View Single Post
(#1 (permalink))
Old
peace is Offline
Senior Member
 
Thanks: 0
Thanked 9 Times in 9 Posts
Post असफल राष्ट्रहरुको सूचिमा नेपाल २० अ*ौं नम - 04-05-2006, 10:53 AM

असफल राष्ट्रहरुको सूचिमा नेपाल २० अ*ौं नम्बरमा परेको छ ...

अमेरिकी पत्रिका फरेन पोलिसी र फन्ड फर पिस नामको गैर सरकारी संस्थाले वर्षेनी प्रकाशित गर्ने असफल राष्ट्रहरुको सूचिमा नेपाल २० अ*ौं नम्बरमा परेको छ।

यस्तो सूचि प्रकाशित भएको यो दोस्रो वर्ष हो।

सन् २००५ को मे महिनादेखि डिसेम्बर महिनासम्म क्षेत्रीय र विश्वव्यापी रुपमा विभिन्न स्रोतहरुबाट संकलित दसौं हजार लेखहरुलाई थम्सन डाइलग प्रविधिको उपयोग गरी उक्त सूचि प्रकाशित गरिएको बताइएको छ।

सूचिमा नेपालभन्दा माथि दक्षिण एसियाका अन्य देश बंगलादेश १९ अ*ौं नम्बरमा र पाकिस्तान ९ अ*ौं नम्बरमा रहेको छ। श्रीलंका भने नेपालभन्दा मुनि २५ अ*ौं नम्बरमा रहेको छ।

सूचिको पहिलो स्थानमा सुडान रहेको छ।


Reply With Quote