मृत्यु हुन पनि बेर लाग्दैन । उपचार पद्दतिमा रक्तचाप सिस्टोलिक एक सय ५० मुनि एवं डायस्टोलिक ९० मुनि खोजिन्छ । तर पनि कोसिस सफल नहुन पनि सक्छ । भनिन्छ उच्च रक्तचाप केवल आधा जनसंख्यामा रोग पत्ता लाग्छ, यसलाई आधालाई उपचार गरिन्छ तर केवल आधामा मात्र निको पार्न सकिन्छ ।
प्रति लिटरमा जम्मा असी मिली मात्र खानेनुन लिनर्ुपर्छ । खानामा नुन थप्नुहु“दैन । रक्सी एवं चिल्लो बोसोयुक्त खाना ठप्प रोक्नर्ुपर्छ । रातो मासुले पनि ठिक गर्दैन । तौल घटाउन नितान्त आवश्यक छ । योगा गर्नु एवं तनावमुक्त रहनु पनि राम्रो हो ।
खानपिन एवं कसरतले ठीक नभए दक्ष चिकित्सकको सहयोग लिनर्ैपर्छ । उच्च रक्तचापको निदान पिसाबाको जा“च, रगत जा“च, छातीको एक्सरे एवं मुुटुको इसीजी लिएर पत्ता लगाइन्छ । पिसाब गराउने औषधि एवं मुटु अनि रगतका नलीमा प्रभाव पार्ने औषधिको सहयोगले उच्च रक्तचाप नियन्त्रण गरिन्छ । चाप ज्यादै बढी भएमा नाइट्रोग्लिसिरिनको दश मिल्रि्राम सम्मको ट्याब्लेट ज्रि्रो मुनि राखेर घटाउन सकिन्छ । याटिनोनोल जस्तो बीटा ब्लकर औषधि एवं क्याप्टोप्रिल, इनालाप्रिल, भेरापामिल जस्तो क्याल्सियम च्यानल ब्लकर औषधि खुवाउनुपर्छ । मुटुका रोगी एवं नवजवान रक्तचापका रोगीलाई बीच ब्लकर दिन सकिन्छ एवं आज्मा भएका बुढा व्यक्तिलाई क्याल्सियम चयानल ब्लकर दिन सकिन्छ । चिनी रोग मृगौलाका रोगी एवं केही मुटुका रोगीलाई एसिई इन्हिविटर दिन सकिन्छ । यसो भन्दैमा डाक्टर परमार्श बेगर आफैं उपचार गर्नु मर्ूखर्ता हो । जे होस् मुख्यतः आफ्नै आत्मविश्वास बर्ढाई तौल घटाउ“दै धुम्रपान मद्यपानलाई लाख मारी योगा एवं कसरत र कम नुन खा“दा उच्च रक्तचाप धेरै नै नियन्त्रणमा लिन सकिन्छ । आवश्यक पर्दा चिकित्सकको सहयोग लिई रक्तचापको समस्याबाट मुक्त रहौं । खुशी रहौं, आजको माग पनि यही हो ।(published on samayasamaj.com.np)
???????…